×

NMB BANK
NIC ASIA

नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रबीच छलफल

जेठ २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रबीच श्रम, रोजगार लगायतको विषयमा छलफल भएको छ । 

Muktinath Bank

परिसंघको रोजगारदाता परिषद्ले केन्द्रको पाँचौँ श्रम संसदबाट चयन भएका पदाधिकारीहरुलाई स्वागत तथा बधाई दिन आयोजना गरेको कार्यक्रममा नेपालको आर्थिक अवस्था, श्रम, रोजगार, श्रमिक र रोजगारदाताबीचको सम्बन्ध लगायतका विषयमा छलफल भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले केन्द्रको पाँचौँ श्रम संसदबाट चयन भएका अध्यक्ष एवं पदाधिकारीहरुलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिँदै कोडिभ १९ को विशेष परिस्थितीमा कर्मचारीहरुले समझदारीपूर्ण सहयोग गरेको बताए । केन्द्रको स्थापना भएदेखि राम्रो श्रम सम्बन्ध स्थापित हुँदै आएको भन्दै उनले ट्रेड युनियन, कर्मचारीहरुबाट राम्रो सहयोग पाइरहेको बताए ।


Advertisment
Nabil box
Kumari

मुलुकको अर्थतन्त्रको अहिलेको मुख्य चुनौती तरलता, शोधनान्तर घाटा, विदेशी मुद्रा संचितीमा परेको चाप रहेको अध्यक्ष अग्रवालले बताए । 

Vianet communication
Laxmi Bank

‘तरलताको समस्या हुँदा उद्योगीहरुले बैंकबाट ऋण पाइरहेका छैनन् । नयाँ उद्योगहरु स्थापना हुन सकेका छैनन् । भएका उद्योगहरुले पनि लगानी विस्तार गर्न पाइरहेको अवस्था छैन’, उनले भने । 

आन्तरिक उत्पादनको प्रबद्र्धन गरिनुपर्ने आवश्यकता औल्याउँदै उनले परिसंघले औद्योगिकीकरणलाई बढावा दिन जोड दिदै आएको बताए । औद्योगिकरणले रोजगारी सिर्जना हुने, आन्तरिक उत्पादन बढ्ने र आयात प्रतिस्थापन हुँदै जाने अध्यक्ष अग्रवालले बताए । 

कार्यक्रममा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका अध्यक्ष प्रेमल कुमार खनालले श्रमिकको समस्या समाधान गर्न केन्द्र साझा थलो बनेको बताए ।

उनले न्यूनतम पारिश्रमिक लागू गर्ने विषय चुनौतीपूर्ण रहेको भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा पनि थोरै मात्र कर्मचारी, श्रमिक आवद्ध भएको बताए । 

उनले श्रमिकहरूको सीप विकासमा रोजगारदातासहित राज्यले पनि दायित्व निर्वाह गर्नुपर्ने बताए । 

कार्यक्रममा सहभागीहरूले श्रमिकका कारणले उद्योग व्यवसाय बन्द हुने अवस्था नभएको तर सरकारको राजश्वका नीतिका कारण उद्योगीहरुले नै उद्योग बन्द गर्नुपर्ने अवस्था देखिएको बताए ।  

कार्यक्रममा परिसंघको रोजगारदाता परिषद्का संयोजक अमित बेगानी, परिसंघका महानिर्देशक दिपकराज जोशी, केन्द्रका महासचिव नवराज दाहाल, महिला समिति सचिव रिता पोखरेल, संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रमा आवद्द १० वटा राष्ट्रिय ट्रेड यूनियन महासंघका अध्यक्ष एवं पदाधिकारीहरु सहभागी थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x