×

NMB BANK
NIC ASIA

‘भाग्यमानी’ एमाले उम्मेदवार, मत बदर हुँदा मारे बाजी

जेठ ३१, २०७९

NTC
जिसस प्रमुख एमालेका रुद्धल यादव र उपप्रमुख माओवादीका रामदयाल चौधरी ।
Premier Steels

जिल्ला समन्वय समिति (जिसस) पश्चिम नवलपरासीको प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । 

Muktinath Bank

मंगलवार भएको निर्वाचनमा प्रमुखमा एमालेका रुद्धल यादव र उपप्रमुखमा माओवादी केन्द्रका रामदयाल चौधरी विजयी भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

७ पालिकाका १४ जना मतदाता रहेको निर्वाचनमा कसैको पनि बहुमत नपुगेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । एमालेले राप्रपासँग गठबन्धन गरेको थियो । 


Advertisment
Nabil box
Kumari

गठबन्धनका आधारमा कांग्रेस–माओवादी केन्द्रको बहुमत संख्या ८ पुगे पनि एमालेका उम्मेदवारले प्रमुख पदमा जितेका हुन् । एक मत बदर भएको छ ।

Vianet communication

प्रमुख पदका विजयी उमेदवार यादवले ७ मत ल्याए भने नेपाली कांग्रेसका बालिन्द विक्रम शाहीले ६ मत ल्याएका थिए । उपप्रमुखमा माओवादी केन्द्रका चौधरीले ७ मत ल्याएर विजयी हुँदा एमालेकी कुन्तीकुमारी चौधरीले ६ मत ल्याइन् । 

दलित वा अल्पसंख्यकमा राप्रपाकी लवाङदीदेवी हरिजन विजयी भएकी छन् । महिला सदस्यमा राप्रपाकी शोभा चौधरी, नेपाली कांग्रेसकी शारदा परियार र कांग्रेसकै इन्दिरा कार्की विजयी भएकी छन् । कांग्रेसको चुनाव चिह्नबाट उम्मेदवार बनेकी कार्की भने माओवादी केन्द्रकी हुन् ।

९ सदस्यीय जिससको अन्य सदस्य पदमा नेपाली कांग्रेसको चुनाव चिह्नबाट उम्मेदवार बनेका धनिराम चौधरी विजयी भएका छन् । चौधरी माओवादी केन्द्रका हुन् । 

त्यस्तै राप्रपाका मकबुल मिया र नेपाली कांग्रेसका यमबहादुर दर्लामी मगर अन्य सदस्यमा विजयी भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x