×

NMB BANK
NIC ASIA

विमला वलीले अस्पतालको शय्याबाटै भनिन् – मलाई योजनाबद्ध रूपमा फसाइयो

असार १, २०७९

NTC
Premier Steels

मानसिक पीडा भएर एक्कासी बेहोस भएको अवस्थामा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

Muktinath Bank

राज्यमन्त्री वली बेहोस भएर ढलेकी थिइन् । उनलाई अस्पतालको १ नम्बर क्याबिनमा भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. ईन्द्र ढकालले बताए । ‘उहाँलाई सुगर पनि देखियो । प्रेसर लो हाई भइरहेको छ । हिजो राति नैं बेहोस भएर इमर्जेन्सीमा आउनुभएको थियो । अहिले सुधार भएको छ,’ डा. ढकालले लोकान्तरसँग भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार दाङको तुलसीपुरमा महिला र बालिकालाई कुटपिट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेकी उनलाई मुख्यमन्त्री कूलप्रसाद केसीको निर्देशनमा बुटवल ल्याइएकी वलीलाई राति नै प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । 


Advertisment
Nabil box
Kumari

एकराज बस्नेतले आफूबाट सापटी लगेको पैसा दिन बारम्बार अनुरोध गर्दा पनि नदिई सम्पर्कविहीन बनेपछि पैसाको कारोबार मिलाउने एकराजको घर पुगेको मन्त्री वलीले प्रहरीलाई बताएकी छन् । घर पुग्दा योजनाबद्ध रूपमा फसाइएकाले थप मानसिक तनाव भएर आफू बेहोस भएको उनले बताइन् ।

Vianet communication

वलीले भनिन्, ‘लगेको पैसा फिर्ता गर्न र हिसाब मिलाउनका लागि धेरैपटक आग्रह गरियो, कुनै सुनुवाइ भएन, सम्पर्कविहीन भएपछि गएर भेटेर नै मिलाउनका लागि गएकी हुँ, त्यतिबेला नै योजनाबद्ध तरिकाले नै मलाई फसाउने काम गरियो । मैले मेरो सुरक्षा, स्वकीय सहितको टीम लगेर गएको थिएँ । हामीलाई च्यानल गेट बन्द गरियो ।’

आफू सजक हुदाँहुँदै एकराजकै योजनामा एकराजको दाइ वीरेन्द्र बस्नेतले योजनाबद्ध रूपमै आफूलाई फसाएको उनले बताइन् । आफूले सामान्य रूपमा हिसाबकिताब मिलाउन गरेको आग्रहमा आफ्नो राजनीतिक र सामाजिक जीवन समाप्त पार्न खोजेको उनले अस्पतालको शय्याबाट बताइन् । 

उनले भनिन्, ‘पहिलेको पैसा नै नदिई झन् मेरो कारोबार बिग्रिएको छ भनेर मेरो घरलाई बैंकमा राखेर ऋण निकाल्न खोजेको थियो, मैले दिएन । त्यसबापत उसले मलाई थप पीडा दिँदै तपाईंलाई मन्त्री बनाए, मैले के पाए भनेर बारम्बार पीडा दिइरहेको थियो ।’ 

प्रदेशसभा सदस्य दामा शर्माले राज्यमन्त्री विमला विभिन्न तनावका कारण बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको बताइन् । वलीको स्वास्थ्य अवस्था बुझ्न नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक वसन्त घर्तीमगर अस्पताल पुगेका छन् । उनको अवस्था सुधारात्मक रहेको उनले बताए । मन्त्री वलीलाई तत्काल बर्खास्त गर्न सरकारलाई चौतर्फी दबाब छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x