×

NMB BANK
NIC ASIA

नेपालका पहाडहरूमा अमेरिकी सेना परेड खेल्नबाट रोकियो : झलनाथ खनाल

असार १३, २०७९

NTC
फाइल फोटो
Premier Steels

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली कांग्रेसलाई समाजवादको यात्रातर्फ आउन आग्रह गरेका छन् ।

Muktinath Bank

सोमवार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा समाजवादः चुनौती र सम्भावना’ विषयक विचार गोष्ठिमा बोल्दै सम्मानित नेता खनालले नेपाली कांग्रेसलाई वामपन्थीहरूसँग मिलेर समाजवादको यात्रातर्फ आउन आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले कांग्रेस समाजवादमा आए स्वागत गर्न तयार रहेको बताए । उनले कांग्रेस समाजवादमा नआउने हो भने समाजवादको पक्षधरहरू मिल्नुपर्ने धारणा राखे । नेता खनालले गठबन्धन संसद विघटनको विरुद्धमा उभिएर संविधान बचाउन सफल भएको भन्दै आगामी दिनमा कुनै पनि प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने बताए ।


Advertisment
Nabil box
Kumari

उनले प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय निर्वाचन पछाडि विना शर्त संसद चल्न दिनु वाम लोकतान्त्रिक गठबन्धनको विजय भएको उल्लेख गरे ।

Vianet communication

उनले भने, ‘अब त संविधान त बच्यो त । अब संविधानलाई तलमाथि गर्न कसैले सक्छ ? अब आँट गर्दैन । यो देशको कुनै प्रधानमन्त्रीले पनि फेरि म संसद विघटन गर्छु भनेर खड्गप्रसाद शर्मा ओलीको बाटो हिँड्नेवाला छैन । हिँड्न सक्दैन । अब गाह्रो छ । संसद पुनःस्थापना त गर्‍यौं तर चल्दै चल्दैन । खड्गप्रसाद शर्मा ओलीजी यसलाई असफल बनाउन लाग्नु भो तर स्थानीय तहको निर्वाचनपछि आएपछि उहाँ पनि सिताङ्ग हुनुभयो । भित्रभित्रै त महसूस भयो होला यो गल्ती नै भो भन्ने । त्यसपछि उहाँले चुपचाप, विना शर्त फेरि संसद चल्न थाल्यो । यो वाम लोकतान्त्रिक गठबन्धनको विजय हो । यो वाम लोकतान्त्रिक गठबन्धन कहिलेसम्म जान्छ त ? यो प्रश्न बडा जटिल छ । अब प्रस्ट रूपले समाजवादको यात्रातर्फ अगाडि बढौं । नेपाली कांग्रेस पनि समाजवादकै यात्रातर्फ लाग्छौं, हामी वामहरूसँग मिलेरै जान्छौं भन्नुहुन्छ भने स्वागत छ तर अब उहाँहरू चाहिँ हामी त अलि यस्तै उस्तै हो कहिलेकाहीँ प्रजातान्त्रिक समाजवाद भन्छौं, १२ सालमा बीपीले ल्याइदिनुभो । अब म  १ जना त छु नि रामचन्द्र पौडेल यो कुरा भन्ने अरुले बिर्सिहाले भन्नुहुन्छ भने अब जो–जो समाजवादको पक्षमा तयार छौं, उहाँहरूले अगाडि बढेर जानुपर्‍यो ।’

उनले वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएकाले यस्तो निर्वाचन प्रणाली अपनाएर समाजवादको बाटोमा जान कठिन हुने बताए । उनले १ करोड रुपैयाँ नभई निर्वाचन लड्न नसक्ने अवस्था आएको भन्दै निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने बताए । उनले आमश्रमिक जनताले चुनाव लड्नसक्ने व्यवस्था बनाउनुपर्नेमा जोड दिए ।

सम्मानित नेता खनालले नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै अमेरिकी सेना नेपाल आएमा चारपाटा मोडियोस् भन्नेहरू कहाँ छन् भन्ने प्रश्न गरे । उनले सो कुरा संसदमा सोध्न बाँकी रहेको पनि बताए । उनले अमेरिकासँगको एसपीपी सम्झौता रोकेर नेपालको राष्ट्रियता जोगिएको बताए ।

उनले भने, ‘कतिपयले मलाई चारपाटा मोडेर निकाल्नु अमेरिकन सेना यही आयो भने भनेका थिए । आज ती चारपाटा मोडियोस् भन्नेहरु कहाँ छन् ? त्यो डकुमेन्टले देखाएन ? मैले संसदमा सोध्न बाँकी नै छ यो कुरा । एसपीपी आयो तर रोकियो । नेपालका पहाडहरूमा अमेरिकी सेना परेड खेल्नबाट रोकियो । अलिकति भए पनि हाम्रो देशको राष्ट्रियता जोगियो ।’

उनले एसपीपी सम्झौता गरेको भए नेपालको असंलग्न परराष्ट्र नीति र एक चीन नीतिको विपरीत हुने उल्लेख गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x