×

NMB BANK
NIC ASIA

जसपा विवाद

यी ५ 'फ्याक्टर' जसका कारण रक्षात्मक स्थितिबाट एकाएक शक्तिमा फर्किए उपेन्द्र

असार १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

केही साता अघिसम्म पार्टीभित्रै अल्पमतमा परेका जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव फेरि पार्टीमा पकड जमाउन सफल भएका छन् ।

Muktinath Bank

संसदीय दल र केन्द्रीय समिति दुवैतिर बहुमत जुटाएर पार्टी नै 'हाइज्याक' गर्न लागेका जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई अन्ततः यादवले पछाडि पारेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही असन्तुष्ट सांसदहरूलाई मन्त्री बनाइदिने प्रलोभन दिएर भट्टराईले संसदीय दलमा बहुमत जुटाएका थिए। उपेन्द्र यादवलाई संसदीय दलको नेताबाट हटाएर भट्टराई आफैं संसदीय दलको नेता बन्ने प्रयास असफल भएको छ ।


Advertisment
Nabil box
Kumari

जसपाको विधान अधिवेशन बोलाउन आलटाल गरिरहेको आरोप लगाएर भट्टराई पक्षले उपेन्द्रलाई कारवाहीको तयारी गरेको थियो । शुरूमा स्पष्टीकरण सोध्ने, त्यसपछि निष्कासन नै गर्नेसम्मको तयारी रहेको जसपाकै नेताहरूले बताएका थिए ।

Vianet communication
Laxmi Bank

अहिले अवस्था फेरिएको छ । पार्टीको कार्यकारिणी समितिले गर्ने निर्णय समेत आफू एक्लै गर्न पाउने अधिकार उपेन्द्रले बैठकबाटै लिएका छन् । यसबाट पनि उपेन्द्र पार्टीभित्र पुन: शक्तिशाली बनेको पुष्टि गर्छ । मन्त्री हेरफेर गर्ने तथा पार्टीका संघीय परिषद अध्यक्ष भट्टराईसहितका केही नेतालाई कारवाही गर्ने जिम्मेवारी कार्यकारिणी समितिले यादवलाई दिएको छ ।

यादवले भट्टराईसहित केही नेतालाई स्पष्टीकरण सोधेर कारवाही गर्ने तयारी अगाडि बढाएका छन् । 

यादव अचानक कसरी शक्तिशाली भए त ? प्रतिकूल स्थितिलाई उनले कसरी आफ्नो अनुकूल बनाए त ? यसको जवाफ जान्न केही 'फ्याक्टर'हरूलाई नियाल्नुपर्ने हुन्छ ।

पहिलो 'फ्याक्टर'– प्रचण्ड र देउवाको साथ

बाबुराम भट्टराईले आफ्नो पक्षमा संसदीय दल तथा केन्द्रीय समितिमा समेत बहुमत रहेको भन्दै केही साताअघि प्रधानमन्त्री शेरबहादुर देउवा भेटेका थिए ।

जसपाका केही सांसदलाई समेत सँगै लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका भट्टराईले यादवको एकल हस्ताक्षरको निर्णय नमान्न आग्रह गरेका थिए ।  

छिट्टै संसदीय दलको नेता तथा पार्टीको कार्यकारिणी समिति अध्यक्ष समेत आफू हुन गइरहेको भट्टराईले प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।

उपेन्द्रलाई पार्टी विभाजन गरेर जान दिन र आफू नेतृत्वको दललाई सहयोग गर्न उनले देउवालाई आग्रह गरेका थिए। 

सरकारलाई  समर्थन कायमै रहने भन्दै जसपाका तर्फबाट सरकारमा सहभागी मन्त्री परिवर्तन गर्नका लागि पनि भट्टराईले  प्रधानमन्त्रीको सहयोग मागेका थिए । 

तर देउवाले उपेन्द्रलाई धोका दिइहाल्न नचाहेको संकेत गरे । जसको बहुमत हुन्छ उसैको निर्णय मान्छु भनिदिए ।

भट्टराईले देउवाबाट अपेक्षित साथ नपाउनुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को पनि भूमिका रह्यो ।

कुनै पनि हालतमा उपेन्द्रलाई कमजोर बनाएर जान नहुने निष्कर्षमा पुगेका प्रचण्डले उनलाई नपेल्न प्रधानमन्त्रीलाई सचेत गराए । अहिलेको गठबन्धन सरकार बनाउनमा उपेन्द्रको पनि मुख्य भूमिका रहेकाले उनलाई अप्ठ्यारो पर्ने गतिविधि नगर्न प्रचण्डले देउवालाई प्रस्ट रूपमा भनेको स्रोतको दाबी छ ।

विशेषगरी प्रचण्ड र प्रधानमन्त्री देउवाको साथ पाएपछि उपेन्द्र पार्टीमा गुम्दै गरेको शक्ति फर्काउन सफल भए ।

दोस्रो 'फ्याक्टर'– इस्तियाक र प्रदीपको 'युटर्न'  

केही समय अघिसम्म मन्त्री नबनाएको भन्दै असन्तुष्ट सांसदद्वय इस्तियाक राई र प्रदीप यादव पनि भट्टराईलाई साथ दिन पुगेका थिए।

६ महिनापछि मन्त्री फेर्ने भनेर जसपा अध्यक्ष यादवले गरेको प्रतिबद्धता पूरा नगरेपछि असन्तुष्ट बनेका ती दुई सांसदलाई मन्त्री बनाइदिने आश्वासन दिएर भट्टराईले आफूनजिक बनाइसकेका थिए। 

उपेन्द्र यादवसँग शुरूदेखि नै असन्तुष्ट रहेका प्रदीप यादवको कारवाही फुकुवा गराउन भट्टराईले भूमिका निर्वाह गरेका थिए । सोही कारण उनी भट्टराईसँग नजिकिए ।

यादवमाथिको कारवाही फुकुवा भएपछि वीरगञ्ज महानगरको प्रमुखमा निर्वाचित भएका राजेशमान सिंहलाई पार्टीमा ल्याउन, पार्टीमा टिकट दिलाउन तथा प्रमुखमा जिताउन समेत प्रमुख भूमिका निर्वाह गरेका उनलाई पार्टीले पुरस्कारस्वरूप मन्त्री बनाउलान् भन्ने विश्वास थियो। तर, उपेन्द्रले मन्त्री नबनाउलान् भन्ने बुझेपछि उनी फेरि भट्टराई खेमातर्फ नजिक हुन पुगेका थिए । 

अर्कातर्फ मन्त्री बन्ने प्रबल दाबेदार रहेका लुम्बिनी प्रदेशका नेता इस्तियाक राई पनि यादवले मन्त्री नबनाउने सुइँको पाएपछि भट्टराई खेमामा पुगेका थिए ।

यी दुवै प्रभावशाली नेताको महत्त्व राम्रोसँग बुझेका उपेन्द्रले दुवैलाई 'इंगेज' गराउने रणनीति बनाए।

दुवै नेतासँग छुट्टाछुट्टै भेटेका उपेन्द्रले उनीहरूलाई आफ्नो पक्षमा पार्न सफल भएका छन् । मन्त्री बनाउने आश्वासन पाएपछि प्रदीप र इस्तियाक दुवैले 'युटर्न' गरेको चर्चा छ ।

तेस्रो 'फ्याक्टर'– बाह्य शक्तिको 'कोर्स करेक्सन'  

उपेन्द्रको पार्टी पटक–पटक विभाजन हुनुमा बाह्य शक्तिको भूमिका प्रमुख हुने गरेको बुझाइ उनी निकट नेताहरूमा पाइन्छ ।

उपेन्द्र चीनतर्फ ढल्किएको हो कि भनेर भारतीय पक्षले शंकाको नजरले हेर्ने गरेको गुनासो उनीहरूको छ ।

मधेशी जनअधिकार फोरमको स्थापनाकालदेखि नै पार्टी विभाजनमा बाह्य शक्तिको भूमिका रहेको बुझाइ यादव स्वयंको पाइन्छ ।

यादव आफैंले पनि बेलाबेलामा उक्त प्रसंग कोट्याउने गरेका छन् । अहिले पनि जसपा विभाजन गराउन बाह्य शक्ति सक्रिय भएको हुनसक्ने यादवनिकट केही नेताहरूको आशंका थियो।

जसपा विभाजन गराएर भट्टराईलाई शक्तिशाली बनाउन खोजेको भारतीय पक्ष भट्टराईप्रति पूर्ण विश्वस्त भने हुन सकिरहेको थिएन ।

हिन्दूधर्मप्रतिको भट्टराईको धारणा, भारतको उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथप्रति गरेको टिप्पणी आदिका कारण भारतले भट्टराईलाई विश्वास गर्न नसकेको चर्चा छ ।

जसपाका एक नेताका अनुसार पूर्व प्रधानमन्त्रीको रूपमा भारतले एउटा सम्बन्ध कायम राखे पनि आफ्नो विश्वासिलो पात्रको रूपमा भाजपाले भट्टराईलाई लिएको देखिन्न ।

'मधेशको शक्तिशाली फोर्सको रूपमा रहेका उपेन्द्रलाई कमजोर बनाउँदा भारतविरुद्ध झन् चिढिन सक्ने खतरा थियो,' भारतीय पक्षसँग राम्रो सम्बन्ध राखेका एक नेताले लोकान्तरसँग भने, 'अर्कातर्फ जसपा विभाजित भएको अवस्थामा उपेन्द्र यादव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर अर्को गठबन्धन बनाउन सक्ने परिस्थितिलाई आकलन गर्दै भारतले पार्टी फुटाउने रणनीतिमा कोर्स करेक्सन गर्दा उपेन्द्रजी फेरि बलियो हुन पुग्नुभएको हो ।'

स्थानीय तहको निर्वाचनलगत्तै यादवले ओलीसँग छुट्टै भेट पनि गरेका थिए। गठबन्धनले इमान्दारीपूर्वक स्थानीय तहको निर्वाचनमा जसपाका उम्मेदवारलाई मत नदिएको हुनाले गठबन्धन दुर्घटनामा पर्नसक्ने कुरा यादवले लोकान्तरसँगको अन्तर्वार्तामा नै भनिसकेका थिए। ओलीसँग चिया गफ भएको कुरा पनि उनले स्वीकारेका थिए।

चौथो 'फ्याक्टर'– राष्ट्रिय पार्टीभन्दा पनि मधेशी फोर्सकै रूपमा अघि बढ्ने रणनीति  

भट्टराईलाई सँगै लिएर जनता समाजवादी पार्टीलाई राष्ट्रिय पार्टीको रूपमा स्थापित गर्दै आफू पनि राष्ट्रिय नेता बन्ने उपेन्द्रको चाहना थियो। तर स्थानीय तहको निर्वाचनको मतपरिणामले पनि जसपाको आधार इलाका भनेको 'तराई- मधेश' नै रहेको देखिएपछि उपेन्द्रले आफ्नो सोचमा पनि परिवर्तन ल्याएका छन् ।

बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठलगायतका नेताबाट पनि पहाड र हिमालमा पार्टीलाई मत नआउने देखेपछि उनले अब राष्ट्रिय पार्टी भन्दा साविकको मधेशी जनअधिकार फोरम जस्तै तराई-मधेशलाई नै आधार बनाएर क्षेत्रीय राजनीतिक शक्तिको रूपमा अघि बढ्ने निष्कर्ष निकालेको निकटस्थहरू बताउँछन् ।

मधेश प्रदेशका एक मन्त्रीले लोकान्तरसँग भने, 'पार्टीलाई मत मधेशबाट जाने तर लाभको भाग भने हिमाल, पहाडका नेताले पनि खोज्दा पार्टीमा असन्तुष्टि थियो । मधेशबेसकै पार्टी रहने अध्यक्षको संकेतले पनि निकै राम्रो काम गरेको छ ।' 

एक सिट पनि जिताउन नसक्ने भट्टराईले पार्टी नै 'हाइज्याक' गर्न लागेको सूचना पाएपछि मधेशका कार्यकर्ताहरूले नै भट्टराईलाई अलग्याएर मधेशमा ध्यान केन्द्रित गर्न सुझाव दिएको उनले बताए ।

पाँचौं 'फ्याक्टर'– उपेन्द्र आफैं पनि स्थापित 'ब्राण्ड' 

मधेशका जनताले उपेन्द्र यादवलाई एउटा शक्तिशाली नेताको रूपमा जहिल्यै पनि हेर्ने गरेका छन् ।

प्रतिनिधि सभाको निर्वाचनमा मधेशका जनताले जहिल्यै उनीसहित उनको पार्टीलाई शक्तिशाली बनाएर पठाउने गरेको छ । 

२०६२/०६३ सालको मधेश आन्दोलनको नेतृत्व गरेका यादव २०६४ सालको संविधान सभा निर्वाचनयता निरन्तर तीनपटक विजयी भएका छन् । लगातार चुनाव जित्नुमा पनि उनको शक्तिशाली छवी प्रमुख कारणको रूपमा रहने गरेको छ ।

जसपाका एक नेताको दाबीलाई मान्ने हो भने उपेन्द्र यादव नै मधेशका एक मात्र त्यस्ता नेता हुन्, जो मधेशको जुनसुकै क्षेत्रबाट चुनाव लडेर पनि जित्ने क्षमता राख्छन् ।

उपेन्द्र यादवको त्यस्तो प्रभावकै कारण पार्टीका अन्य नेता तथा कार्यकर्ता पार्टीमा लाभको पद वा अवसर नपाएर असन्तुष्ट भएपनि उनको विरुद्ध लागिहाल्न हिच्किचाउँछन् ।

शुरूमा भट्टराईलाई साथ दिएका अधिकांश नेताहरू यही डरका कारण उपेन्द्रकै क्याम्पमा फर्किएका छन् ।

जसपाका एक सांसदका अनुसार भट्टराईसँगै महिन्द्र राय यादव र राजकिशोर यादवलाई भने स्पष्टीकरण सोधेर अगाडि बढ्ने उपेन्द्रको तयारी छ । ती दुवै नेताले आगामी निर्वाचनमा जित्न नसक्ने हिसाबकिताब गरेर नै उपेन्द्रले यस्तो तयारी गरेको दाबी उनले गरे । उनले महिन्द्र राय यादवको विकल्पमा प्रमोद साहलाई अगाडि बढाउन खोजेका छन् ।

अब के गर्लान् भट्टराई ?

शुरूमा भट्टराई सहित केही नेतालाई स्पष्टीकरण सोध्ने र पछि पार्टीबाट नै निष्कासन गर्ने तयारी उपेन्द्रले गरेका छन्। अन्ततः भट्टराई अब जसपामा नरहने प्रस्ट संकेत देखिएको छ ।

यसअघि भट्टराईले जसपा 'हाइज्याक' गर्न सफल भएको भए लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग पार्टी एकता गरेर जानसक्ने स्थिति थियो। तर अब त्यो स्थिति पनि छैन । 

लोसपासँग एकता गरेर जाँदा आफूलाई व्यक्तिगत रूपमा कुनै फाइदा नहुने भएकाले भट्टराई नै त्यसका लागि तयार नहुने अवस्था बनेको छ । गोरखास्थित भट्टराईको चुनावी क्षेत्रमा लोसपासँगको एकताले कुनै पनि किसिमको लाभ हुने स्थिति छैन ।

जसपा स्रोतलाई विश्वास गर्ने हो भने भट्टराई चुनावअगाडि नै माओवादीसँग सहकार्यमा फर्किने सम्भावना छ । त्यसो त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि पूर्व माओवादीबीचको एकतालाई प्राथमिकता दिएका छन् ।

केही दिनअघि उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा प्रचण्ड र भट्टराईबीच ब्रेकफास्ट मिटिङ समेत भएको थियो ।

पार्टीको नाम परिवर्तन गरेर समाजवादी केन्द्र वा यस्तै कुनै नाम रोज्ने स्थितिमा प्रचण्डसँग सहकार्य गरेर जान कुनै समस्या नरहेको भट्टराई निकट नेताहरू बताउँछन् ।

माओवादीसँग सहकार्य हुँदा गोरखामा चुनाव जित्न बाबुरामलाई निकै सहज हुनेछ । स्थानीय निर्वाचनमा गोरखामा माओवादी एक्लैले निकै राम्रो प्रदर्शन गरेको छ ।

भट्टराईले माओवादी छाडेपछि उनको पछि लागेका धेरै नेता कार्यकर्ता माओवादीमै फर्किएका छन् । त्यसैको नतिजा गोरखामा स्थानीय चुनावका क्रममा देखिएको चर्चा माओवादी वृत्तमा छ ।

पूर्व माओवादीबीच एकताको प्रयासकै सिलसिलामा माओवादीका नेताहरू र भट्टराई निकटका नेताहरू निरन्तर सम्पर्कमा छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x