साउन २५, २०७९
सर्वोच्च अदालतले नवलपरासीको एउटा मुद्दामा अनुसन्धान गर्ने प्रहरी अधिकारी, अभियोजन गर्ने सरकारी वकील, मुद्दा दर्ता गर्ने श्रेस्तेदार तथा मुद्दाको फैसला गर्ने जिल्ला न्यायाधीश समेतलाई विभागीय कारबाही गर्न निर्देशनात्मक...
काठमाडाैं | असार १५, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङको काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खीमबहादुर विक, सव-इञ्जिनियर नवीन थापा, असिस्टेन्ट सव-इञ्जिनियर सनोज उपाध्याय र लेखापाल खडानन्द कँडेलसहित ११ जनाविरुद्ध बुधवार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
नालढुङ्गा (घुँडेखोला) खानेपानी योजनामा नापी किताब अनुसारको पाइप प्रयोग नगरेको, सडक मर्मत आयोजनामा अनियमितता गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
योजनाबद्ध ढंगले सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ को प्रावधानलाई समेत बेवास्ता गरी योजनालाई सानासाना टुक्रामा विभाजन गरी, दरभाउ पत्रसमेत नलिई सामान्य निवेदनको भरमा मात्र एक फर्मलाई एक वडाको जिम्मेवारी दिएको अभियोगपत्रमा उल्लेख छ ।
सोही वडाको एउटै साइटमा एकै अवधिमा अर्को फर्मलाई समेत जिम्मेवारी दिएको र अर्को फर्मबाट समेत काम भएको भनेर नापी किताब तयार एवं भुक्तानी गरेको अभियोग लगाइएको छ ।
'तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विक, सव-इञ्जिनियर थापा, असिस्टेन्ट सव-इञ्जिनियर उपाध्याय र लेखापाल कँडेलले सम्झौतामा उल्लेख भएबमोजिम सुपरीवेक्षण गर्न, गुणस्तर कायम गर्न र यथार्थ कार्यको नापजाँचका लागि सम्बन्धित साइट प्राविधिकलाई जिम्मेवारी नतोकी नापी किताबमा सही गरी सहमति जनाई नभए/नगरेको कार्यको समेत झुट्टा बिल भरपाई बनाई/बनाउन लगाई गलत मूल्याङ्कनमा प्रत्यक्ष सहभागी भएको' अभियोगपत्रमा उल्लेख छ।
अख्तियारका अनुसार एउटै योजनाका लागि एकै अवधिमा दोहोरो सम्झौता गरेको, दोहोरो नापी किताब प्रमाणित गरेर ७ लाख ९२ हजार ९९ रूपैयाँ भ्रष्टाचार गरेको पाइएको हो ।
त्यसै गरी सेभेन स्टेट बिल्डर्सका सञ्चालक दीपेन्द्रबहादुर खड्काले झुट्टा बिल भरपाई तथा दोहोरो नापी किताब तयार गर्न लगाएर नगरेको कामको समेत भुक्तानी लिएर ३ लाख ५३ हजार १६२ रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाइएको छ ।
अर्गेजा निर्माण सेवाका प्रोपाइटर मसुमन अर्गेजा र सोही कन्स्ट्रक्सनका प्रतिनिधि तथा काठेखोला कन्स्ट्रक्सनका प्रोपाइटर टंकबहादुर कुँवरविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।
उनीहरूले सम्झौताबमोजिम कार्य गरिएको भनी कार्यसम्पन्न भएको प्रतिवेदन तयार गरी भुक्तानी भइसकेको अवस्थामा पुनः अर्गेजा निर्माण सेवाले कामको जिम्मा लिएको देखाएर दोहोरो नापी किताब तयार गरी/गर्न लगाई १ लाख ५१ हजार २१० रुपैयाँ भुक्तानी लिएको अभियोगपत्रमा उल्लेख छ ।
त्यसै गरी खुसु निर्माण सेवाका सूर्यबहादुर भण्डारीले कामको झुट्टा बिल भरपाई बनाएर नगरेको कामको समेत १ लाख ५१ हजार ९२२ रुपैयाँ भुक्तानी लिई भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ ।
भण्डारी निर्माण सेवाका प्रोपाइटर गणेशबहादुर भण्डारीले झुट्टा बिल भरपाई बनाई दोहोरो मूल्यांकन गरी नापी किताब तयार गरेर १ लाख ५१ हजार ९२२ रुपैयाँ भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ ।
सातबीसे कन्सट्रक्सनका प्रोपाइटर मनोज खड्का र सोही कन्स्ट्रक्सनका प्रतिनिधि तथा काठेखोला कन्स्ट्रक्सनका प्रोपाइटर टंकबहादुर कुँबरले नगरेको कामको १ लाख ३५ हजार ८०३ रुपैयाँ दोहोरो भुक्तानी लिएको पाइएको अख्तियारले जनाएको छ ।
सर्वोच्च अदालतले नवलपरासीको एउटा मुद्दामा अनुसन्धान गर्ने प्रहरी अधिकारी, अभियोजन गर्ने सरकारी वकील, मुद्दा दर्ता गर्ने श्रेस्तेदार तथा मुद्दाको फैसला गर्ने जिल्ला न्यायाधीश समेतलाई विभागीय कारबाही गर्न निर्देशनात्मक...
सर्वोच्च अदालतले नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सार्वजनिक जग्गामा बनाएको संरचना २४ घण्टाभित्र हटाउन दिएको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश मनोजकुम...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगाको तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन नम्बर २ मा कार्यरत सबइन्जिनीयर रामबाबु यादवउपर शैक्षिक योग्यताको झूटा नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दा दर्ता गरेको छ । ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा एकैदिन ५ वटा मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०७०/०७१ मा कालीकोट र मुगु जिल्लाको विभिन्न सार्वजनिक निकायमा कार्यरत कर्...
सर्वोच्च अदालतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आफैँ उपस्थित भएर लिखित जवाफ पेश गरेका छन्। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको मुद्दाम...
कर्मचारी सञ्चय कोषले आठौं तहको प्रबन्धक, प्रशासन पदमा विभिन्न कर्मचारीहरूलाई बढुवा सिफारिस गरेको छ । आइतवार सूचना जारी गर्दै कोषले ८ जनाको लागि विभिन्न कर्मचारीहरूलाई बढुवा सिफारिस गरेको हो । ...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...