×

NMB BANK
NIC ASIA

भोटिङ मेसिनको व्यवस्था गर्न निर्वाचन आयोगको पत्राचार

असार १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन विद्युतीय मतदान यन्त्र (भोटिङ मेसिन)बाट गर्न सरकारलाई भनेको छ । निर्वाचन प्रयोजनका लागि भोटिङ मेसिनहरूको प्रबन्ध गर्नका लागि आयोगले गृह मन्त्रालय मार्फत्  सरकारलाई पत्र पठाएको छ । 

Muktinath Bank

आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले गृहलाई मेसिनको व्यवस्था गर्नका लागि अनुरोध गर्दै पत्र पठाएको जानकारी दिएका छन् । निर्वाचन ब्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन भोटिङ मेसिन मार्फत् मतदान गराउन आयोगले प्रस्ताव गर्दै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगले भोटिङ मेसिन मार्फत् मतदान गराउने निर्वाचनसम्बन्धी कानूनमा व्यवस्थासमेत भएको भन्दै यसको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले तयार पारेको प्रतिवेदनलाई आवश्यक निर्णय गर्न तथा कार्य गर्नका लागि गृह मार्फत् मन्त्रिपरिषद्मा पठाएको छ । 


Advertisment
Nabil box
Kumari

प्रतिवेदनमा आगामी निर्वाचन मेसिन मार्फत् गराउनका लागि हाल मेसिन उपलब्ध नभए आगामी साउनसम्ममा मेसिनको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

Vianet communication
Laxmi Bank

आयोगले भनेको छ, ‘आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा विद्युतीय मतदान यन्त्रको प्रयोग गर्ने प्रयोजनका लागि प्राप्त प्रतिवेदनमा उल्लेख भए बमोजिमको स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र तत्काल व्यवस्थापन हुन सक्ने अवस्था हाल विद्यमान नभएमा आगामी २०७९ श्रावण मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्रको आवश्यक प्रबन्ध गरिदिन गृह मन्त्रालय मार्फत् नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको छ ।’ 

आयोगले भोटिङ मेसिनको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गरेको थियो । 

निर्वाचन आयोगले राष्ट्रपति, उप राष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य तथा स्थानीय तहका सदस्यको निर्वाचनहरूमा भोटिङ मेसिन प्रयोग गर्न सक्ने कानूनी ब्यवस्था रहेको छ ।

आयोगले ०६४ सालको संविधानसभा निर्वाचनमा आयोगले ६ वटा तथा २०७१ सालको संविधान सभा उपनिर्वाचनमा बर्दिया,  बागलुङ,  काठमाडौं,  कैलाली लगायत पाँचवटा निर्वाचन क्षेत्रहरूमा भोटिङ मेसिन मार्फत् मतदान गराएकाे थियाे । तर, पछिल्लो समय भोटिङ मेसिनको प्रयोगमा राजनीतिक दलहरू नै सशंकित देखिएको छन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x