कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनको आयु असार १७ गते सकिने भविष्यवाणी गरेका थिए, जसको ‘डेडलाइन’ शुक्रबार सकिँदैछ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा ओलीले किटान गरेरै असार १७ गतेपछि गठबन्धन नरहने भविष्यवाणी गरेका थिए । ओलीको सो अभिव्यक्तिले राजनीतिलाई तरंगित बनाएको थियो ।
‘असार १७ पछि गठबन्धन रहँदैन भन्ने ज्योतिषीको कुरा हो, मैले ज्योतिषीको कुरा भनेको । ज्योतिषी एउटा ग्रह दशा हेर्ने, एउटा राजनीति हेर्ने हुन्छन् । दुवै ज्योतिषीले गठबन्धनका अगाडि महासंकट आउँछ भनेका छन्’, ओलीको भनाइ थियो, ‘ज्योतिषीहरूले त गठबन्धनका लागि ठूलो खड्को वैशाख ३० मै छ भनेका छन् । ढाडै भाँचिने हुन्छ भन्ने ज्योतिषीको कुरा छ,।’
वैशाख ३० गते आइतवार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले दिएका सो अभिव्यक्तिलाई गठबन्धनका नेताहरुले अत्तालिएको अभिव्यक्तिको संज्ञा दिएका थिए । मतदातामा गठबन्धन भत्किन्छ भन्ने मनोविज्ञान सृजना गरेर आफ्नो पक्षमा भोट तान्न ओलीले कुटिल खेल खेलेको कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले दावी गरेका थिए ।
त्यसबारे सोधिएको पुरक प्रश्नको जवाफमा ओलीले भनेका थिए, ‘मेरो कुरामा विश्वास नलागे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्ना ज्योतिषीलाई सोध्न सुझाव दिन्छु ।’
प्रधानमन्त्री देउवाका ज्योतिषी सुरेशचन्द्र रिजालले ओलीको भनाइमा सत्यता नरहेको उतिबेलै बताएका थिए । ज्योतिषीको हवला दिएर एमाले अध्यक्ष ओलीले गरेको भविष्यवाणी अनुसार गठबन्धन भत्किने सम्भावना भने क्षीण देखिएको छ । गठबन्धन कसरी भत्किन्छ भनेर स्पष्ट नखुलाएपनि ओलीले माओवादीप्रति संकेत गर्दै ‘जसले धेरै दूध भात दियो बिरालो उसैकोमा जान्छ’ भनेर टिप्पणी गरेका थिए ।
संगै ओलीले कांग्रेसले भन्दा आफूहरुले माओवादीलाई धेरै सीट दिन सक्ने बताएका थिए । यसबीचमा वामपन्थी गठबन्धनका प्रयास भएपनि सार्थक बन्न सकेका छैनन् ।
माओवादी केन्द्रका एक नेताले वर्तमान गठबन्धन प्रतिनिधि सभा र प्रदेश सभासम्म जाने दावी गरे । ‘एमालेको मूल नेतृत्व (केपी ओली)ले प्रतिनिधि सभा विघटन गल्ती थियो भनेर स्वीकार नगर्दासम्म सहकार्यको सम्भावना छैन, असार १७ होइन मंसिर १७ सम्म यही गठबन्धन कायम रहन्छ’ प्रचण्ड निकट ती नेताले लोकान्तरसँग भने ।
असार १७ गतेपछि गठबन्धन रहँदैन भन्ने ओलीको अभिव्यक्ति हल्का पुष्टि भएको छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...