×

NMB BANK
NIC ASIA

सर्वोच्च अदालत

अदालतमा प्रधानन्यायाधीश-मुख्य रजिस्ट्रार टसल, कुँवरले थपे तीन महिना बिदा

असार १७, २०७९

NTC
Premier Steels

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र मुख्य रजिस्ट्रार लालबहादुर कुँवरबीचको टसल बढ्दै गएको छ । टसल बढ्दै गएपछि मुख्य रजिस्ट्रार कुँवरले फेरि लामो बिदा लिएका छन् । 

Muktinath Bank

कुँवर एक महिना लामो बिदा बसेर काममा फर्किएका थिए । तर, कामु प्रधानन्यायाधीश कार्कीसँग टसल कायमै रहे पनि कुँवर फेरि बिदामा बसेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वोच्च अदालत स्रोतका अनुसार मुख्य रजिस्ट्रार कुँवरले असार १६ गतेदेखि असोज ९ गतेसम्मका लागि बिदा लिएका हुन् । 


Advertisment
Nabil box
Kumari

कुँवर बिदामा बसेपछि कामु प्रधानन्यायाधीश कार्कीले रजिस्ट्रार नारायणप्रसाद पन्थीलाई कायममुकायम मुख्य रजिस्ट्रार तोकेका छन् ।

Vianet communication

कुँवर यसअघि २०७८ चैत २५ देखि २०७९ वैशाख २५ सम्म एक महिना बिदामा बसेका थिए । 

२०७८ फागुन २६ गते कामु प्रधान्यायाधीश कार्कीको अध्यक्षतामा बसेको न्यायपरिषद्को बैठकले कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीश पदका लागि सिफारिस गरेको थियो । 

सो निर्णय कार्यान्वयन गराउन कामु प्रधानन्यायाधीश कार्कीले पत्राचार गर्दा समेत कुँवरले लिखित निवेदन दिएर न्यायाधीश पद अस्वीकार गरेका थिए । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध नेपाल बार एशोसिएसनले गरेको आन्दोलन र न्यायाधीशहरूले भद्र अवज्ञा गर्दा मुख्य रजिस्ट्रार कुँवर प्रधानन्यायाधीश चोलेन्द्रको पक्षमा रहेको भन्दै उनलाई कार्कीले हटाउन खोजेको हल्ला चलेको थियो । 

विगतमा मुख्य रजिस्ट्रारलाई उच्च अदालतको मुख्य न्यायाधीश बनाउने अभ्यासअनुसार मुख्य न्यायाधीशमा सिफारिस नगरी कुँवरलाई न्यायाधीशमा मात्र सिफारिस गरिएको थियो । एक पद घटुवा गरी कारबाही गरिएको भन्दै कुँवरले न्यायाधीश पद अस्वीकार गरेका हुन् । 

यता कामु प्रधानन्यायाधीश कार्की भने आफ्नै अध्यक्षतामा बसेर गरिएको बैठकको निर्णय कार्यान्वयन गर्न खोज्दा कुँवरले नमानेपछि असहज महसुस गर्दै आएका छन् । कार्की र कुँवरबीच 'ट्युनिङ' नमिल्दा समस्या हुने भएकाले कुँवर बिदामा बस्ने गरेका छन् । 

कामु प्रधानन्यायाधीश कार्कीले आगामी असोज १५ गतेबाट अवकाश पाउँदैछन् । 

कुँवर निकट स्रोतका अनुसार कार्कीले अवकाश पाउनुभन्दा एक महिना अगाडिदेखि नै प्रशासनिक तथा मुद्दा मामिलाका विषय हेर्न नमिल्ने हुनाले उक्त समयलाई समेत ध्यान दिएर कुँवरले बिदा लिएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x