भदौ १, २०७९
इन्डोनेसियाको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्पलेक्स परिसर, पानीपोखरी, काठमाडौँस्थित कार्यालयमा झण्डोत्तलनको कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको...
काठमाडौं महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा थुपार्ने गरेको छ । पैदलमार्गमा फोहोर थुपारिँदा यात्रीलाई हुनसम्मको सास्ती भएको छ ।
काठमाडौं महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहर थुपारेपछि यात्रुलाई समस्या भएको हो ।
गाडाबाट पैदलमार्गमा फोहर थुपारिरहेको अवस्थामा भेटिएका कम्पनीका कामदार उद्धव मैनालीले गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहर थुपार्न बाध्य भएको बताएका छन् ।
फोहरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । राजधानीको मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहर थुपार्दा पनि स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन् । ‘बोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौँ’, उक्त क्षेत्रमा पसल सञ्चालन गर्दै आएका रामचन्द्र श्रेष्ठले भने ।
राजधानीको अन्य भागमा फोहर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फोहर थुपार्ने गरेको स्थानीयको गुनासो छ । महानगरपालिकाले फोहर व्यवस्थापनको जिम्मेवारी सुम्पेको कम्पनीको कामको अनुगमन नगर्दा यस्तो समस्या आएको स्थानीयवासीको गुनासो छ ।
महानगरपालिकाले कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरे पनि पुतलीसडक क्षेत्रमा भने दुवैथरी फोहर एकै ठाउँमा राखेर फालेको देखिन्छ ।
महानगरपालिकाले सूचना जारी गरे पनि अनुगमन गरेर फोहर वर्गीकरण नगर्नेलाई कानूनी कारबाहीको प्रक्रियामा नल्याएका कारण यस्तो समस्या देखिएको हो । रासस
इन्डोनेसियाको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्पलेक्स परिसर, पानीपोखरी, काठमाडौँस्थित कार्यालयमा झण्डोत्तलनको कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको...
आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनमा सुमन सायमिले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । गत स्थानीय निर्वाचनमा पनि उनी का...
पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् । मंगलबार उनी ललितपुरको मेडिसिटीमा भर्ना भएको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । हिमानीमा घाँटीको समस्याका साथै ज्वरो रहेको बत...
ऐतिहासिक गोरखा दरबार सङ्ग्रहालय परिसरमा अबदेखि नेपाल एकीकरणका अभियानकर्मी तथा राष्ट्रिय एकताका प्रतीक तत्कालीन राजा पृथ्वीनारायण शाहको सालिकसँग बसेर तस्बिर खिच्न पाइने भएको छ । ऐतिहासिक क्षेत्र संरक्षण...
नेपालमा थप ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधवार जानकारी दिँदै संक्रमण बढिरहेको बताए । ‘संक्रमणसँगै आईसीयू र भेन्ट...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् वितरण क्षेत्रको चुहावट रोक्नु चुनौतीको विषय रहेको बताएकी छन् । आज नेपाल विद्युत् प्राधिकरणको ३७औँ वार्षिकोत्सवका अवसरमा मन्त्री भुसालले आगामी दिनमा वितरण...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...