×

NMB BANK
NIC ASIA

संसदीय समिति सभापतिहरूको गुनासो- सदस्यहरू योग्यताका आधारमा छानिएन

असार १९, २०७९

NTC
Premier Steels

संसदीय समितिहरू छनोट गर्दा योग्यता क्षमताका आधारमा नगरिएको प्रदेश १ का संसदीय समितिका सभापतिहरूले गुनासो गरेका छन् । 

Muktinath Bank

उनीहरूले पाँच वर्षे कार्यकालको उत्तराद्र्धमा समितिहरूमा योग्यता क्षमताका आधारमा छनोट नगरिएको दुखेसो गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सांसदहरूको पहिलो कार्यकाल सकिन अब ५ महिना पनि बाँकी छैन । सोधीखोजी नै नगरी समितिमा राखेको उनीहरूले दुखेसो गरेका छन् । 


Advertisment
Nabil box
Kumari

‘नाम वाचन गर्‍यो ठ्यापठ्याप पार्‍यो न काम कर्तव्यबारे केही जानकारी छ,’ पूर्वाधार विकास समितिका सभापति सर्वध्वज साँवाले भने ‘एउटा प्रशिक्षण पनि छैन के गर्ने भन्ने पनि केही जानकारी छैन ।’

Vianet communication

‘मिनी संसद्’ भनेर चिनिने संसदीय समितिहरू प्रभावकारी बन्न नसकेको भनेर गुनासो बढिरहेका बेला संसदीय समितिहरूले काम गर्न नसकेको स्वीकार गरेका हुन् । 

सरकारले संसदीय समितिका निर्देशनहरू पालना नगरेको सभापतिहरूको गुनासो छ । 

सरकारले निर्देशन पालना नगरेकै कारण समितिका कामकारबाही प्रभावकारी बन्न नसकेको उनीहरूको भनाइ छ ।

संसदीय पत्रकार मञ्च प्रदेश १ ले आइतवार आयोजना गरेको प्रदेशमा संसदीय पत्रकारिताको आवश्यकता, चुनौती र सहकार्य विषयक कार्यक्रममा उनीहरूले यस्तो गुनासो गरेका हुन् । 

सरकारले आफू अनुकूल भए निर्देशन पालना गर्ने र त्यसको विपरीत भए पालना नहुने गरेको अर्थ समिति सभापति मोहनकुमार खड्काले बताए । 

उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति सीता थेबेले समितिले विधेयकलगायतका विभिन्न विषयमा छलफल गराउँदा सरोकारवालासँग गरे पनि सबैसँग जोडिन नसकेको दुखेसो गरिन् ।  

सार्वजनिक लेखा समितिका सभापति शिवनारायण सिंह गनगाईले संसदीय समिति प्रभावकारी नहुनुमा धेरै कारणहरू रहेको बताएका छन् ।

समितिले बोलाएको बैठकमा सांसदको उपस्थिति नै कम हुने गरेको उनले बताए । 

मिति तोक्दासमेत सांसद नआउने गरेकाले बैठक बस्न नै समस्या हुने गरेको उनको भनाइ छ । ‘सरकारले सबै बैठक भत्ता र सेवासुविधा पनि खोसिदियो,’ उनले भने, ‘माननीयहरू विराटनगर बाहिर बस्ने कारणले पनि समितिले काम गर्न सकेन ।’ 

सुशासन तथा योजना समिति सभापति अर्जुन राईले समितिको गठन नै ढिलो गरी भएकाले शुरुमा केही काम गर्न नसकेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x