×

NMB BANK
NIC ASIA

एमालेका अर्थमन्त्रीमाथि पनि भएको थियो संसदीय छानबिन, दिएका थिएनन् राजीनामा

असार २२, २०७९

NTC
AFP PHOTO / Prakash MATHEMA
Premier Steels

बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्ति सहभागी भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गरेको छ । 

Muktinath Bank

झलनाथ खनाल नेतृत्वको तत्कालीन एमाले सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले २०६८ असार ३० गते संसद्मा बजेट भाषण पेश गरिरहेको समयमा त्यो बेला प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट पहिलै चुहिएको आरोप लगाएर छानबिनको माग गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थमन्त्री अधिकारीले बजेट वाचन गरिरहेको समयमा नेपाली कांग्रेसका सांसद रमेश लेखकले एउटा पत्रिका देखाउँदै सबै कुरा आइसकेको प्रमाण देखाएका थिए ।


Advertisment
Nabil box
Kumari

कांग्रेसले अर्थमन्त्रीलाई बजेट भाषणमा पटक–पटक अवरोध गरेपछि तत्कालीन सभामुख सुवास नेम्वाङले बजेट भाषण पढेर सिध्याउन दिन रुलिङ गरेका थिए ।

Vianet communication

कांग्रेसको मागपछि नेपाली कांग्रेसका तत्कालीन प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

बजेट चुहिएको विषयमा संसदीय छानबिन समिति गठन भएपनि अर्थमन्त्री अधिकारीले राजीनामा गरेका थिएनन् । 

बजेट भाषण तयार भएपछि वाचन नगर्दै अर्थ मन्त्रालयको साइटमा अपलोड भएको त्यो बजेट प्राविधिक कमजोरीका कारण चुहिएको समितिले निष्कर्ष निकालेको थियो ।

बजेट बनाउँदा र छपाइको क्रममा सावधानी अपनाउन सो संसदीय समितिले निर्देशन दिएको थियो ।  

चालू आर्थिक वर्षको बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्ति सहभागी भएको दाबीसहित एमालेले संसदीय छानबिन समिति गठनको माग गरेको छ ।

संसदीय समिति गठनमा सत्तारुढ दलहरू सहमत भएपनि अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको विषयमा भने माओवादीले असहमति जनाएको छ । 

सभामुख अग्नि सापकोटाको कार्यकक्षमा बुधवार भएको छलफलमा माओवादीले विगतमा भरतमोहन अधिकारीको पालमा पनि छानबिन समिति गठन भएको तर राजीनामा नदिइएको संसदीय परम्परा स्थापित भइसकेकाले राजीनामा माग्न नमिल्ने अडान लिएको छ । 

संसदीय छानविन समिति गठनको गृहकार्यका लागि भन्दै बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ । यो समाचार तयार पार्दासम्म बैठक बस्न सकेको छैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x