×

NMB BANK
NIC ASIA

तस्करीको जालो

दाजुभाइले नै मारे ४९ गैंडा, प्रहरीलाई पत्तै छैन खाग तस्करीको अन्तर्राष्ट्रिय ‘नेक्सस’

असार २३, २०७९

NTC
Premier Steels

‘हाई प्रोफाइल’ खाग तस्करी प्रकरणमा जोडिएका दाजुभाइ राजकुमार, बमबहादुर र रामकुमार प्रजाले ४९ गैंडा मारेर खाग तस्करी गरेको खुलेको छ ।

Muktinath Bank

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले असार १६ गते चितवनको कालिका नगरपालिका–९ का ४३ वर्षीय बमबहादुर र १३ गते राप्ती नगरपालिका–१० का ४१ वर्षीय रामकुमारलाई पक्राउ गरेर चितवन राष्ट्रिय निकुञ्जलाई बुझाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि मलेसियाको क्वालालम्पुरबाट राजकुमारलाई २०७४ कात्तिकमा पक्राउ गरेर सीआईबीले नेपाल ल्याएको थियो ।


Advertisment
Nabil box
Kumari

प्रहरीले उनलाई २८ वटा गैंडा मारेको आरोपमा इन्टरपोलमार्फत पक्राउ गरेको थियो । उनी २०६० सालभन्दा अगाडि गैंडा मारेर तस्करी गर्ने मुख्य नाइके मध्येका कुख्यात १ जना मानिएका थिए ।

Vianet communication

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महतोका अनुसार आरोपीले २०७७ कात्तिक २०, २१ र २२ गते चितवनको बाँदर झुला क्षेत्रमा गैंडा मारेर खाग तस्करी गरेको आरोप छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको संयुक्त टोलीले गस्ती गर्दा बाँदरझुलामा खाग काटेर लगेको अवस्थामा २०७७ भदौ २१ गते बच्चा र माउ गरी २ वटा गैंडा फेला पारेको थियो । त्यसलगत्तै नेपाल प्रहरी, राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले अनुसन्धान शुरू गरेको थियो । 

अनुसन्धानका क्रममा २०७८ पुस २८ गते तनहुँको आबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट १३ जनालाई पक्राउ गरिएको थियो । प्रहरी, राष्ट्रिय निकुञ्ज, सीआईबी, नेपाली सेनाको खड्ग दल गण लगायतको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

‘पक्राउ परेका आरोपीको बयानका क्रममा मुख्य योजनाकार बमबहादुर  र राजकुमार प्रजा भएको बताएका थिए । त्यसैका आधारमा हामीले उनीहरूलाई खोजिरहेका थियौं,’ प्रमुख संरक्षक अधिकृत आचार्यले लोकान्तरसँग भने, ‘उनीहरूले पहिले पनि गैंडा मारेको अभियोगमा जेल सजाय भुक्तान गरेका थिए ।’

रामकुमार प्रजा २०६० सालदेखि १५ वर्ष जेल बसेर २०७५ सालमा जेलमुक्त भएका थिए भने कुख्यात खाग तस्कर बमबहादुर २०६० सालदेखि १० वर्ष जेल भुक्तान गरेर २०७० सालमा बाहिर आएका केन्द्रीय अनुसन्धान ब्यूरोको तथ्यांकले देखाएको छ । त्यो समयमा भागेका अर्का कुख्यात खाग तस्कर राजकुमार मलेसिया गएर लुकेर बसेका थिए । अहिले उनी जिल्ला कारागार चितवनमा सजाय भुक्तान गरिरहेका छन् ।

राजकुमार र बमबहादुर दाजुभाइ हुन् । उनका परिवारका अन्य ७ जना सदस्य कारागारमा सजाय भुक्तान गरिरहेका छन् । प्रहरीका अनुसार प्रजाका भिनाजु, २ दाइहरू दलबहादुर र बलबहादुर, भान्जा बुद्धिबहादुर र साला काजीमान प्रजा पनि कैद भुक्तान गरिरहेका छन् ।

तस्कर भेटिए तर खाग भेटिएन,पत्तै लाउन सक्दैन राज्य

चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार ५४ वटा गैंडा मारिएकोमा प्रजाहरूको टोलीले लगेको खाग कहाँ गयो भन्ने न त प्रहरीले पत्ता लगाउन सकेको छ, न त राष्ट्रिय निकुञ्ज हेर्ने कुनै निकायले नै ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत हरिभद्र आचार्यले संरक्षित वन्यजन्तु गैंडा शिकार गरी त्यसको खाग बिक्री तथा ओसारपसार गर्ने बमबहादुर प्रजाको अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करहरूसँग ‘कनेक्सन’ फेला नपरेको बताए ।

‘खाग तस्करीमा अन्तर्राष्ट्रिय वन्यजन्तु तस्कर समूहको हात देखिन्छ, प्रजाहरूले नेपालकै माथिल्लो नाइकेलाई बुझाउने गरेको पाइएको छ, त्यसकारणले फेला परेको छैन,’ अधिकृत अर्यालले लोकान्तरसँग भने, ‘हामीले ‘कनेक्सन’ पत्ता लगाउन सकेका छैनौं ।’

सीआईबीका अनुसार बमबहादुर, राजकुमार र रामकुमार प्रजा तल्लो तहका तस्कर हुन् । यी आरोपीले गैंडा शिकार गर्न लगाउने, खाग काट्ने, आफूभन्दा माथिल्लो तस्कर समूहलाई उपलब्ध गराउने काम गर्छन् ।

अनुसन्धानमा खटिएका अनुसन्धान अधिकारीका अनुसार गैंडाको खाग नेपालबाट विदेश पुर्‍याउने ३ वटा समूह छन् । एउटाले चितवनमा गैंडा मार्ने र खाग काट्ने काम गर्छ, जुन प्रजाहरूको समूह हो ।

अर्को समूहले काठमाडौंसम्म खाग ल्याउने गर्दछ भने अर्को समूहले विदेशमा पठाउने काम गर्छ ।

प्रहरीको अनुमानमा चीन, ताइवान लगायतका देशमा खाग पठाइन्छ तर खाग कहाँ–कहाँ पठाइन्छ भन्ने यकिन पत्ता लगाउन सकिएको छैन ।

‘यिनीहरूले विभिन्न लेयर बनाएर तस्करी गर्ने गरेको देखिन्छ । जसमा गैंडा मार्ने, काठमाडौं ल्याउनेदेखि विदेश पठाउनेसम्म छुट्टाछुट्टै समूह छन्,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँग भने, ‘प्रहरीले विदेश पुर्‍याउने नाइकेलाई पत्ता लगाइसकेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x