×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा बैठक

भत्ता पचाएर सांसद हिँडेपछि आज पनि गणपुरक संख्या पुर्‍याउन धौ-धौ!

असार २३, २०७९

NTC
फाइल तस्बिर
Premier Steels

सांसदहरू हाजिर गरेर हिँडेपछि संसदलाई गणपुरक संख्या पुर्‍याउन धौ-धौ परेको छ। बुधवारको बैठकमा गणपुरक संख्या नपुग्दा प्रस्ताव पारित हुन सकेको थिएन। सो प्रस्ताव बिहीवारको बैठकमा पुनः निर्णयार्थ पेश गरिएको थियो।

Muktinath Bank

बिहीवार खानेपानी तथा सरसफाइ विधेयक २०७७ विधेयक निणयार्थ पेश गर्ने क्रममा संसदमा कोरम पुर्‍याउन सकस परेको हो। सभामुखको आशनमा बैठकको अध्यक्षता गरेका मानबहादुर विश्वकर्माले खानेपानी मन्त्री उमाकान्त चौधरीलाई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न दिएका थिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि एमाले सांसद खेमप्रसाद लोहनीले नियमापत्ति गर्दै गणपुरक संख्या यकिन गर्न माग गरेका थिए। त्यसपछि अध्यक्षता गरेका विश्वकर्माले सांसदको संख्या यकिन गर्न ३ मिनेट घण्टी बजाउन सचिवालयलाई निर्देशन दिएका थिए। ​


Advertisment
Nabil box
Kumari

गणपुरक संख्या पुर्‍याउन घण्टी बजेपछि सभामुख सापकोटा अध्यक्षता गर्न आए। कुनैपनि प्रस्ताव निर्णयार्थ पेश गर्दा संसदमा एक चौथाई सदस्य उपस्थित हुनुपर्ने संविधान र संसद नियमावलीको व्यवस्था छ। 
तीन मिनेट घण्टी बजाएर गन्दा गणपुरक संख्या ८३ पुगेको भन्दै विधेयक निर्णयार्थ पेश गरियो। सभामुख सापकोटाले गणपुरक ६९ हुनुपुग्नेमा ८३ पुगेको सभामा जानकारी गराए। माओवादीका चार सांसदको पद गएको र चार सांसद निलम्बनमा रहेका कारण अहिले संसदमा २ सय ६७ सांसद छन्। 

Vianet communication

बिहीवारको बैठकमा ८३ सांसद उपस्थित भए पनि १८४ सांसद अनुपस्थित रहेका थिए। ‘माननीयहरू संसदमा उपस्थित हुने तर जागिर गरेर हिँडेका कारण सधैं व्यवस्थापकीय कार्य गर्न समस्या भइरहेको छ’ सचिवालयका एक अधिकारीले भने। बैठकमा हाजिर गरेपछि सांसदले दैनिक बैठक भत्ता र ट्याक्सी भाडा पाउँछन्। 

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा पटक–पटक कुरा उठे पनि हाजिर गरेर टाप कस्ने प्रवृत्तिका कारण संसदमा कोरम पुर्‍याउन सधैं समस्या हुने गरेको छ। 

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक परेका कारण बिहीवार माओवादी सांसदको उपस्थिति संख्या न्यून रहेको सचिवालय स्रोतले बतायो। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x