×

NMB BANK
NIC ASIA

नदी तथा खानीजन्य उद्योगको विवरण अद्यावधिक गरिँदै, नियमविपरीत चलाइएकालाई कारबाही गरिने

असार २४, २०७९

NTC
फाइल तस्बिर
Premier Steels

जिल्ला समन्वय समिति काभ्रेले नदीजन्य तथा खानीजन्य उद्योग सञ्चालनबारे सरोकारवाला निकायसँग अद्यावधिक विवरण माग गरेको छ । जिससले ती उद्योगबारे स्थानीय तह एवं घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयसँग उद्योगको अद्यावधिक विवरण माग गरेको हो । 

Muktinath Bank

निर्माण कार्यमा प्रयोग गरिने नदी तथा खानीजन्य पदार्थको उत्खनन, संकलन, भण्डारण, बिक्री–वितरण, आपूर्ति तथा मूल्य निर्धारणलगायतका प्रक्रियाबारे जिससले विवरण माग गरेको जिसस प्रमुख दीपक गौतमले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यसअघि भएको जिल्लास्तरीय अनुगमनको प्रतिवेदनबारे समीक्षा गरेका छौँ, उद्योगसम्बन्धी तोकिएको मापदण्ड, शर्त र सीमा पालना गरे नगरेको निक्र्यौल गरी सोहीअनुसार अघि बढ्ने निर्णय गरेका छौँ’, उनले भने । 


Advertisment
Nabil box
Kumari

हाल सञ्चालनमा रहेका र सञ्चालनमा रोक लगाई बन्द गरिएका उद्योगसमेतको अद्यावधिक विवरण पठाउन जिल्ला अनुगमन समितिमार्फत अनुरोध गरिएको जिसस प्रमुख गौतमले बताए । जिसस प्रमुखको संयोजकत्वमा रहेको समितिमा सम्बन्धित स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जिल्लास्थित सशस्त्र प्रहरी, डिभिजन वन कार्यालय प्रमुखलगायत नौवटा कार्यालयका प्रमुख सदस्य रहने प्रावधान छ ।

Vianet communication

कतिपय उद्योग दर्ता नगरी सञ्चालनमा आएको, अनधिकृत रूपमा खोला तथा संवेदनशील क्षेत्रमा मेसिनको प्रयोग भइरहेको जस्ता गुनासो आएपछि जिससले स्थानीय तहसँग उद्योगको अद्यावधिक विवरण माग गरेको उनले बताए । उनले वर्षाको समयमा प्राकृतिक स्रोत उत्खनन गर्न नपाइनेमा प्रावधान भए पनि त्यसको पालना नभएको गुनासो आएकाले विवरण माग गरिएको उनको भनाइ छ । 

समितिले नदीजन्य पदार्थको उत्खनन तथा बिक्री–वितरण कार्यलाई व्यवस्थित बनाउन पहल थालेको छ । समितिले विवरण प्राप्त भएपछि उद्योगहरूले कानून बमोजिमका मापदण्ड, शर्त तथा सीमाको पालना गरे, नगरेको विषयमा अनुगमन गर्ने तयारी गरेको छ । अनुगमनका क्रममा कानूनविपरीतका कार्य गरेको पाइएमा त्यस्ता उद्योगहरुलाई कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने समितिले जनाएको छ । 

काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमा ३१ क्रसर उद्योग तथा करिब तीन दर्जन ढुंगाखानी सञ्चालनमा रहेको बताइन्छ । यसअघि जिससको समन्वयमा गरिएको अनुगमनमा उद्योगहरूले अवैधानिक रूपमा रोडा–ढुंगा खानी सञ्चालन गर्दै आएको पाइएको थियो । 

यस्तै, यसअघि अनुगमनका क्रममा जिल्लामा रहेका क्रसर तथा रोडा–ढुङ्गा खानीको वैधानिकता नदेखिएपछि जिल्लास्तरीय अनुगमन टोलीले तीन दिनभित्र वैधानिक कागजात जिल्ला ल्याउन र मापदण्ड पुर्याउन भन्दै ‘सचेत’ मात्रै गराउँदै आएको थियो । 

जिससको अनुगमन प्रतिवेदनमा सबै क्रसर मापदण्डविपरीत रहेको तथा सम्झौताबेगर नदीबाट बालुवा उत्खनन गरिएको समेत उल्लेख गरिँदै आएको थियो । काभ्रेपलाञ्चोकमा रहेका सबै क्रसर मन्त्रिपरिषद्को निर्णय एवं प्रदेश सरकारबाट जारी नदीजन्य पदार्थ (संकलन र उपयोग) सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधिको दफा–३ बमोजिम कायम मापदण्डअनुसार नचलेका अनुगमनमा संलग्न अधिकारीहरूले बताउने गरेका थिए । 

यस्तै जिल्लाका अधिकांश क्रसर नदीसँगै, नदी र राजमार्गको बीचमा, विद्यालय र जङ्गल नजिक सञ्चालित भएको, केहीले वासिङको स्वीकृत लिएर क्रसर चलाइएको छ । अवैधानिक खानीका कारण बस्तीसमेत जोखिममा पर्ने देखिएको, ठेकेदार कम्पनीले उत्खनन क्षेत्रमा राख्नुपर्ने उत्खननको समय, परिमाण तथा सम्पर्क व्यक्तिको विवरणसहितको होर्डिङ बोर्डसमेत नराखेको अनुगमनमा पाइएको थियो ।

सरकारले विद्यमान ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन मापदण्डलाई परिमार्जन गरी नयाँ मापदण्ड जारी गरेको छ । नयाँ मापदण्डअनुसार अब क्रसर उद्योग सञ्चालन गर्दा धार्मिक, पुरातात्विक र शिक्षण संस्थाबाट दुई किलोमिटरको दूरी कायम गर्नुपर्ने छ । साथै वन, निकुञ्ज र आरक्षण क्षेत्र, घनाबस्ती, अन्तर्राष्ट्रिय सीमाबाट दुई किलोमिटरको दूरीमा मात्रै क्रसर उद्योग सञ्चालन गर्न पाइने व्यवस्था छ । 

ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी नयाँ मापदण्डमा चुरे पहाडका फेदीबाट एक हजार ५०० मिटरको दूरीमा क्रसर उद्योग सञ्चालन गर्नुपर्ने उल्लेख छ । त्यस्तै, नदी किनार, पक्की पुल र राजमार्गको ‘राइट फ वे’बाट ५०० मिटरको दूरीमा मात्रै उद्योग सञ्चालन गर्नुपर्ने मापदण्डमा उल्लेख छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x