×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीलाई १६ बुँदे ज्ञापनपत्र

असार २७, २०७९

NTC
Premier Steels

झापाका विभिन्न कर्मचारी सङ्गठनले सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई १६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । नेपाल निजामती कर्मचारी युनियन झापा, नेपाल निजामती कर्मचारी सङ्गठन झापा, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) र एकीकृत सरकारी कर्मचारी सङ्गठन झापाले आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । 

Muktinath Bank

ज्ञापनपत्रमा पदपूर्ति, सरुवा–बढुवा, सङ्गठन संरचना, कार्य सम्पादन सम्झौता, भौगोलिक विभाजन, सामाजिक सुरक्षा, सेवा–सुविधा–सुरक्षा, कर्मचारी कल्याणकोष, अनिवार्य अवकास, अध्ययन, भ्रमण, तालिम, ट्रेड युनियन, निजामती सेवाको सुधार एवं जनशक्ति विकासलगायत १६ वटा विषयलाई सुझावसहित बुँदागतरूपमा प्रस्तुत गरिएको नेपाल निजामती कर्मचारी सङ्गठन झापाका अध्यक्ष केदार पोखरेलले जानकारी दिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्रविक्रम नेम्वाङ, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) का अध्यक्ष यदुनन्दन दाहाल र एकीकृत सरकारी कर्मचारी सङ्गठन झापाका अध्यक्ष निरोज कट्टेलसहितको टोली जिल्ला प्रशासन कार्यालय पुगेर झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।


Advertisment
Nabil box
Kumari

    ज्ञापनपत्रमा देश सङ्घीय राज्य व्यवस्थामा गइसकेको लामो समयसम्म पनि सङ्घ, प्रदेश र स्थानीय तहको कर्मचारी प्रशासन व्यवस्थापन एवं मार्गदर्शक छाता कानून सङ्घीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारी र सार्वजनिक प्रशासन प्रणाली नै अन्योलको अवस्थामा रहेकोले सर्वस्वीकार्य सङ्घीय निजामती सेवा ऐन संसद्को चालु अधिवेशनबाटै यथाशीघ्र जारी गर्न माग गरिएको छ ।
 
    कर्मचारीको हकहित तथा सार्वजनिक प्रशासनको स्थायित्वका लागि कर्मचारीले उठाएका सवालसहितको ज्ञापनपत्र आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइने प्रजिअ रिजालले प्रतिबद्धता जनाए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x