×

NMB BANK
NIC ASIA

एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग लिउको भेटवार्ता

असार २८, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चिओबीच भेटवार्ता भएको छ ।

Muktinath Bank

मंगलवार अपराह्न अध्यक्ष नेपाल र लिउबीच कठमाडौंको एक होटलमा भेट भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले नेपाल र चीनबीचको सम्बन्धबारे कुरा गरेको बताए । उनले चिनियाँ पक्षबाट नेपाली भूमिको प्रयोगबारे कुरा राखेको र आफूले कुनै देशलाई पनि नेपाली भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेको बताए ।


Advertisment
Nabil box
Kumari

अध्यक्ष नेपालले नेपालको कम्युनिस्ट र चीनको कम्युनिस्ट जनवर्गीय संगठनबारे पनि कुरा भएको बताए । उनले चीनसँग नेपालको कुनै समस्या नभएको कुरा राखेको भन्दै अझै चीन र नेपाल बीचको सम्बन्धलाई सुमधुर बनाएर लैजाने कुरा राखेको बताए ।

Vianet communication

अध्यक्ष नेपालले चिनियाँ पक्षले नेपाल र चीन बीचको सम्बन्ध सुमधुर रहेको कुराको चर्चा गर्दै विभिन्न पार्टीहरूसँगको सम्बन्धलाई बलियो बनाउन चाहेको कुरा राखेको उल्लेख गरे । लिउले आफू विदेश विभाग प्रमुख भएपछि पहिलो प्राथमिकता नेपाललाई दिएको कुरा राखेको भन्दै अध्यक्ष नेपालले द्विपक्ष बीचको भेटवार्ता फलदायी भएको बताए ।

अध्यक्ष नेपालले भने, ‘सम्बन्धलाई कसरी हामी अझैं बलियो र विस्तार गर्न सक्छौं भन्ने कुरा मेरो तर्फबाट भयो । नेपालले चीनबाट र चीनले नेपालबाट पारस्परिक रूपमा सिक्नुपर्ने कुराहरू छन्, त्यसको निम्ति पार्टीका जनवर्गीय संगठन लगायतका बारेमा छलफल भए । हामीले नेपाल एक चीन नीतिमा दृढ छ, चीनको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप नेपालको बहसमा छैन । नेपाल अरुलाई भूमि प्रयोग गर्न दिने पक्षमा छैन । हामीले चीनसँग कुनै समस्या पाएका छैनौं । यो सम्बन्धलाई अझै अघि लैजानुपर्छ भनेर कुरा भए । चिनियाँ पक्षले पनि नेपाल र चीन बीचको सम्बन्ध सुमधुर रहेको कुराको चर्चा गर्दै विभिन्न पार्टीहरूसँगको सम्बन्धलाई पनि बलियो बनाउन चाहेको कुरा गर्नुभयो । नेपाललाई पहिलो महत्त्व दिएको कुरा पनि गर्नुभएको छ । कुरा अत्यन्त राम्रो भएको छ । सम्बन्धलाई बलियो बनाएर लैजाने कुरामा दुवै पक्षले कुरा राखेका छौं । एकतामा नै बल हुन्छ, एकतावद्ध भएर नै कम्युनिस्ट पार्टीहरू अघि बढुन् भन्ने कुरा राख्नुभयो । चीनको सुरक्षा चासोका बारेमा हामीले स्पष्ट पार्ने काम गरेका छौं ।’

अध्यक्ष नेपालले २ देशबीचको सम्बन्धलाई बलियो बनाएर लैजाने कुरामा दुवै पक्षले कुरा राखेको उल्लेख गर्दै नेपालका कम्युनिस्टहरू एकतावद्ध भएर अघि बढे राम्रो रहेको कुरा प्रमुख लिउले राखेका बताए । उनले चिनियाँ पक्षले राखेको सुरक्षा चासोबारे स्पष्ट गर्ने काम भएको बताए । गत आइतवार ४ दिने नेपाल भ्रमणमा आएका विदेश विभाग प्रमुख लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरिसकेका छन् ।

विदेश विभाग प्रमुख लिउ बुधवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने र साँझ नै स्वदेश फर्किने कार्यतालिका छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x