×

NIC ASIA

गृहमन्त्री खाणको दाबी : माओवादीले एक्लै चुनाव लड्दैन

असार ३२, २०७९

Prabhu Bank
NTC
Premier Steels

गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रले एक्लै चुनाव लड्ने सम्भावना नभएको दाबी गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा उनले माओवादी केन्द्रले एक्लै निर्वाचन लड्ने कुनै सम्भावना नदेखिएको दाबी गरेका हुन् । 

Muktinath Bank

गठबन्धन अहिलको आवश्यकता भएकोमा जोड दिने क्रममा गृहमन्त्री खाणले कांग्रेसले माओवादीसँगको गठबन्धनलाई निरन्तरता नदिए यसले अर्को दलसँग गठबन्धन गर्ने बताए । त्यसैले माओवादीलाई अन्य दलसँग मिल्न नदिन पनि पाँच दलीय गठबन्धन आवश्यक रहेको उनको तर्क छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गठबन्धनबिना माओवादी केन्द्र एक्लै चुनावमा लड्दैन, उसले अर्को कुनै पार्टनर खोजिहाल्छ,’ बैठकमा खाणले भनेको कुरा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने । गठबन्धन भएमा निर्वाचनको परिणाम यस्तै हुन्छ भन्ने आँकलन गर्न नसकिने उनको भनाइ छ । अहिलेको गठबन्धन जारी रहँदा कसैको पनि सिट जानसक्ने भन्दै उनले भने, ‘गठबन्धन भयो भने कसैको पनि सिट जानसक्छ, यसका लागि सबै तयार रहनुपर्छ ।’


Advertisment
Nabil box
Kumari

बैठकमा उनले सरकारले तत्काल प्रहरीका लागि हात हतियार नकिन्ने पनि बताएका छन् । मुलुक आर्थिक संकटमा रहेको, तरलता अभाव र विदेशी मुद्राको सञ्चिति कमजोर रहेका बेला हतियार किन्ने निर्णय ठीक नहुने भन्दै विरोध भइरहेका बेला उनले सरकार हतियार किन्ने मानसिकतामा नरहेको बताएका हुन् । 

Vianet communication

उनले हतियार किन्ने पैसा नभएको र हतियार किन्ने सोचमा पनि नरहेको प्रष्ट पारेका थिए । अहिले बजारमा भइरहेको विवादमा अहिलेको सरकारको कुनै हात नभएको भन्दै त्यो पुरानो निर्णय भएको बताए । ‘हतियार किन्ने प्रहरीको नियमित प्रक्रिया हो । यो पुरानो निर्णय हो,’ उनले भने, ‘हतियार किन्ने योजना यो सरकारको छैन । हतियार किन्ने पैसा पनि छैन ।’

हतियार खरिदका विषयमा भइरहेको बहसलाई लक्षित गर्दै उनले महिनौँपछि मिडियामा पोलिटिकल स्टन्ट गर्नु आवश्यक नभएको पनि बैठकमा बताए । 

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले बोल्ने क्रम जारी  छ । असार १७ गतेदेखि शुरू भएको केन्द्रीय समिति बैठक शुक्रवार उपसभामुखको निर्वाचनका कारण स्थगित गरेर पुनः शनिवार बोलाइएको थियो । शनिवारको बैठकमा पदाधिकारीले समेत बोल्ने बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x