×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभाको कार्यकाल नोमिनेशनको दिनसम्म रहन्छः सभामुख

साउन २, २०७९

NTC
Premier Steels

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यकाल अर्को निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताएका छन् । प्रतिनिधिसभाको कार्यकालका सन्दर्भमा विवाद देखिएका बेला उनले मनोनयनको दिनसम्म वर्तमान प्रतिनिधिसभाको कार्यकाल रहने विचार व्यक्त गरेका हुन् । 

Muktinath Bank

सोमवार सिंहदरबारमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा सभामुख सापकोटाले वर्तमान प्रतिनिधिसभाको कार्यकाल आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिनसम्म रहने प्रष्ट पारेका हुन् । आफूले आइतवार प्रतिनिधिसभाको कार्यकालको सम्बन्धमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुखसँग छलफल गरेको जानकारी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले छलफलका क्रममा आफूहरुबीच प्रतिनिधिसभाको कार्यकालका सन्दर्भमा समान बुझाइ रहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले यस विषयमा छलफल गर्दै जाने र छलफलबाट आएको निस्कर्ष अनुसार गर्ने भन्नुभएको सभामुख सापकोटाले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूले भनेकै कुरा छलफल गर्दै जाउँ, के निस्कर्ष निस्किन्छ, त्यही अनुसार गर्ने भन्ने कुरा भयो,’ उनले भने, ‘तर, मोटामोटी हाम्रो सबैको बुझाइ चाहिँ के भयो भने नोमिनेशनको दिनसम्म नै कार्यकाल रहन्छ ।’


Advertisment
Nabil box
Kumari

सभामुख सापकोटाले प्रतिनिधिसभाको कार्यकालको सम्बन्धमा संविधानविद्हरुसँग छलफल गर्नु आवश्यक रहेको पनि धारणा राखे । ‘त्यति ठूलो मिटिङमा त बुझाइ मात्र रह्यो भन्ने कुरा छ, यो संविधानविद्हरूसँग राम्रो छलफल गर्नुपर्ने विषय हो, त्यो छलफल होला,’ उनले भने । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x