×

NMB BANK
NIC ASIA

तनहुँका ५६ वडा बाढीपहिराको जोखिममा

साउन ६, २०७९

NTC
फाइल तस्बिर
Premier Steels

तनहुँ जिल्लाका ५६ वडा बाढी पहिराेको जोखिममा रहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार १० स्थानीय तहका ५६ वडा बाढी र पहिराेको जोखिममा रहेको देखिएको हो । 

Muktinath Bank

उक्त समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले वर्षातका समयमा जिल्लामा पर्नसक्ने बाढीऔपहिरोलगायत जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि कार्ययोजना बनाइएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

योजना कार्यान्वयनका लागि जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला समन्वय समिति, स्थानीय तहमा गठित विपद् व्यवस्थापन समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । 


Advertisment
Nabil box
Kumari

व्यास, भानु, भिमाद र शुक्लागण्डकी नगरपालिकाका केही वडा बाढी तथा पहिरोको जोखिममा परेको छ । त्यस्तै, देवघाट, बन्दीपुर, घिरिङ, ऋषिङ, आँबुखैरेनी र म्याग्दे गाउँपालिकाका वडाहरू पनि जोखिममा रहेको कार्यदलले ठहर गरेको छ । 

Vianet communication

विपद्को समयमा खोज तथा उद्धार एवं आपत्कालीन सुरक्षा र राहत वितरण कार्यका लागि टोली तयार अवस्थामा राखिएको छ । नेपाली सेनाको चापाघाटस्थित कालीभञ्जन गण (इ) बाट सेना, जिल्ला प्रहरी कार्यालय तनहुँबाट २५ प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट विपद् व्यवस्थापनमा विशेष तालिमप्राप्त ५५ सुरक्षाकर्मी तयार गरिएको छ ।

विपद्का समयमा खोज तथा उद्धार, सुरक्षित स्थानान्तरण एवं आपत्कालीन राहत सहयोगका लागि विभिन्न संघसंस्थाबाट भौतिक स्रोतसाधन पनि तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x