×

NIC ASIA

राजनीतिक ध्रुवीकरण

अस्तित्व रक्षाका लागि रणनीति बदल्दै लोसपा, महन्थ गठबन्धनमा आए के गर्लान् उपेन्द्र ?

साउन १२, २०७९

Prabhu Bank
NTC
Premier Steels

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सत्तारुढ ५ दलीय गठबन्धनमा आवद्ध हुने सम्भावना बढेको छ ।

Muktinath Bank

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धन बनाउनुपर्ने प्रस्तावसहित लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई गठबन्धनमा आउन पटक–पटक प्रस्ताव गरिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रधानमन्त्री देउवाले हामीलाई पटक–पटक ‘डेमोक्र्याट गठबन्धन’ बनाएर जान तथा अहिलेकै गठबन्धनमा आउन आग्रह गरिसक्नुभएको छ,’ लोसपाका एक शीर्ष नेताले लोकान्तरसँग भने, ‘त्यसको सम्भावना बढ्दै गएको छ ।’


Advertisment
Nabil box
Kumari

५ दलीय गठबन्धन नै रहने हो तर गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) अलग हुन सक्ने सम्भावना समेत बढेको उनले खुलाए ।

Vianet communication

‘नेकपा एमालेसँग गठबन्धन नगर्न तथा डेमोक्र्याट गठबन्धन बनाउनका लागि उहाँको पटक–पटकको आग्रहपछि लोसपा पनि त्यसमा सकारात्मक हुँदै गएको छ,’ लोसपाका ती नेताले भने, ‘प्रधानमन्त्री देउवाले नागरिकता विधेयक ल्याउनुका साथै मुद्दा फिर्ताको समेत प्रक्रिया अगाडि बढाउनुभएकाले पनि लोसपा कांग्रेस सहितको गठबन्धनमा नै जाने लगभग तय जस्तै छ ।’

गठबन्धन बनाउँदा सिटको बाँडफाँटको फर्मुला के हुने भन्ने कुराको तय हुन बाँकी नै रहेको उनले खुलाए । १६५ वटा सिटमै गठबन्धन हुने हो वा शीर्ष टाउको नेताको संसदीय क्षेत्रमा मात्र गठबन्धन गर्ने भन्ने कुराको पनि तय हुन बाँकी रहेको उनले खुलाए । जुन पार्टीले जुन सिट जितेको छ, त्यसलाई त्यही सिट छाड्ने र नेकपा एमालेले जितेको सिटमा भागबण्डा गर्ने गरी कुरा अघि बढेको उनले खुलाए ।

लोसपा सरकारमा सहभागी नभए पनि सरकारलाई समर्थन दिँदै आएको, उपसभामुखको निर्वाचनमा पनि कांग्रेसका उम्मेदवारलाई नै समर्थन दिएको हुनाले लोसपा र कांग्रेसबीचको सम्बन्ध थप बलियो बन्दै गएको उनले बताए ।

गठबन्धनका लागि नेकपा एमालेले पनि प्रस्ताव गरेको भए पनि लोसपा भने कांग्रेससँग नै गठबन्धन बनाएर जानुपर्ने दबाबमा रहेको उनले बताए । ‘लोसपामा आफैं निर्णय हुँदैन, बाह्य शक्तिले दिने लाइनअनुसार नै लोसपाले निर्णय गर्ने हो,’ लोसपाको अर्को एक नेताले थपे, ‘बाह्य शक्ति पनि एमालेसँग गठबन्धन नगरी कांग्रेससँग गठबन्धन गरेर जानुपर्ने संकेत दिइसकेको छ ।’

उपसभामुखको निर्वाचनमा नेकपा एमालेले लोसपालाई उम्मेदवार उठाउन भनेको थियो तर एमालेको प्रस्तावलाई समेत अस्वीकार गरी लोसपाले आफ्नो उम्मेदवार नउठाएर नेपाली कांग्रेसकै उम्मेदवार पुष्पा भुसाललाई मतदान गरेको थियो ।

‘नेकपा एमालेले मत दिए पनि हामीले उठाएको उम्मेदवारले जित्ने अवस्था थिएन,’ ती नेताले थपे, ‘हामीले आफ्नै उम्मेदवार उठाएको भए पराजय निश्चित नै थियो । त्यसपछि नागरिकता विधेयक लगायतको माग पूरा हुँदैनथ्यो ।’ ती सबै कारणले गर्दा पनि लोसपा कांग्रेससँग नजिकिएको उनले बताए ।

लोसपा गठबन्धनमा जाने भए जनता समाजवादी पार्टीलाई अफ्ठ्यारो स्थिति आउन सक्ने देखिन्छ । मधेशका ती २ दल अहिले एकै समान गठबन्धनमा जान सक्ने स्थिति नरहेकाले गठबन्धनबाट उपेन्द्र यादव बाहिरिन पनि सक्ने अवस्था आउने उनले बताए ।

भर्खर सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा लोसपाले कूल मतको ३% पनि लोकप्रिय मत पाउन सकेको छैन । लोसपाले कूल २ लाख ४४ हजार ८८२ (२.१२ %) लोकप्रिय मत मात्र ल्याएको थियो, जसअनुसार लोसपाले थ्रेसहोल्डका लागि चाहिने ३% मत पनि प्राप्त गर्न सकेको छैन । अर्कोतर्फ जसपाले ५ लाख ७७ हजार ३८० (५%) लोकप्रिय मत ल्याएर थ्रेसहोल्ड कटाउनुका साथै चौथो ठूलो दल बन्न सफल भएको छ । अर्कोतर्फ लोसपा सातौं दलमा खुम्चिन पुगेको छ ।

स्थानीय तहको निर्वाचनपछि जसपा अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरिसकेका छन् । कम्युनिस्ट पार्टीहरूको छुट्टै वाम गठबन्धन बन्न सक्ने अवस्था आए उपेन्द्र यादव एमालेसँग पनि गठबन्धन गर्न सक्ने सम्भावना रहेको जसपाका एक नेताले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

x