×

NMB BANK
NIC ASIA

नेपाललाई ‘आईटी हब’को रूपमा विकास गर्नुपर्छ : मन्त्री कार्की

साउन १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई ‘आईटी हब’को रूपमा विकसित गर्नुपर्नेमा जोड दिएका छन् ।

Muktinath Bank

नेपालको इन्सोरेन्स एग्रिगेटर ‘मेरो बीमा’को शुक्रवार उद्घाटन गर्दै मन्त्री कार्कीले मुलुकको समग्र विकासको निम्ति जलस्रोत, पर्यटन र व्यावसायिक कृषि क्षेत्र जस्तै गरी देशलाई ‘आईटी हब’ बनाउनुपर्नेमा जोड दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले भने, ‘सूचना प्रविधिको विकास र विस्तारमा वर्तमान सरकार सदैव क्रियाशील रहेको छ, पछिल्लो समयमा भइरहेको सूचना र प्रविधिको विकासलाई मुलुकको समग्र विकाससँग जोडेर लैजानुपर्ने आवश्यकता छ, मुलुकको समग्र विकासको निम्ति जलस्रोत, पर्यटन र व्यावसायिक कृषि क्षेत्र जस्तै गरी यो देशलाई आईटी हब बनाउनुपर्नेछ ।’


Advertisment
Nabil box
Kumari

सरकारी, निजी, अन्य क्षेत्रको कार्यसञ्चालन र सेवा प्रवाहमा मात्रै नभई, आम जनताको दैनिक क्रियाकलाप समेतमा सूचना प्रविधि अनिवार्य आवश्यकताको रूपमा स्थापित भइसकेको उनको भनाइ छ ।

Vianet communication
Laxmi Bank

मन्त्री कार्कीले भने, ‘आजको युग प्रविधिको युग हो, अन्य क्षेत्रमा भन्दा सूचना प्रविधिको क्षेत्रको तीव्रगतिले विकास भइरहेको छ, हिजोको दिनमा कल्पना नै नगरेका कुरा सूचना प्रविधिको कारण आज यथार्थमा परिणत भएको छ, सूचना प्रविधिको विकासले सम्पूर्ण विश्व एक गाउँको रूपमा स्थापित भएको छ ।’

मोबाइल सेवाको बढ्दो प्रयोगले सूचना प्रविधिको माध्यमबाट सेवा दिने र लिने क्रम बढिरेहको बताउँदै उनले सरकारी कार्यालय क्रमशः सूचना प्रविधिमैत्री भइरहेको बताए । मन्त्री कार्कीेले सूचना प्रविधिको क्षेत्रमा भएको विकासको गतिका कारण बैंक तथा वित्तीय क्षेत्रका काम कागजरहित हुने विश्वास व्यक्त गरे ।

मन्त्री कार्कीले शुक्रवारै नेपाल विश्व सहयोग संघ र नेपाल सौरपानी मिडिया प्रालिले आयोजना गरेको ‘स्रष्टा सम्मान तथा लोकार्पण कार्यक्रम’मा १४ कलाकार तथा साहित्यकारलाई सम्मान गरे । मन्त्री कार्कीले साहित्यकार प्राडा रामप्रसाद ज्ञवाली, समाजसेवी कलाश पनेरु, मोहन निरौला, सञ्चारकर्मी जीवन पराजुली, चलचित्र निर्देशक देवेन्द्र पाण्डे, कलाकार उत्तम केशी, गायक तुलसी पराजुली, कलाकारद्वय हेमा पनेरु र पूर्ण नेपाली, पत्रकार प्रदीप परियार थापा, कलाकार श्रेया कार्की, समाजसेवी सरिता विक सरु, अभिनाथ न्यौपाने र सहिल खाँन लगायतलाई सम्मान गरे ।

मन्त्री कार्कीले देशमै उपलब्ध स्रोतसाधनको उपयोग गर्दै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिए । मन्त्री कार्कीले नेपाली साहित्य क्षेत्रले समृद्ध नेपाल निर्माणमा अझै सकारात्मक र सिर्जनात्मक भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x