×

NMB BANK
NIC ASIA

दूधमा आत्मनिर्भर बन्दै गण्डकीः बढ्दो महँगी किसानको चिन्ता

साउन १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सहरीकरणको विस्तारसँगै मुलुकका अधिकांश स्थानमा कृषिप्रति आकर्षण घटिरहेको  बेला गण्डकी प्रदेश भने दूधमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको छ । पछिल्ला वर्षमा व्यावसायिक गाई तथा भैँसीपालन क्रमशः बढ्दै गएसँगै प्रदेशमा प्रतिदिन ६५ हजार लिटर दूध उत्पादन हुने गरेको छ । 

Muktinath Bank

माग अनुसार दूध आत्मनिर्भरताको अवस्थामा पुगेको नेपाल डेरी एशोसिएशन गण्डकी प्रदेशका अध्यक्ष शिवहरि आचार्यले जानकारी दिए । ‘यहाँको मागको ९० प्रतिशत दूध गण्डकीमा उत्पादन हुने गरेको छ’, उनले भने, ‘पछिल्ला वर्षमा गाईपालनतर्फ सर्वसाधारण आकर्षित बन्दै गएका कारण हामी आत्मनिर्भर बन्दै गएका हौँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आचार्यका अनुसार गण्डकी प्रदेशमा स्थानीय उत्पादनका अतिरिक्त चितवन, नवलपरासी, कपिलवस्तु र रुपन्देहीबाट दूध आउने गरेको छ । गण्डकीको नवलपुरबाट अन्य प्रदेशमा दूध निर्यात हुने गरेको छ । प्रदेशको राजधानी पोखरासहित विभिन्न जिल्ला सदरमुकाममा दूधको खपत बढी हुन्छ ।  आचार्यले गण्डकीभित्र ठूला चार, मझौला आठ, साना २० र घरेलु १०० डेरी रहेको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

दूधको सेवन गर्ने क्रम पछिल्ला वर्षमा बढ्दै गएकाले दिनानुदिन माग बढ्दो क्रममा रहेको व्यवसायी बताउँछन् । कोरोना कहरयता बढ्दो महँगी भने गम्भीर समस्याका रूपमा देखापरेको पोखरा महानगरपालिका–३३ भरतपोखरी बाघमाराका अगुवा किसान ठाकुर आचार्यले बताए । 

Vianet communication
Laxmi Bank

२०६६ सालपछि व्यावसायिक गाईपालनमा लागेका आचार्यले अहिले दैनिक ५० लिटर दूध उत्पादन गर्दै आएका छन् । उत्पादित दूधको बजारमा समस्या नभए पनि बढ्दो महँगीका कारण उत्पादनको लागत बढ्न गएको उनको भनाइ छ । आचार्यका अनुसार कोरोना कहर अघिसम्म रु आठ/नौ सयमा पाइने चोक्कर अहिले रु दुई हजार २०० पर्ने गरेको छ । 

त्यस्तै रु ४० हजारमा एक ट्रिप पराल आउने गरेकामा अहिले भने रु ९० हजारदेखि रु ९५ हजारसम्म पर्ने गरेको उनले दुःखेसो सुनाए । ‘बढ्दो महँगीसँगै गाईको दूधको लागत प्रतिलिटर रु एक सय १० सम्म पर्ने गर्छ तर सरकारी निर्धारित मूल्य अनुसार किसानले ५७/५८ रुपैयाँ मात्रै पाउने गरेका छन्’, उनले भने, ‘किसानका यी समस्यामा सरकारको ध्यान पुगेको छैन ।’

व्यावसायिकताको विकाससँगै कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको बाघमारा लगायतका स्थानले पछिल्ला समयमा राम्रो पहिचान बनाएका छन् ।

पछिल्ला वर्षमा व्यावसायिक रुपमा फस्टाउँदै गएको दुग्ध उत्पादनका साथै तरकारी खेतीसँगै बाघमारा दूधको शहरका रूपमा घोषित भएको छ । दुई दशक अघि २०५० सालमा बाघमाराबाट दुग्ध विकास संस्थानलाई दूध संकलन गरी बिक्री गर्न थालेसँगै यस क्षेत्रमा कृषिको व्यवसायिकतामा विकास भएको हो । 

२०५७ सालपछि यस क्षेत्रमा गाईपालनप्रति आकर्षण बढ्दै गएको चिरगादी दुग्ध उत्पादक सहकारी संस्थाका पूर्व अध्यक्ष विश्वेश्वर हरामीले बताए । शुरूमा दुग्ध विकास संस्थानले दूध लैजाने गरेको यस ठाउँमा २०६१ साल भदौदेखि नीजिस्तरबाट सञ्चालित पन्थी डेरीले बाघमारामा दूध संकलन गर्न थालेको थियो । अन्य निजी डेरी पनि बाघमारामा सम्पर्कमा आउन थालेसँगै गाईपालनको वातावरण थप बढेको उनले बताए । 

शुरूमा २०५०/५१ सालतिर तालचोकसम्म दूध पुर्‍याउनुपर्नेमा यातायातको सुविधासँगै २०६१ सालपछि पुलचोक दूध संकलन केन्द्रका रूपमा विकास भएको थियो । पछिल्ला वर्षमा चिरगादीमा पक्की पुल बन्नुका साथै पोखराको दोभिल्ला हुँदै सवारीसाधन आवतजावत गर्न थालेका कारण उत्पादित दूध बजारमा पुर्‍याउन सहज भएको छ । बाघमाराबाट बजारमा दूधको बढ्दो मागका साथै पछिल्लो समयमा स्थानीय युवा पनि यसतर्फ आकर्षित बन्न थालेको उनले बताए । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x