×

NMB BANK
NIC ASIA

सलमानलाई सुरक्षा जोखिमः बन्दुकको लाइसेन्स दिइयो, गाडी पनि बुलेटप्रुफ

साउन १६, २०७९

NTC
Premier Steels

बलिवुड स्टार सलमान खानले बन्दुक राख्ने अनुमति पाएका छन् । जुन ५ मा ‘लोरेन्स बिश्नोई ग्याङ’ले मार्ने धम्की दिएपछि भारत सरकारले उनलाई बन्दुक साथमा राख्न अनुमतिपत्र (लाइसेन्स) दिएको हो । सलमानका पिता सलिम खानलाई बिहान ‘मर्निङ वाक’मा हिँडिरहेका बेला उक्त ग्याङले ज्यान मार्ने धम्कीयुक्त पत्र छाडिदिएको थियो । उक्त पत्रमा उनका छोरा सलमानलाई मार्ने धम्की दिइएको थियो । 

Muktinath Bank

उक्त धम्कीपछि मुम्बई प्रहरीले सलमानको सुरक्षा व्यवस्था कडा बनाएको छ । उनको रक्षार्थ खटिने सुरक्षाकर्मीको संख्या पनि बढाइएको छ । धम्कीपछि सलमान आफैं पनि सुरक्षाको मामलामा गम्भीर बनेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सलमानले आफूसँग हतियार राख्न दिनका लागि मुम्बई प्रहरीसँग निवेदन दिएका थिए । मुम्बई प्रहरीले उनलाई बन्दुक राख्ने अनुमति दिएको हो । प्रहरीको अनुमतिसँगै अब सलमानले आफ्नो रक्षार्थ हतियार राख्न सक्ने भएका छन् । एक प्रहरी अधिकारीका अनुसार सलमानले प्रहरी मुख्यालयसँग सम्बन्धित शाखाबाट हतियार राख्ने लाइसेन्स प्राप्त गरेका छन् । उनको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै हतियार राख्ने अनुमति दिइएको मुम्बई प्रहरीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

धम्कीपछि सलमानले आफ्नो गाडीलाई पनि बुलेट प्रुफ बनाएका छन् । अब उनले सेता रंगको बुलेटप्रुफ ल्याण्ड क्रुजर गाडी प्रयोग गर्नेछन् । उनको साथमा हतियारधारी सुरक्षाकर्मीको समूह पनि रहने छ । 

Vianet communication

सलमानलाई दिइएको धम्की सन् १९९८ मा भएको ‘कालो हरिण काण्ड’सँग जोडिएको बताइएको छ । उनले भारतको जोधपुरमा फिल्म ‘हम साथ साथ है’को सुटिङको क्रममा कालो हरिणको शिकार गरेका थिए । उक्त आरोपमा उनी पाँच दिन जेलसमेत बसेका थिए । उनीविरुद्ध जोधपुर प्रहरीले जाहेरीसमेत दर्ता गरेको थियो । कालो हरिणलाई राजस्थानका बिश्नोई समाजले श्रद्धापूर्वक पूजा गर्ने गर्दछन् । आफ्नो आस्थाको जनावरको शिकार गरेको भन्दै उनलाई मार्ने धम्की दिइएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x