×

NMB BANK
NIC ASIA

वामदेवको दाबीः आगामी निर्वाचनमा तत्कालीन नेकपा ब्यूँतिन्छ

साउन १७, २०७९

NTC
Premier Steels

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आगामी निर्वाचनमा नेकपा ब्यूँतिने दाबी गरेका छन् । रूपन्देहीको भैरहवामा मंगलवार पत्रकारहरूसँग कुराकानी गर्दै उनले वाम एकताका लागि एकीकृत समाजवादी र माओवादीसँग वार्ता गरिरहेको र सके निर्वाचन अघि नै र त्यसो हुन नसके निर्वाचनपछि तत्कालीन नेकपामा भएका सबै पार्टीहरू एकजुट हुने ठोकुवा गरे । 

Muktinath Bank

कम्युनिष्ट पार्टीलाई एक बनाउनुपर्छ भन्ने अभियानमा लागेका गौतमले वाम एकताकै लागि एकता राष्ट्रिय अभियान गठन गरेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वगृहमन्त्री समेत रहेका गौतमले एमालेसँग आफूहरूको तत्काल एकता भइहाल्ने स्थिति नरहेको स्पष्ट पारे । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने र माओवादीसँग कार्यगत एकता हुन सक्ने गरी छलफल भएको आफूलाई बताएको उनको दाबी छ । नेता गौतमले निश्चित मुद्दामा नेपाली कांग्रेससँग मिलेर अगाडि बढ्नुपरे पनि सधैभरि कांग्रेस पार्टीसँग मिलेर जाने, गठबन्धन गर्ने हो भने कांग्रेस र कम्युनिष्टका बीचमा कुनै फरक नरहने बताए । 


Advertisment
Nabil box
Kumari

उनले कम्युनिष्ट पार्टी एकीकृत हुन सकेनन् भने एकता राष्ट्रिय अभियान पार्टीकै रूपमा स्वतन्त्र ढंगले अघि बढ्ने स्पष्ट पारे । नेता गौतमले एमालेले अर्थ विभागमा नाम राखेका एम अधिकारीका विषयमा व्यक्ति आफैँले म होइन भनेपछि त्यही कुरा जबरजस्ती तन्काउनुपर्ने कुनै कारण नरहेको बताए ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x