×

NMB BANK
NIC ASIA

ललितपुरमा ट्राफिकले हटाएको एकतर्फी सवारी सञ्चालन फेरि शुरू

साउन १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुर महानगरपालिकाले साँघुरा सडकहरूमा एकतर्फी सवारी सञ्चालन पुनः शुरू गरेको छ । 

Muktinath Bank

मंगलवार दिउँसो ट्राफिक प्रहरीले अवरोध गरेपछि केही समय अवरुद्ध बनेको एकतर्फी सवारी सञ्चालन महानगरले फेरि शुरू गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगत ३ हप्तादेखि सवारीसाधन एकतर्फी सञ्चालन गरेको भए पनि मंगलवार प्रहरीको टोलीले त्यसलाई हटाएको थियो । 


Advertisment
Nabil box
Kumari

प्रहरीले आफूहरूलाई एकतर्फी सवारीसाधन सञ्चालन कार्य हटाउन आईजीपीको निर्देशन आएको भन्दै मंगलवार दिउँसो हटाएका थिए । 

Vianet communication
Laxmi Bank

‘प्रहरीले आईजीपीको निर्देशन भएको भन्दै प्रवेश निषेध लेखिएको ब्यानर हटाइदिएका थिए,’ महानगर प्रमुख चिरिबाबु महर्जनले लोकान्तरसँग भने, ‘अहिले हामीले फेरि त्यो राखेका छौं ।’

महानगर प्रमुख महर्जनका अनुसार आईजीपी धिरजप्रताप सिंहले आफूसँग छलफल नै नगरी सवारीसाधन एकतर्फी सञ्चालन गरिएकोमा असन्तुष्टि जनाएका थिए । 

प्रहरीले एकतर्फी सवारीसाधन सञ्चालनमा अवरोध पुर्‍याएपछि करीब २० मिनेट महानगर प्रमुख महर्जनले आईजीपीसँग टेलिफोन संवाद गरेका थिए । 

टेलिफोन संवादपछि महानगरले पुनः ती ठाउँहरूमा सवारीसाधन एकतर्फी सञ्चालनको व्यवस्था गरेको महानगर प्रमुख महर्जनको भनाइ छ । आईजीपीको आदेश भन्दै प्रहरीले छापामार शैलीमा सामान उठाएर लगेको समेत उनले बताए । 

आईजीपीसँगको फोनवार्तामा उनले आफ्नो तर्फबाट असन्तुष्टि जाहेर गरेको सुनाए । उनले भने, ‘मैले आईजीपी सा’पसँग टेलिफोनमा संवाद गरें, करीब २० मिनेट वार्ता भयो ।’

सवारीसाधन एकतर्फी सञ्चालन गर्दा महानगरले आईजीपी तथा प्रहरीलाई पत्रमार्फत जानकारी गराए पनि पत्र आउने नगरेको उनले बताए । पटक–पटक पत्र पठाए पनि प्रहरीले केही जवाफ नदिएपछि महानगरले एकतर्फी सवारी सञ्चालनको निर्णय गरेको उनले जानकारी दिए । 

अहिले ललितपुर महानगरको पाटन ढोका, बखुण्डोल, नख्खु उकालो, भनिमण्डल लगायतका ठाउँमा चारपांग्रे सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गराउँदै आएको छ । 

प्रहरीले सामान उठाएर लगेपछि केहीबेर दुईतर्फी सञ्चालन भएको सडकमा मंगलवारै महानगरले पुनः एकतर्फी सवारी सञ्चालन गरेको छ । उनले प्रहरीसँग बुधवार वार्ता गर्ने तयारी भएको समेत बताए ।

वार्तामा एकतर्फी सवारीसाधन सञ्चालनको सन्दर्भमा प्रहरीको चाहना र महानगरको धारणाबारे छलफल हुनेछ । 

छलफलमा महानगरले प्रहरीलाई एकतर्फी सवारी सञ्चालन कार्य व्यावहारिक भएको भन्दै यसमा बाधा नगर्न आग्रह गर्नेछ ।

‘दुर्घटना न्यूनीकरणका लागि एकतर्फी सवारी सञ्चालन’

महानगरपालिकाले दुर्घटना न्यूनीकरण गर्न भन्दै महानगरका विभिन्न साँघुरा गल्लीहरूमा एकतर्फी सवारीसाधन सञ्चालन गरिरहेको छ । व्यस्त चोक तथा साँघुरा गल्लीमा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन गर्दा सवारीसाधनका कारण हुने दुर्घटना समेत कम भएको महानगर प्रमुख महर्जनको दाबी छ । 

‘दुर्घटना न्यूनीकरणका लागि एकतर्फी सवारी सञ्चालनले निकै सहयोग गरेको छ । विगतमा धेरै नै दुर्घटना हुने गरेको थियो, अहिले त्यस्तो छैन,’ उनले भने । 

यति मात्रै नभएर साँघुरा गल्लीहरूमा दुईतर्फी सवारीसाधन सञ्चालन हुँदा लामो समयसम्म सडक जाम हुने गरेकोमा एकतर्फी सवारी सञ्चालनको व्यवस्थापछि जाम पनि व्यवस्थापन भएको उनको भनाइ छ ।

उनले भने, ‘महानगरलाई स्वच्छ, व्यवस्थित र शान्त महानगरको रूपमा विकसित गर्न साँघुरा र व्यस्त गल्लीहरूमा एकतर्फी सवारीसाधन सञ्चालन गर्नु निकै व्यावहारिक छ ।’

महानगर प्रमुख महर्जनका अनुसार चारपांग्रे सवारीसाधन एकतर्फी रूपमा सञ्चालन भएका ती ठाउँमा स्थानीयहरू पनि निकै खुशी भएका छन् । 

उनले भने, ‘स्थानीय तथा सरोकारवाला सबैले खुलेरै प्रशंसा गरेको एकतर्फी सवारी सञ्चालन कार्यलाई प्रहरीले बाधा पुर्‍याउनु राम्रो होइन ।’

के भन्छ प्रहरी ? 

यता ट्राफिक प्रहरीले महानगरले एकतर्फी सवारीसाधन सञ्चालन गरेको विषय अध्ययनकै क्रममा रहेको बताएको छ । राख्ने वा हटाउने भन्ने विषयमा अध्ययन भइरहेकाले आज त्यसलाई हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र भट्टले लोकान्तरलाई बताए । 

उनले भने, ‘महानगरसँग त्यस्तो विवाद केही छैन, एकतर्फी सवारीसाधन चलाउने विषय कत्तिको व्यावहारिक हुन्छ, त्यो हेरौं भन्ने कुरा हो ।’

उनले यसको निचोड ननिस्किएको बताउँदै महानगरपालिकासँग थप छलफल गर्ने जानकारी दिए । उनले भने, ‘महानगरसँग त्यस्तो विवाद भएको छैन, एकतर्फी सवारीसाधन सञ्चालनको व्यावहारिकतामाथि हामीले अध्ययन गर्ने भनेका हौं ।’

यसका लागि महानगरसँग थप छलफल गर्ने तयारी भइरहेको समेत उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x