कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
लोकतन्त्र एउटा शासकीयस्वरूप, राज्य र समाजको एउटा व्यवस्था, राजनैतिक दर्शन हो भने व्यापक अर्थमा यो नागरिकको जीवन पद्दति हो ।
यसलाई जनतामाथि जनताका लागि जनताद्वारा गरिने शासन व्यवस्था शासकीय अर्थमा लोकतन्त्र भनिन्छ ।
सामान्यतया लोकतन्त्र भनेको निर्वाचनको माध्यमबाट जनप्रतिनिधिहरू चुनिनु र निर्वाचित प्रतिनिधिहरूले शासन गर्ने पद्धतिलाई बुझाउँछ । लोकतन्त्रलाई अझै गहिर्याउने हो भने यसलाई सार र रूपमा हेर्न सकिन्छ ।
रूपमा हेर्दा निर्वाचन सम्पन्न हुनु, जनप्रतिनिधिहरू छनोट हुनु, उनीहरूले कार्यपालिका गठन गर्नु, कानून निर्माण गर्नु लगायत हामीले लोकतान्त्रिक शासन व्यवस्था भनेर जुन–जुन विषयलाई देखिरहेका छौं, ती सबै दृश्य लोकतन्त्रका रूप पक्ष हुन् ।
लोकतन्त्रको सार पक्ष भनेको आम जनताको जीवनमा आएको परिवर्तन, नागरिकको सहभागिता, सामाजिक न्याय, सरल र झन्झटरहित सार्वजनिक सेवा, नागरिकको मर्यादित र सम्मानित जीवन, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी लगायत सामाजिक अमननयन, सामाजिक सामन्जस्यता लगायत नागरिकको गुणात्मक जीवनशैलीको समग्रता नै लोकतन्त्र हो ।
लोकतन्त्रलाई अझै गहिरो अर्थमा बुझाउनका लागि विभिन्न पदावलीसहित सम्बोधन गर्ने गरिएको पनि पाइन्छ । जस्तैः समावेशी लोकतन्त्र, अग्रगामी लोकतन्त्र, परिपूर्ण लोकतन्त्र (कम्प्रिहेन्सिभ डेमोक्रेसी) । सारमा लोकतन्त्र जीवनपद्धति हो, सामाजिक न्याय, समता सामाजिक सद्भाव सहितको नागरिकको साझा आकांक्षा हो ।
यो प्रत्येक व्यक्तिको घरघरबाट यसको शुरूआत हुनुपर्छ भने प्रत्येक व्यक्तिको व्यक्तिगत जीवनमा लोकतान्त्रिक व्यवहार झल्कनुपर्छ, तब मात्र लोकतन्त्र साँच्चै लोकतन्त्रको रूपमा परिणत हुन्छ ।
हाम्रो लोकतान्त्रिक स्वरूप
नेपालको संविधान लोकतन्त्रका लागि कोशेढुंगा नै हो । संविधान अनुसारको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली, संसदीय शासकीय प्रणाली, विभिन्न संवैधानिक आयोगहरू, लोकतान्त्रिक मूल्य प्रणाली, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी ३ तहको हुने गरी संवैधानिक ग्यारेन्टी लगायत विश्वकै अब्बल शासन प्रणालीको रूपमा हामीले लोकतान्त्रिक शासन व्यवस्थाको स्वरूप खडा गरेका छौं ।
हाम्रो अभ्यास
संसारको उत्कृष्ट शासन व्यवस्थाका बाबजुद पनि नागरिकमा अपेक्षाकृत आशाको सञ्चार हुन सकेको छैन । धेरै व्यवस्था परिवर्तन गरियो तर अवस्था परिवर्तन भएन भन्ने आमगुनासो नागरिकमा छ ।
लोकतन्त्रका सवालमा नागरिकहरूले विभिन्न मिडिया, चियागफ, मेलापात, घरायसी पूजाआजा, आफन्त भेटघाटका बखत लोकतान्त्रिक शासन व्यवस्थामा मेडिकल माफिया, औद्योगिक माफिया, शैक्षिक माफिया, भूमाफिया, सार्वजनिक खरिदका माफिया तथा बिचौलियाहरू हाबी हुन पुगे भन्ने गम्भीर चार्ज हामी सार्वजनिक पदधारणा गरेका व्यक्तिहरूमाथि तेर्स्याइएको पाइन्छ । यी सबै जनगुनासो मात्र हुन् कि साँच्चै त्यो अवस्था हो ? त्यसमा समीक्षा हुन जरुरी छ ।
नागरिकको गुनासो बढ्दै जाँदा विश्वकै उत्कृष्ट शासन व्यवस्थाको रूपमा चिनिएको शासन व्यवस्थाको एउटा पक्ष प्रदेश सरकारको खारेजीको माग उठ्नुले सार्वजनिक पदाधिकारीको कार्यशैलीमाथि गम्भीर समीक्षा हुनु आवश्यक छ ।
आगामी कार्यदिशा
क) लोकतन्त्रका धरोहरका रूपमा रहेका संवैधानिक आयोगहरूको सबलीकरण गर्ने, नियुक्ति हुने पदाधिकारीको योग्यता, क्षमता, कार्य अनुभव र समावेशीता सम्बन्धी प्रस्ट मापदण्ड बनाएर अधिकतम सर्वग्राह्रीय व्यक्तिलाई राजनैतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर नियुक्ति गर्ने । लोकतन्त्रका खम्बाका रूपमा रहेका संवैधानिक आयोगहरू उच्च नैतिक मूल्यद्वारा निर्देशित हुने प्रणालीको विकास गर्ने ।
ख) लोकतान्त्रिक आचरण अवलम्बन गर्न/गराउनका लागि अभियान सञ्चालन गर्ने ताकि प्रत्येक व्यक्ति–व्यक्तिबाट आचरणको शुद्धीकरण अभियान शुरू होस् । लोकतन्त्रका आधारभूत मूल्यहरूको प्रवद्र्धनका लागि राजनीतिक दलहरूले आफ्नो एजेण्डा नै बनाई ‘डिभलपमेन्ट डिस्कोर्स’का रूपमा अगाडि बढाउने ।
ग) स्याहारसुसार गर्ने : लोकतन्त्र आफैं हुर्किन र बढ्न सक्दैन । यसलाई पनि बिरुवालाई जस्तै स्याहारसुसार चाहिन्छ । इमान्दारीपूर्वक जल र मल राख्नुपर्छ । हेरचार गर्नुपर्दछ । शासकीय र सामाजिक स्खलन रोक्नुपर्छ । निरन्तररूपमा सकारात्मक भावले निरन्तर गोडमेल गरिरहनुपर्छ । अन्यथा बिरुवा नै ठिँगुरिन जान्छ । लोकतन्त्रलाई सबल तुल्याउन अनुसन्धान, विश्लेषण भइरहनुपर्छ र यसका पक्षमा अभियान निरन्तर चलिरहनुपर्छ । लोकतन्त्रका राजनीतिक स्वरूप, सामाजिक स्वरूप, आर्थिक स्वरूप, नैतिक स्वरूपबारे संसद्, सडक र जनस्तरमा निरन्तर जीवन्त बहस भइरहनुपर्छ ।
घ) संविधान र कानूनप्रतिको श्रद्धा बढाउने : लोकतन्त्र सबल बनाउन सबैभन्दा महत्त्वपूर्ण शर्त भनेको कानूनको शासन हो । विद्यमान कानूनको श्रद्वापूर्वक कार्यान्वयन नै लोकतन्त्रको सबलीकरणको पहिलो खुड्किलो हो । अब्राह्म लिंकनले अमेरिकी संविधान सम्बन्धमा अतिआकर्षक भाषण दिएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘कानूनको श्रद्धा हरेक अमेरिकी आमाले काखको बच्चालाई स्तनपानसँगै पिलाउनुपर्छ, स्कूलमा पढाउनुपर्छ, पाठ्यपुस्तकमा लेखिनुपर्छ, व्यायामशालामा सिकाउनुपर्छ, व्यवस्थापिकामा घोषणा गरिनुपर्छ र न्यायको अदालतले कार्यान्वयनमा ल्याउनुपर्छ । समग्रमा यो राजनीतिक धर्म नै बन्नुपर्छ । (उमेश मैनालीका अनुसार) संविधानले परिलक्षित गरेका नीतिहरूलाई विस्तृतीकरण गरी कार्यान्वयनमा लैजानु पनि अर्को महत्त्वपूर्ण पक्ष हो ।
ङ) आन्तरिक खिचातानीको व्यवस्थापन गर्ने : आवद्यिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ र धमनी भएको हुँदा समावेशी र राजनैतिक मूल्यमा आधारित निर्वाचन प्रणाली हुनुपर्दछ । निर्वाचन महंगो बन्नु हुँदैन । आन्तरिक रूपमा देखिने राजनैतिक खिचातानीले लोकतन्त्रलाई कमजोर बनाउँछ । अस्वस्थ्य र गैरराजनीतिक चरित्र हटाउनुपर्छ । उमेश मैनालीको शब्द सापटीमा भन्ने हो भने आन्तरिक धमिराबाट लोकतन्त्रलाई जोगाउनुपर्छ ।
च) नागरिक सचेतना : नागरिकहरूको मौनतामा लोकतन्त्रको सघनीकरण हुन सक्दैन । नागरिकहरूको चासो, अपनत्व, सक्रियता, सुझाव, सहभागिता, पृष्ठपोषणले लोकतन्त्रलाई समृद्व बनाउन सहयोग पुर्याउँछ । संसार, गलत क्रियाकलाप गर्नेहरूबाट नष्ट हुँदैन तर जो गलत क्रियाकलाप चुपचाप हेरी मात्र रहन्छ, तिनबाट समाज नष्ट हुन्छ भनेर अल्बर्ट आइन्स्टाइन भनेको पाइन्छ । तीब्रगतिमा जथाभावी सार्वजनिक सवारीसाधन चलाउने, लामो दूरीको यात्रामा सीट क्षमताभन्दा बढी यात्रु कोचेर हिँडाउने सवारी चालकलाई यसो नगर्नुहोस् भन्नका लागि यात्रु डराउँछ, किनकि नराम्रो किन बन्ने, जेसुकै होस् भन्ने मनोविज्ञानले ऊ चुप लागेर बसेको हुन्छ । घरको अगाडि खाल्डो परेको छ, नाला फुटेर दुर्गन्ध फैलिएको छ तर सामाजिक सहयोग लिएर काम सम्पन्न गर्न मानिस अगाडि सर्दैन । यस्ता धेरै उदाहरण हामीसँग छन् । लोकतन्त्रको सघनीकरणका यो प्रवृत्ति फलदायी हुँदैन । यसमा सुधार आवश्यक पर्दछ ।
निष्कर्ष :
लाभहरू आम नागरिकसमक्ष पुर्याउनका लागि संघीय शासन प्रणालीको अवलम्बन गरिएको हो । संघीयताको मूल मर्म नै सीमान्तकृत नागरिकहरूलाई विकासको मूल प्रवाहमा ल्याउनु विकासका प्रतिफलहरू समानुपातिक तबरले विवरण गर्नु र नागरिकको जीवनस्तर उकास्नु मूल ध्येय भएको हुँदा नागरिक केन्द्रित विकास र व्यवहार नै आजको आवश्यकता हो । नागरिकको आम सन्तुष्टिमा नै लोकतन्त्र फल्न र फूल्न सक्ने हुँदा लोकतन्त्रको सघनीकरण र यसका लाभहरूको समान वितरणको प्रत्याभूति आवश्यक छ । समता र समानतामुखी कानूनी पूर्वाधारणको निर्माण, विवेकशील बजेट विनियोजन, शिक्षा, स्वास्थ्य, रोजगारी र गुणस्तरीय जीवनका लागि नागरिकसँग जोडिएका साना मसिना कामहरू लगनशील तवरले सम्पादन गर्ने प्रणालीको विकास गर्न सके लोकतन्त्रको सबलीकरण गर्न सकिन्छ ।
(लेखक नेपाल सरकारका उपसचिव हुन् ।)
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...