×

NMB BANK
NIC ASIA

मंसिर ४ को निर्वाचन

संघको चुनावमा प्रहरीले १ लाख ७० हजार जनशक्ति खटाउने, म्यादीकाे भर्ना खाेलिने

साउन १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि प्रहरीले म्यादिसहित १ लाख ७० हजार जनशक्ति खटाउने भएको छ । सरकारले आज (बिहीवार) प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेपछि निर्वाचन सुरक्षाका लागि प्रहरीले १ लाख म्यादी प्रहरी ७० हजार हारहारीमा प्रहरीहरु खटाउने प्रारभिक योजना बनाएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले बताए ।

Muktinath Bank

‘सरकारले आज मात्रै चुनावको मिति घोषणा गरेको छ । भर्खरै स्थानीय तहको निर्वाचन गरेको अनुभव पनि छ, त्यसकै आधारमा प्रारम्भिक चरणमा १ लाख म्यादी र ७० हजार प्रहरी खटाउने योजनामा छौँ,’ डीआईजी राईले लोकान्तरसँग भने, ‘सुरक्षा योजनापछि मात्रै यकिन तथ्यांक आउँछ ।’ उनले केही समयमै म्यादी प्रहरीकाे भर्ना खाेलिने जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय तहको निर्वाचनमा देखिएको सुरक्षा खतरा भएका ठाउँलाई विषेश निगरानी र सुरक्षा व्यवस्था गर्ने योजना रहेको डीआईजी राईले बताए । ‘स्थानीय तहमा समस्या देखिएका निर्वाचन केन्द्रहरूमा यसपाली सुरक्षा व्यवस्था कडा बनाउने योजनामा छौँ,’ डीआईजी राईले भने ।


Advertisment
Nabil box
Kumari

प्रहरीले स्थानीय तहको निर्वाचनमा एउटा निर्वाचन केन्द्रमा ३ जना प्रहरी र अरु म्यादी प्रहरी खटाएको थियो । यस्तै, सशस्त्र प्रहरी बलले पनि आगामी चुनावमा ३२ हजार सशस्त्र प्रहरी र कर्मचारी खटाउने बताएको छ । 

Vianet communication
Laxmi Bank

‘अघिल्लो चुनावमा हामीले ३२ हजार जनशक्ति खटाएका थियौँ । आगामी निर्वाचनमा पनि त्यति नै जनशक्ति खटाउने प्रारम्भिक योजनामा छौँ, तर यकिन तथ्यांक भने सुरक्षा योजनापछि मात्रै आउला,’ सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विदुर खड्काले लोकान्तरसँग भने ।

गृहमन्त्रालयले स्थानीय तहको निर्वाचनमा खटिएका भन्दा धेरै सुरक्षाकर्मी खटाउने योजना रहेको बताएको छ । गृहमन्त्रालयका उपसचिव तथा सूचना अधिकारी वसन्त भट्टराईका अनुसार अघिल्लो निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीसहित २ लाख ५० हजार सुरक्षाकर्मी खटाएको र अहिले त्यो भन्दा धेरै खटाउने तयारी रहेका बताए ।

‘हामीले स्थानीय तहको निर्वाचन शान्तिपूर्वक सम्पन्न गरेका छौँ, तर पनि यसपाली अलिकति सुरक्षाकर्मी बढाउने योजनामा छौँ,’ सूचना अधिकारी भट्टराईले लोकान्तरसँग भने, ‘कति थप्ने, कुन–कुन सुरक्षा निकायमा भन्ने कुरा सुरक्षा योजनापछि मात्रै आउँछ ।’

स्थानीय तहको निर्वाचनमा सुरक्षा अवस्था कमजोर भएको गुनासो निर्वाचन आयोगले गरेको थियो । त्यो समयमा निर्वाचन आयोगले देशमा ८२ स्थानमा सुरक्षा निकायको कमजोरीले गर्दा पुन निर्वाचन गर्नु पर्ने अवस्था आएको दाबी गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x