×

NMB BANK
NIC ASIA

नियतमा खोट देखिए कारबाही गर्छुः शहरी विकासमन्त्री चौधरी

साउन २१, २०७९

NTC
Premier Steels

शहरी विकासमन्त्री मेटमणि चौधरीले कर्मचारीहरूलाई नियतमा खोट देखिए दण्डसहित कारबाही गर्ने चेतावनी दिएका छन् । आफू कर्मचारी चलाउने पक्षमा नरहेको तर नियतमै खोट देखिए कारबाही गर्ने उनको चेतावनी छ । 

Muktinath Bank

शहरी विकास मन्त्रालयको आ. व. ०७८/७९ को वार्षिक प्रगति समीक्षा तथा आ. व. ०७९/८० को कार्यक्रम कार्यान्वयन सम्बन्धी कार्यक्रममा मन्त्री चौधरीले भने, ‘मन्त्री भएको ३८ दिन भयो । मेरो मूल्यांकन तपाईंहरूले गर्नुभएकै होला । म कसैको चित्त दुखाउन चाहन्नँ । त्यसकारण म कर्मचारी चलाउने पक्षमा छैन । तर, नियतमै खोट देखिए कारबाही मात्र होइन दण्डसहित कारबाही गर्नुपर्ने हुनसक्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयका सचिव, सहसचिव, महानिर्देशक, आयोजना प्रमुख, विभागीय प्रमूखसहित देशभरिबाट जम्मा भएका इन्जिनियर तथा कर्मचारीहरूलाई निर्देशनात्मक मन्तव्य राख्दै मन्त्री चौधरीले दोहोर्‍याए, ‘हामी सबै सिस्टमबाट चल्नुपर्छ । सिस्टम क्रयाक गरेर देश बन्दैन । इमानदारीपूर्वक सिस्टममा रहेर काम गर्‍यौँ भने देश बन्न समय पनि लाग्दैन ।  


Advertisment
Nabil box
Kumari

नेता भए भन्दैमा जम्मै कुरा आइहाल्ने भन्ने नहुने बताएका मन्त्री चौधरीले आफ्ना कामबारे सुझाव दिनसमेत आग्रह गरेका थिए । उनले बेरुजु घटाउने, रुग्न आयोजनाहरूलाई पूरा गर्ने, बीचबीचमा आयोजनाको नाम परिवर्तन गर्नेजस्ता कुराहरू मूख्य चुनौती रहेको धारणा राखेका थिए । 

Vianet communication

शहरी विभाग तथा भवन निर्माण विभागअन्तर्गत विभिन्न २१ आयोजना मध्येबाट ४ जना उत्कृष्ट आयोजना प्रमुखलाई मन्त्री चौधरीले पुरस्कृत गरेका छन् । वित्तीय तथा भौतिक प्रगति, बेरुजु फछ्र्यौट, रुग्न आयोजना घटाउने पहल, कार्यक्षमताजस्ता सूचाङ्कका आधारमा शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशकहरू दिलिप भण्डारी, चक्रवर्ती कण्ठ र सुरेन्द्रमान श्रेष्ठको मूल्यांकन टोलीको सिफारिसमा पुरस्कृत गरिएको थियो । 

पुरस्कृत हुनेहरूमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनका प्रमुख प्रकाश अर्याल, रामेछापका आयोजना प्रमुख सुरेश वाग्ले, संघीय आयोजना कार्यान्वयन इकाइ कैलालीका प्रवीण शाह र धनुषाका प्रदीप खनाल रहेका छन् । 

शहरी विकास मन्त्रालयअन्तर्गत रहेको सहरी विभाग तथा भवन निर्माण विभागले आगामी आर्थिक वर्षको कार्यक्रम कार्यान्वयन सम्बन्धी २४ बुँदे घोषणापत्र समेत जारी गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x