कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
सायद तपाईं घुम्न मन पराउनुहुन्छ । कति ठाउँ घुमी पनि सक्नुभएको होला । तर, घुमेको ठाउँहरू मध्ये खुम्बु क्षेत्रको गोक्यो घुम्न जान छुटाउनु भएको छ भने जाने तयारी गर्नुहोस् । गोक्योको सुन्दरताको आनन्द नलिई तपाईंको कुनै पनि घुमघाम पूरा हुन सक्दैन ।
तत्काल जाने मौका मिलेको छैन भने, तपाईंलाई म फोटो कथाबाट गोक्यो घुमाउँछु । गोक्यो पुगिसक्नेहरूलाई स्मृतिका रमाइला क्षणलाई फेरि पुनःताजकी गराउँछु । गोक्यको बिहान, दिउँसो र साँझको समयमा सेताम्मे हिउँसँग देखिने फरक–फरक रंगहरू देखाउँदै छु । फोटो कथामा ।
गोक्यो प्रदेश एकको सोलुखुम्बु जिल्लामा अवस्थित ताल हो । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र रहेको यो ताल समुन्द्र सतहबाट ४ हजार ७ सय देखि ५ हजार मिटर उचाइमा रहेको छ ।
यस क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन, यी तालहरू विश्वमै अग्लो स्थानमा पाइने ताजा पानीको तालहरूमध्ये पर्छन् । यी तालहरूमध्ये थोनाक ताल सबैभन्दा ठूलो ताल हो । सन् २००७ देखि गोक्यो ताल रहेको ७ हजार ७ सय ७० हेक्टर क्षेत्रलाई रामसार क्षेत्रको रूपमा घोषणा गरिएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालीको गौरव–गाथासँगै जोडिएको छ यस तालको परिचय । सगरमाथा पदमार्गको बाटो भएर यो ताल पुग्न सकिन्छ । सगरमाथाको आधार शिविरसम्मको पदयात्रामा आउने पर्यटकहरू प्रायःले यो तालको यात्रा गर्न छुटाउँदैनन् । त्यसैले सगरमाथा आधार शिविरपछि पर्यटक पुग्ने दोस्रो गन्तव्य हो, गोक्यो ताल । सर्वोच्च शिखर सगमाथाको काखमा अथाह सुन्दरताका अनुपम उपहारले भरिपूर्ण छ खुम्बु क्षेत्र । त्यसको साक्षी बन्नलाई कुइनेटो परेर हिमालको काखमा सलबलाई रहेको गोक्यो ताल । हिउँदमा हिउँसँग लुकामारी खेल्दै आफूलाई ढपक्क छोप्छ, हिउँले बनाएको बडेमानको भिककाय हिउँको डल्लालाई आफ्नै काख र छातीमा छचल्लकाउँछ ।
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला हिमचुचुराहरू रहेकोले यसको गौरव बढाएको छ । ती सेताम्मे हिमालका काप–कापबाट हिउँ पग्लेर हिमालका काख–काखमा बनेका हिमतालहरूले प्राकृतिक सौन्दर्यताको सुगन्ध बनेर पर्यटकलाई आफूतिर तानिरहेको छ । यही हिमाल र हिमताल हेर्न विश्वका मनिसहरू नेपाल आउने गर्छन् । त्यसमध्येको गोक्यो ताल पनि धेरैको रोजाइमा पर्ने पर्यटकीय गन्तव्य हो । त्यसैले यस तालमा पर्यटकीय आनन्द लिन हजारौँको संख्यामा वर्षेनी पर्यटकहरू आउने गर्दछन् ।
पर्यटकीय गन्तव्यको साथै यस ताललाई धार्मिक स्थलको रूपमा पनि मान्ने गरिन्छ । विशेषगरी हिन्दू र बौद्ध धर्मावलम्बीहरूले यो ताललाई पवित्र स्थलको रूपमा मान्ने गर्दछन् । वर्षमा एक पटक जनैपूर्णिमाका दिन यस तालमा मेला लाग्ने गर्दछ । हिन्दू र बौद्ध समुदायमा मानिसहरूले यसदिन तालमा स्नान गर्ने परम्परा रहेको छ ।
हिमाली क्षेत्रमा बौद्ध धर्ममार्गीहरूको बहुल्यता रहे पनि यो ताललाई हिन्दू र बौद्ध धर्मका दुवै सम्प्रदायले आफ्नो आस्थाको धरोहरका रूपमा मान्ने गर्दछन् । यो तालको दक्षिणपट्टि हिन्दू देवता शिव तथा विष्णुको मन्दिर रहेको छ जहाँ हजारौँ श्रद्धालु आउने गर्छन् । यो ठाउँ विशेष नाग देवताको लागि प्रसिद्ध रहेको छ ।
उचाइमा रहेको गोक्यो पर्यटकहरूको लागि सबैभन्दा मनोरन्जक गन्तब्य हो । नाम्चे बजारदेखि यस ठाउँ पुग्न पाँच दिन पैदल हिँडेर पुग्न सकिन्छ ।
खुम्जुङदेखि सगरमाथा आधारशिविर र गोक्यो ताल जाने बाटो फरक छ । ‘हामी गोक्यो तालतर्फ लाग्यौँ ।
हाम्रो यात्रा वैशाख महिनामा भएको थियो । यस क्षेत्रमा वैशाख महिनामा खासै हिउँ पर्ने गर्दैन । तर, हाम्रो यात्राका क्रममा अत्याधिक हिउँ परेको थियो ।
हिमाली क्षेत्रको यात्रामा मौसम सफा नभएर वा हिउँ पर्दा यहाँका हिमनदी र हिमालहरू राम्रोसँग देख्न सकिँदैन । मौसम खुलेन र बादल लाग्यो भने बादलको घुम्टोभित्र सबै हराउँछ । तर, हामीलाई मौसमले साथ थियो । लगातार दुई दिनसम्म परेको हिउँले हाम्रो यात्रालाई रोमान्चित बनायो ।
हाम्रो गन्तव्य गोक्यो तालमा सेताम्मे हिउँको बीचमा छचल्किएको थियो । हिउँ परेकोले गर्दा गोक्यो ताललाई पनि हिउँले ढपक्कै ढाकेको थियो हामी पुग्दा । ताल र तालका वरिपरी सेताम्मे हिउँ । सेताम्मे हिउँको बीचमा यसरी गोक्योलाई नियाल्ने अवसर थोरै पर्यटकहरूले मात्र पाउँछन् । मौसमले साथ दियो त्यसैले हामीले हेर्न पायौँ । बिहानको सूर्याेदय र साँझ सूर्य अस्ताउने समयमा गोक्यो तालको दृश्य अति नै मनमोहक हुन्छ ।
हिमाल, हिउँ र ताल सेताम्मे हिउँसँगै बिहानीको झुल्के घाम, मध्याह्नको चर्को घाम र साँझको सुनौलो किरणसँगै आफूलाई परिवर्तन गर्ने गोक्योले गोप्य राख्न सकेन हाम्रो अगाडि आफ्नो बहुरीपी सुन्दरतालाई । सूर्यको प्रकाशसँगै हिमाललाई आफ्नो गर्भमा प्रबिम्बित गर्ने गोक्यो दिनको समय चक्रसँगै पानीको रंग पनि बदल्न सक्ने रहेछ ।
गोक्यो तालको चारैतिर सेता हिमालहरूले घेरिएको, बीचमा नीलो गहिरो ताल, तालको बीचमा हिउँको टापु, त्यही प्रेममा विलिन सुन्दर हाँसका जोडीहरू तैरिरहेको मनमोहक दृश्य । तालको एक कुनामा अवस्थित सुन्दर होटल तथा रिसोर्टहरूले सबै पर्यटकको मन तान्छ ।
यहाँको होटलमा बसेर तालको सुन्दरतामा हराइरहँदा ताललाई नै अतिक्रमण गरी बनाएका केही होटलहरूको दृष्यमा मेरो आँखा ठोक्किदा मन त्यसै त्यसै अमिलिएर आयो । ताललाई देखाएर व्यवसाय चलाउनेले बुझ्नैपर्छ तालको महत्व र यसको संरक्षणको दायित्व । अतिक्रमणले कुनै व्यक्तिलाई फाइदा होला तर तालकै पानीमा छुवाएर बनाएका भौतिक संरचनाले कालान्तरमा तालको सौन्दर्यता, आस्था मात्र घटाउँदैन प्रदूषण गराउने कुरामा कति पनि शंका छैन । त्यसैले तालको सुन्दरतामा व्यावसाय गर्नेहरूले तालको संरक्षण र सम्मान गर्नुपर्दछ भन्न मलाई कति पनि हिचकिचाहट छैन ।
गोक्यो तालले प्रकृतिक सुन्दरतामा रमाउनेलाई आनन्दको चरम उत्कर्षको सुखानुभूति दिलाउन सक्छ । तपाईं कल्पनामा स्वर्ग पुग्नु भएको छ ? यदि छ भने गोक्यो तालले धर्तीमै वास्तविक जीवनमा स्वर्गीय आनन्दको आभास दिलाउन सक्छ ।
यहाँसम्म पुग्दा लामो पैदल यात्रा पार गर्नु पर्ने भएकोले पक्कै थकान र उचाइका कारण शारीरिक तथा मानसिक समस्याहरू आउन सक्छन । जब त्यहाँ पुगेर देखिन्छ सुन्दर ताल, सेता हिमाल र नीला आकाशको समागम, दृष्य हेर्दै एकान्त भ्यालीमा आफूलाई पाएपछि सारा यात्राको थकान प्राकृतिक सौन्दर्यको अगाडि बिल्कूल फिक्का हुन्छ ।
सन १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ भने मध्यवर्ती क्षेत्रको घोषणाबाट निकुञ्जभित्र र वरपरका जनता प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । पर्यटनको विकासबाट यहाँका बासिन्दाहरूको आर्थिक विकासमा ठूलो टेवा पुगेको छ ।
यात्रामा क्रममा भेटिएका स्थानीयहरू विगतभन्दा अहिले खोलाहरूमा पानीको बहाव पनि निकै बढेकोे अनुभव सुनाउँछन् । हिमालमा पहिले जस्तो हिउँ देख्न पाइँदैन, मौसमको पनि भर हुँदैन भनेर चिन्ता प्रकट गर्दछन् । उनीहरू यसरी हिमालको हिउँ पग्लँदै पानी भएर सबै बगेर गए हिमालको अवस्था कस्तो होला भनी चिन्तित छन ।
पहिलेजस्तो हिमालमा हिउँ छैन, कालो चट्टान देखिन थालेको स्थानीयहरूको भनाइ छ । उनीहरूको भनाइलाई पुष्टि गर्ने गरी हामी आफैँले हेर्दा पनि देखिन्छ हिमालको दूरावस्था । यस्तो अवस्था आउनुलाई वातावरणविद्हरू जलवायु परिवर्तनलाई कारण मान्छन् । जलवायु परिवर्तनको पहिलो असर हिमाली क्षेत्रलाई परेको छ ।
हिमालहरू कालो चट्टानमा परिणत हुँदैछन्, हिमाली क्षेत्रमा हिमतालको संख्या बढेको छ, हिमताल र हिमनदीहरूमा पानीको सतह बढेको छ । हिमालको उचाइसँग नेपालीले साट्ने गौरव यसरी हिउँसँगै पग्लदै गए के होला हाम्रो अवस्था भन्ने कुराले मेरो मनमा यात्रा अवधिभर पिरोल्यो । अहिले पनि पिरोलिरहेको छ ।
सगरमाथा प्रवेश गर्ने एक मात्र माध्यम काठमाडौंदेखि लुक्लासम्म हवाई मार्ग हो । काठमाडौंदेखि जिरी हुँदै सुर्के र अर्काे काठमाडौंदेखि सल्लेरी, खरी खोला हुँदै सुर्केसम्म जीपमा जान सकिन्छ । त्यसपछि लुक्ला हुँदै सगरमाथा जान सकिन्छ ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...