×

NMB BANK
NIC ASIA

महजोडीको फिल्म ‘महापुरुष’ र सौगातको ‘लाखे’ एउटै मितिमा प्रदर्शन हुने

साउन २३, २०७९

NTC
Premier Steels

मल्टिस्टारर चलचित्र ‘लाखे’ र महजोडीको चलचित्र ‘महापुरुष’ एउटै मितिमा प्रदर्शनमा आउने भएका छन् । यी दुवै चलचित्रले भाइटीकाको भोलिपल्ट अर्थात कात्तिक ११ गतेका लागि प्रदर्शन मिति तय गरेका छन् । 

Muktinath Bank

आफूले तोकेको मितिमा अर्को चलचित्र ‘महापुरुष’ प्रदर्शनमा आउने भएपछि ‘लाखे’ टिमलाई समस्या हुने देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि ‘लाखे’ले भदौं ३१ गतेका लागि प्रदर्शन मिति तोकेको थियो । उक्त मितिमा अर्को चलचित्र ‘बाबरी’ले पनि प्रदर्शन मिति तोकेको थियो । तर, चलचित्र ‘लाखे’को भीएफएक्स, मिक्सिङलगायतका प्राविधिक कार्य मुम्बइमा भईरहेको र निर्धारित मितिमा काम नसकिने देखिएकाले आइतबार मात्रै कात्तिक ११ गतेका लागि नयाँ प्रदर्शन मिति तोकिएको थियो । 


Advertisment
Nabil box
Kumari

‘लाखे’ले प्रदर्शन मिति तोकेको साँझ नै ‘महापुरुष’ले फस्टलुक पोष्टर सार्वजनिक गर्दै कात्तिक ११ गतेका लागि प्रदर्शन मिति रोजेको हो । 

Vianet communication

प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको ‘महापुरुष’मा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराईलीलगायतको अभिनय छ । षट्कोण आर्टसको प्रस्तुति रहेको चलचित्रको म्याक्स दिपेश खत्री हुन् भने कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् । यता, सम्राट बस्नेतको निर्देशन रहेको ‘लाखे’मा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बालगायतको अभिनय छ । 

सिजन अर्यालको कथा, आकाश बरालको पटकथा रहेको चलचित्रको निर्माता सिजनसँगै जि.एम ठकुरी हुन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x