मंसिर १, २०८०
असल सामाजिक मूल्य मान्यता, सुसंस्कृत भाषा, सांस्कृतिक आचरणले मात्र सभ्य समाज निर्माण गर्न सक्छ । तर, पछिल्लो समय कथित लोकप्रियताका नाममा बग्रेल्ती देखिएका अभियन्ताबाट हुँदै आएका क्रियाकलापले हाम्रो सामाजिक मूल्य मा...
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको पाँचदलीय गठबन्धन सोमवारदेखि सीट बाँडफाँडको छलफलमा प्रवेश गरेको छ । सीट बाँडफाँड गर्न गठबन्धनले बनाएको कार्यदल सोमवारबाट सक्रिय भएको छ, तर पहिलो दिनको बैठक औपचारिकतामै सीमित भएको छ ।
राजनीतिक दर्शनमा सैद्धान्तिक मतभेद रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच साउन २० गते चुनावी तालमेल गर्ने औपचारिक सहमति भएको थियो । चुनावी तालमेल गर्ने सहमतिको निर्णयमा गठबन्धनमा आबद्ध पाँचवटै दलका नेताहरूले हस्ताक्षर गरेका छन् ।
तालमेलको औपचारिक निर्णय गरेपनि व्यावहारिक रूपमा सीट मिलाउन निकै जटिल रहेको दलका नेताहरूले बताउँदै आएका छन् । संख्या मात्र नभई कतिपय निर्वाचन क्षेत्रमा सहमति जुटाउनै जटिल रहेको नेताहरूको भनाइ छ ।
प्रदेश सभाका सीट बाँडफाँड तुलनात्मक रूपमा सहज भएपनि प्रतिनिधि सभाका सीट मिलानमा गठबन्धनलाई सकस पर्ने देखिएको छ । स्थानीय तह निर्वाचनमा भागबण्डा गर्दा यसअघि जितेको क्षेत्र सम्बन्धित दलले लिएर र एमालेले जितेको ठाउँ गठबन्धनले बाँडेका थिए ।
स्थानीय चुनाव जस्तो प्रतिनिधि सभाको सीट बाँड्न सहज नरहेको कार्यदलमा रहेका सदस्यहरू बताउँछन् । तथापि ‘लेन देन’ गरेर भए पनि एउटा सहमतिमा पुगिने उनीहरूको विश्वास छ ।
गत वर्षको माघ १२ मा सम्पन्न राष्ट्रिय सभा निर्वाचन र वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनले तालमेल गरेका थिए । गच्छेअनुसार सबै दलले गठबन्धनबाट भरपुर फाइदा लिए । राष्ट्रिय सभा र स्थानीय तहको चुनावका गरिएको तालमेललाई दलहरूले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि प्रयोग गर्दैछन् ।
कांग्रेसको प्रस्ताव– क्लस्टरअनुसार तालमेल गरौं
साउन २० मा गठबन्धनबीच औपचारिक निर्णय हुनुअगावै नेपाली कांग्रेसले भने तालमेलका लागि आन्तरिक तयारी गरेको छ । केन्द्रीय समिति बैठकबाट गठबन्धनबीच तालमेल गरेर जाने निर्णय गरेसँगै कांग्रेसभित्र सीट बाँडफाँडको मोडालिटीबारे एक तहमा छलफल भएको छ ।
नेपाली कांग्रेसका एक प्रभावशाली नेताले गोलमटोल ढंगले नभई मिहिन ढंगले तालमेलका लागि कांग्रेसले प्रस्ताव लैजाने बताए । कांग्रेसका ती नेताका अनुसार निर्वाचन क्षेत्रको क्लस्टर बनाएर तालमेलको खाका तयार हुनेछ ।
कांग्रेस नेताहरूका अनुसार बागमती प्रदेशमा तालमेल गर्दा दोलखा, रामेछाप र सिन्धुलीलाई एउटा क्लस्टर मानेर सीट बाँडफाँड र सिन्धुपाल्चोक तथा काभ्रेपलाञ्चोकलाई अर्को क्लस्टर मानेर सीट बाँडफाँड गर्दा तालमेल प्रभावकारी हुन्छ ।
रसुवा, नुवाकोट र धादिङलाई एउटा क्लस्टर, चितवन र मकवानपुरलाई अर्को तथा काठमाडौं उपत्यकाका तीन जिल्लालाई एउटा क्लस्टर मानेर सीट बाँडफाँड हुन सक्छ ।
‘रसुवा कांग्रेसले लिएर नुवाकोट र धादिङमा एक–एक सीट लिएर बाँकीमा माओवादी या समाजवादीलाई छाड्न सकिन्छ,’ कांग्रेसका ती नेताले भने, ‘सिन्धुपाल्चोकमा कांग्रेस र माओवादीबीच एक–एक सीटमा सहमति हुनसक्छ ।’ २०७४ सालको चुनावमा रसुवामा कांग्रेसले जितेको थियो ।
दोलखा, रामेछाप र सिन्धुलीलाई एउटा क्लस्टर मान्दा यसअघि माओवादीले चुनाव जितेको रामेछाप तथा दुई सीट रहेको सिन्धुलीमा माओवादीलाई एक–एक सीट छाड्न सकिने कांग्रेसको संकेत छ । यस्तै काभ्रेका दुई सीटमा माओवादी र कांग्रेसबीच एक–एक सीट बाँडफाँड हुनसक्छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लड्ने चितवन क्षेत्र नम्बर ३ बाहेक चितवनका दुई क्षेत्रमा कांग्रेसको दाबी रहने छ । स्थानीय चुनावमा भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनले प्राप्त गरेको फराकिलो विजयपछि प्रचण्डको निर्वाचन क्षेत्र बलियो भएको माओवादीको मूल्यांकन छ ।
यसअघि एमालेले दुवै सीट जितेको मकवानपुरमा एक सीट नेकपा एसलाई दिन कांग्रेस तयार हुने देखिन्छ । तर, नेकपा एसका नेता विरोध खतिवडा लड्ने क्षेत्रमा कांग्रेस सहमहामन्त्री महलक्ष्मी उपाध्याय डिना लड्ने सम्भावना छ । त्यो अवस्थामा यी दुई नेताबीच क्षेत्र हेरफेरको सम्भावना रहन्छ ।
बागमती प्रदेशका कांग्रेस संसदीय दलका नेता एवं कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँ पनि सशक्त दाबेदार हुन् । उनी संघमा चुनाव लड्न खोेजे भने मकवानपुरमा सीट मिलान कठिन हुने नेताहरू बताउँछन् ।
सीट बाँडफाट गर्न गठित कार्यदलमा कांग्रेसले यही खाका लिएर छलफलमा बस्ने ती नेताले बताए । पाँचदलीय मोर्चाका अन्य घटकले पनि आफू अनुकूलको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् ।
धादिङ र नुवाकोटमा एक–एक क्षेत्र लिएर एक–एक क्षेत्र माओवादी या नेकपा एसलाई दिन सकिने कांग्रेसको बुझाइ छ । बागमती प्रदेशका मुख्यमन्त्री रहेका राजेन्द्र पाण्डे धादिङ– १ बाट चुनाव लड्ने तरखरमा छन् । नेकपा एसले दाबी गर्ने थोरै सीटमध्ये पाण्डेको क्षेत्र पनि एक हो । तर, सोही क्षेत्रमा बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री शालिकराम जमरकट्टेलको पनि दाबी छ ।
धादिङ १ मा पर्ने ५ मध्ये २ स्थानीय तहमा अध्यक्ष र एउटामा उपाध्यक्ष जितेको माओवादीले संगठनात्मक रूपमा पनि धादिङ १ मा एमालेपछि आफूहरू बलियो रहेको दाबी गर्दै आएको छ ।
सीट बाँडफाँड गर्न गठित कार्यदलको बैठकअघि सोमवार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा नेताहरूले १ सय सीट कांग्रेसले राखेर बाँकी गठबन्धनका अन्य घटकलाई दिन सकिने बताएका थिए ।
बहुमत सीटमा दाबी गर्नुपर्ने अन्य नेताहरूको प्रस्ताव देउवाले सुनिरहे पनि कुनै प्रतिक्रिया भने जनाएनन् । गठबन्धनका साझेदारलाई सम्मानजनक सीट दिएर तालमेल गर्ने देउवाले बताउँदै आएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पनि क्लस्टर बनाएर सीट बाँडफाँड गर्दा गठबन्धनका उम्मेदवारको विजयी सुनिश्चित हुने बताउँछन् ।
‘तालमेलको सैद्धान्तिक सहमति भएपछि सीट बाँडफाँडको मोडालिटीबारे भर्खर छलफल हुँदैछ,’ सिवाकोटीले लोकान्तरसँग भने ।
कांग्रेसले काठमाडौं उपत्यकामा १५ मध्ये १२ सीट आफैँले राखेर बाँकी ३ सीट मात्र छाड्न सक्ने गरी दाबी गर्न लागेको छ । उपत्यकामा तालमेल गर्दा नेकपा एसलाई दुई र माओवादीलाई एक सीट छाड्न पर्न सक्ने कांग्रेसको आन्तरिक आकलन छ । काठमाडौं २ र ८ एसलाई छाड्नुपर्ने अवस्था आउने कांग्रेसको आन्तरिक बुझाई छ ।
काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये माधव नेपालले चुनाव लड्न चाहेमा क्षेत्र नम्बर २ छाड्न सकिने कांग्रेसको बुझाइ छ । २०७४ सालमा काठमाडौं २ बाट चुनाव जितेका माधव नेपाल रौतहट या काठमाडौं कहाँबाट चुनाव लड्ने टुंगो लागेको छैन । विगतमा उनी चुनाव लडेको रौतहटमा भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एसले राम्रो मत ल्याएको छ । स्थानीय तहको मत विश्लेषणका आधारमा रौतहट १ मा नेकपा एसले एक्लै चुनाव जित्ने देखिएको छ ।
२०७४ सालमा काठमाडौं ८ बाट चुनाव जितेका जीवनराम श्रेष्ठको क्षेत्रमा पनि नेकपा एसको सशक्त दाबी छ । यो क्षेत्र पनि कांग्रेसले तालमेलका लागि साझेदार दललाई दिनसक्ने सम्भावना छ ।
नेकपा एसकी सचिव रामकुमारी झाँक्रीले पनि काठमाडौं १ बाट चुनाव लड्ने संकेत गरेकी छिन् । तर काठमाडौं १ का रैथाने उम्मेदवार प्रकाशमानले यो सीट छाड्ने सम्भावना छैन । प्रकाशमानले शनिवार मात्र अवसर पाए देशकै नेतृत्व गर्ने भनेर प्रधानमन्त्री बन्छु भन्ने महत्त्वाकांक्षा देखाएका थिए । यस्तो अवस्थामा झाँक्रीले काठमाडौं २ मा दाबी गर्ने सम्भावना पनि छ ।
ललितपुरमा माओवादी नेतृ पम्फा भुसालले चुनाव जित्दै आएको क्षेत्र छाड्न कांग्रेस तयार भएको छ । यो क्षेत्रमा तुलनात्मक रूपमा भुसालको व्यक्तिगत प्रभाव राम्रो छ । कृष्णलाल महर्जनले चुनाव जित्दै आएको ललितपुर– २ मा पनि एसले दाबी गर्ने देखिएको छ ।
भक्तपुरमा दुवै सीटमा आफूले दाबी गर्ने कांग्रेसको आन्तरिक तयारी छ । भक्तपुर– १ नेमकिपाले जित्दै आएको छ भने २ मा एमालेका महेश बस्नेतले चुनाव जितेका थिए । स्थानीय तह निर्वाचनको मत विश्लेषणका आधारमा भक्तपुर– २ आफूले जित्न सहज हुने कांग्रेसको आंकलन छ ।
५०/५० प्रतिशत हुनुपर्छ, कांग्रेसलाई १०० सीट दिएर तालमेल हुँदैन– माओवादी
कांग्रेसको दाबी एकातर्फ भएपनि गठबन्धनका अन्य दलको माग पनि चर्को छ । माओवादी केन्द्रले विगतमा एमालेले दिएको जति क्षेत्र पाउनु पर्ने दाबी गरेको छ । नेकपा एसले विगतमा एमालेले जितेका धेरै ठाउँ आफूले पाउनु पर्ने दाबी गरेको छ ।
कांग्रेसले दाबी गरेकै आधारमा १०० सीट दिएर तालमेल हुन नसक्ने माओवादीको भनाइ छ । तेस्रो हैसियतमा रहको माओवादीले चुनावको निर्णायक शक्ति बन्ने सामर्थ्य आफूसँग रहेको बताउँदै आएको छ । प्रधानमन्त्री देउवा माओवादीलाई कुनैपनि हालतमा बिच्क्याउन नहुने पक्षमा छन् ।
माओवादी केन्द्रका एक प्रभावशाली नेताले बढीमा ५० प्रतिशत सीट कांग्रेसलाई दिएर मात्र तालमेल हुने बताए । ‘५० प्रतिशत कांग्रेसलाई दिएर बाँकी ५० प्रतिशतमा ३० माओवादी र १०/१० नेकपा एस र जसपाले लिने हाम्रो प्रस्ताव छ,’ माओवादीका ती नेताले भने, ‘इमान्दारीपूर्वक तालमेल गर्ने हो भने हामीहरूको प्रस्ताव सबैलाई मान्य हुने खालको छ ।’
जनमोर्चालाई एक सीट छाडेर १६४ सीटमध्ये कांग्रेसले ८२ सीट लिने र ८२ सीटमा माओवादी, नेकपा एस र जसपाले बाँडफाँड गर्ने माओवादीको प्रस्ताव छ । महन्थ ठाकुरको लोसपालाई गठबन्धनमा ल्याएमा कांग्रेसले आफ्नो हिस्साबाट काटेर दिनुपर्ने माओवादीका ती नेताले जिकिर गरे । वामदेव गौतमको पार्टी र डा. बाबुराम भट्टराईको नवगठित पार्टीलाई आफूहरूको भागबाट दिन सकिने माओवादीले संकेत गरेको छ ।
संस्थापन पक्षका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा २०७४ सालको निर्वाचनको नतिजाकै आधारमा अहिले सीट बाँडफाँड गर्न नसकिने बताउँछन् । ‘पाँच वर्षमा राजनीतिक समीकरण धेरै परिवर्तन र फेरबदल आएको छ, विगतमा जितेको सीटलाई एउटा आधार मान्न सकिएला, त्यही नै अन्तिम आधार हुँदैन,’ खतिवडाले लोकान्तरसँग भने ।
माओवादीका दोस्रो तहका नेताहरू भने पार्टी अध्यक्षले ‘डील गर्ने’ विषयमा आफूहरू बोल्नुको अर्थ नभएको बताउँछन् । ‘गठबन्धनले तालमेल गर्ने कुरा गरिसकेको छ, सीटमा तलमाथि होला, प्रचण्ड र देउवा मिलेर कुरा गरेपछि सबै मिल्छ,’ माओवादीका ती नेताले लोकान्तरसँग भने ।
बागमतीमा जस्तै अन्य प्रदेशमा पनि क्लस्टर बनाएर सीट बाँड्दा नतिजा निकाल्न सकिने कांग्रेसको तर्क छ । २६ गते बस्ने कार्यदलको अर्को बैठकमा कांग्रेसले केही ठोस प्रस्ताव लैजाने तयारी गरेको छ । महामन्त्री गगन थापाले केही गृहकार्य गरिरहेको स्रोतले बतायो ।
शुक्रवार बसेको शीर्ष नेताको बैठकमा भदौ पहिलो साताभित्र सीट बाँडफाँडको टुंगो लगाउने सहमति भएको थियो । गठबन्धनमा निर्वाचन क्षेत्रको बाँडफाँड भएपछि मात्र त्यस आधारमा समानुपातिकको बन्दसूची तयार हुने भएकाले बाँडफाँडमा विलम्ब गर्ने पक्षमा नरहेको नेकपा एसका एक नेताले बताए ।
मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले दशैंलगत्तै उम्मेदवारी मनोनयनको कार्यक्रम राख्ने गरी निर्वाचन कार्यतालिका बनाउन थालेको छ ।
असल सामाजिक मूल्य मान्यता, सुसंस्कृत भाषा, सांस्कृतिक आचरणले मात्र सभ्य समाज निर्माण गर्न सक्छ । तर, पछिल्लो समय कथित लोकप्रियताका नाममा बग्रेल्ती देखिएका अभियन्ताबाट हुँदै आएका क्रियाकलापले हाम्रो सामाजिक मूल्य मा...
कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएपछि नेपाली समाजमा यसको पक्ष र विपक्षलाई लिएर बहस भइरहेको छ । कतिले टिकटकले सामाजिक सद्भाव र एकतामा खलल पुर्याएको भन्ने स...
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ’ अभियानका नाममा भोलि (मंसिर ७ गते) मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्न लागेको कार्यक्रमलाई लिएर राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
‘मंसिर ७ पछि के हुन्छ ?’ दशैंतिहारमा गाउँबाट शहर फर्केकादेखि विदेश बस्ने चिनजानका साथीसम्मले प्रश्न गरेपछि मात्र मलाई दुर्गा प्रसाईंले काठमाडौंमा प्रदर्शन गर्न लागेको थाहा पाएको थिएँ । प्रश्...
गत चुनावबाट बालेन साह, रवि लामिछाने र हर्क साम्पाङहरूको उदयपछि परम्परागत दलसामु देखिएको चुनौती टरेको छैन । यही बेला अर्का एक व्यवसायीले पनि दलहरूसामु चुनौती खडा गर्ने गरी अभियान थालेका छन् । २०६४ सालयत...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...