कात्तिक २८, २०८०
तिहारका लागि फूलमाला खरिद गर्ने उपभोक्ता बढेपछि व्यवसायलाई भ्याईनभ्याई भएको छ । तिहार शुरू भएदेखि नै फूलबारीमा ग्राहक आफैं पुगेर फूल खरिद गर्न थालेपछि व्यवसायी उत्साहित छन् । यतिब...
साउन २५, २०७९
भारतीयसँगै नेपाली मुद्राको अवमूल्यनका कारण पछिल्लो समय डलर निकै महंगो पर्न थालेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मूल्यअनुसार अहिले १ अमेरिकी डलर खरिद गर्न नेपाली मुद्रा १२७ रुपैयाँ ७६ पैसा खर्च गर्नुपर्छ ।
डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदै जाँदा नेपालमा विदेशी मुद्राको सञ्चिति घटेको अवस्था छ । निर्यातको तुलनामा आयात निकै बढी हुँदा डलर आम्दानीभन्दा खर्च उच्च छ ।
नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रामा प्रत्यक्ष असर परेको बताए ।
‘नेपाली रुपैयाँ भारतीय मुद्रासँग आधारित रहने गरेको छ । भारु र नेरुबीच स्थिर विनिमय दर हुँदा भारुको अवमूल्यनले नेपाली मुद्रा समेत प्रत्यक्ष प्रभावित हुन्छ,’ श्रेष्ठले भने ।
उनले थपे, ‘अमेरिकाले मौद्रिक नीतिमा गरेको कडाइ, संघीय रिजर्भ कोषको रकम ०.५ बाट बढाएर २.०५ प्रतिशत पुर्याएको आदि कारणले गर्दा अमेरिकामा ब्याजदर बढी पाइने अवस्था छ । सोही कारण भारतबाट पूँजी पलायन समेत हुने गरेको छ ।’
भारतमा समेत डलरको सञ्चिति घट्दो अवस्थामा रहेको उनले बताए । भारतीय मुद्राको अवमूल्यन हुँदा नेपाली मुद्रा पनि सोही दरमा अवमूल्यन हुने गरेको छ ।
विदेशी ऋणका आयोजनाको लागत बढ्यो
डलरको मूल्य बढेकै कारण नेपालमा विदेशी ऋणका आयोजनाको लागत बढिरहेको छ । अर्थ मन्त्रालयका अनुसार प्रति डलर ७० रुपैयाँ हुँदा सटही दर हुँदा सम्झौता भएका आयोजना अहिलेसम्म सकिएका छैनन् ।
आयोजनाको निर्माण समयमा नै गर्न नसक्दा बर्सेनि डलरको मूल्य बढेकै कारण आयोजनाको लागत बढिरहेको अर्थ मन्त्रालयअन्तर्गत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव डिल्लीराज आचार्यले बताए ।
उनले भने ‘डलरको मूल्य बढ्दै जाँदा आयोजनाको लागत पनि बढ्ने हुन्छ ।’
एक दशक अगाडि सम्झौता भएका आयोजना अहिले पनि सम्पन्न भएका छैनन् । सटही दर ७०/८० हुँदा सम्झौता भए पनि अहिले १२८ पुग्दा त्यही अनुपातमा खर्च बढेको छ ।
डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन हुँदा कति लागत बढ्यो भन्ने विषयमा यकिन तथ्यांक तयार भइनसकेको आचार्यले बताए ।
विद्युत् प्राधिकरणलाई गलपासो बन्दै डलरको पीपीए
नेपाल विद्युत् प्राधिकरणले विदेशी लगानीका आयोजनालाई डलरमै भुक्तानी गर्ने गरी विद्युत् व्यापार सम्झौता (पीपीए) गर्ने गरेको छ ।
डलरमा गरिने यस्तो पीपीए नेपाली मुद्राको अवमूल्यनका कारण प्राधिकरणलाई गलपासो बनेको छ ।
प्राधिकरणले दुई दशक अगाडिदेखि नै डलरमा पीपीए गर्ने गरेको हो । यस्तो आयोजनालाई लामो समयसम्म डलरमै भुक्तानी गर्नुपर्ने हुँदा नेपाली मुद्रा अवमूल्यन हुँदा प्राधिकरणलाई विद्युत् खरिद मूल्य उच्च पर्ने गरेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।
भट्टराइले भने, ‘वर्षौंअगाडि भएको सम्झौताअनुसार डलरमै भुक्तानी गर्ने भनिएको आयोजनाको रकम अहिले पनि सोहीअनुसार भुक्तानी गर्नुपर्ने हुन्छ । एक दशक अगाडिको तुलनामा अहिलेको भुक्तानी निकै बढेको छ । यो प्राधिकरणको बाध्यता पनि हो ।’
विद्युत् प्राधिकरणले डलरमा पीपीए गरेको पहिलो आयोजना ६० मेगावाटको खिम्ती (१ माघ २०५२)मा हो । त्यसपछि एकपछि डलरमा पीपीए गरिएका आयोजना एक दर्जन पुगेका छन् ।
प्राधिकरणले माथिल्लो भोटेकोसी (४५ मेगावाट, तल्लो सोलु (८२ मेगावाट), माथिल्लो मर्स्याङ्दी ए (५० मेगावाट), कोबेली ए (३७.६ मेगावाट)को डलरमा पीपीए गरेको छ । रसुवा–भोटेकोसी (१२० मेगावाट) र माथिल्लो त्रिशुली ए (२१६ मेगावाट) जलविद्युत् आयोजनाको पनि डलरमै पीपीए भएको छ ।
यस्तो पीपीएबाट उक्त आयोजनाले दिने बिजुलीबापतको कबोल गरेको रकम डलरमा नै भुक्तानी गर्नुपर्छ । प्राधिकरणले प्रतियुनिट ८ रुपैयाँ ३० पैसा औसतमा आयोजनालाई दिने गरेको छ ।
डलरमा पीपीए गर्दा विदेशी मुद्रा विनिमय जोखिम बेहोर्न हेजिङ फन्ड नामक कोष स्थापना गर्ने भनिएको छ । नेपाली मुद्रा अवमूल्यनका कारण प्राधिकरणलाई अतिरिक्त व्ययभार पर्ने अवस्थामा यस्तो कोषबाट रकम व्यहोर्ने र प्राधिकरणलाई वित्तीय जोखिम कम गर्ने भनिएको छ । तर, अहिलेसम्म हेजिङ फन्ड स्थापना भएको छैन ।
डलर बढ्दाका बेफाइदा
नेपालले गर्ने वैदेशिक व्यापारमा डलरको प्रयोग हुन्छ । वस्तु तथा सेवा आयात गर्दा डलरमा खरिद गर्नुपर्छ । नेपालमा वार्षिक १९ खर्ब २० अर्ब रुपैयाँको आयात हुन थालेको छ । यस्तो आयात गर्न नेपाली मुद्रा सटही गरेर डलरमा भुक्तानी गर्नुपर्छ ।
नेपालको निर्यातको तुलनामा ठूलो हिस्सा आयातमै खर्च हुने गरेको छ । आयात मात्रै बढेको र निर्यातको हिस्सा न्यून भएको हुँदा आयातमै धेरै विदेशी मुद्रा खर्च हुने अवस्था छ । आयातको तुलनामा निर्यात बढाउने वा विदेशी मुद्रा आर्जन हुने पर्यटन क्षेत्रबाट आय बढाउने आधार देशले तय गर्नुपर्ने विज्ञहरू बताउँछन् ।
पछिल्लो समय विदेशी मुद्राको सञ्चिति घट्नुमा पनि नेपाली मुद्राको अवमूल्यन एक कारण हो । डलर महंगो हुँदा आयातमा हुने खर्च बढिरहेको छ । जसले व्यापार घाटा बढाउन र अर्थतन्त्रलाई नै संकटमा पार्न भूमिका खेलिरहेको छ ।
डलरको मूल्य बढ्दा नेपालले विभिन्न देशबाट लिएको ऋणको साँवा ब्याज भुक्तानी गर्दासमेत विदेशी मुद्रा बढी खर्च हुन्छ । नेपालले हालसम्म ९ खर्ब ७६ अर्ब रुपैयाँ वैदेशिक ऋण लिएको छ । यस्तो ऋणका लागि वार्षिक करीब १ अर्ब डलर सावाँ/ ब्याजका लागि मात्रै भुक्तानी गर्नुपर्ने हुन्छ ।
यस्तो बेला बाहिरबाट डलर आम्दानी बढाउने र भुक्तानी कम गरेर विदेशी मुद्रा सञ्चिति बढाउनुपर्ने चुनौति रहेको राष्ट्र बैैंकको विदेशी विनिमय विभागका अधिकारीहरू बताउँछन् ।
सीमित क्षेत्रमा फाइदा
डलरको मूल्य बढ्दा नेपालमा विदेशी मुद्रा भित्र्याउने निकायलाई भने फाइदा हुन्छ । नेपालमा रहेका विभिन्न कम्पनीमार्फत आउने रेमिट्यान्समा पनि यसको सकारात्मक प्रभाव परिरहेको छ ।
रेमिटेन्स पठाउँदा नेपाली रुपैयाँमा पाउनेले बढी पाउँछन् । यस्तो रेमिट्यान्स रकम गत आर्थिक वर्ष २०७८/८९ को जेठसम्ममा ९ खर्ब ४ अर्ब १८ करोड रुपैयाँ नेपाल भित्रिएको छ ।
यस्तो रकम गत वर्षको सोही अवधिसम्मको तुलनामा ३.८ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । अमेरिकी डलरमा रेमिट्यान्स आय १.५ प्रतिशतले बढेर ७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो डलरमा रेमिट्यान्स आय १०.५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
डलरमा निर्यात गर्नेलाई पनि फाइदा छ । नेपालले गत वर्ष २ खर्ब रुपैयाँको निर्यात गरेको थियो, जुन आयातको तुलनामा नगन्य हो ।
यस्तो बेला पर्यटन क्षेत्रबाट हुने आम्दानी पनि बढ्ने हुन्छ । नेपालमा विदेशी पर्यटक आउँदा डलर बोकेर आउने र डलर कार्डबाट हुने खर्चका कारण पनि विदेशी मुद्रा बढाउन सहयोग गर्छ ।
गत वर्ष नेपालमा पर्यटन क्षेत्रबाट भएको आम्दानी ७ अर्ब रुपैयाँबराबर मात्रै छ । कोरोना महामारीपछि घटेको यस्तो आय ७० अर्बभन्दा बढी पुगिसकेको राष्ट्र बैंकले जारी गरेको जेठसम्मको तथ्यांकले देखाएको छ ।
तिहारका लागि फूलमाला खरिद गर्ने उपभोक्ता बढेपछि व्यवसायलाई भ्याईनभ्याई भएको छ । तिहार शुरू भएदेखि नै फूलबारीमा ग्राहक आफैं पुगेर फूल खरिद गर्न थालेपछि व्यवसायी उत्साहित छन् । यतिब...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भूकम्प प्रभावितका लागि १० लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको छ । यही कात्तिक १७ गते शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर ६ दशमलव ४ म्य...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
आठ वर्षअघि सरकारले सबै प्रदेशमा एक/एकवटा ठूला औद्योगिक क्षेत्र निर्माण गर्ने भनी अघि सारेको योजना अलपत्र परेको छ । आर्थिक विकासका लागि औद्योगिक पूर्वाधार बनाउने उद्देश्यले निर्माण थालिएका आयोजना कतै जग्गा विवा...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
काठमाडौंको सीतापाइलाबाट करिब ४ किलोमिटरभित्र कल्लाबारी पर्छ । ह्वाइट गुम्बा पछाडि नागार्जुन वडा नम्बर ६ मा पर्ने यो ठाउँको दृश्य निकै मनमोहक देखिन्छ । हुन पनि डाँडाको एक पाखो पूरै फूलैफूलल...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...