×

NMB BANK
NIC ASIA

आसन्न चुनावपछि एमाले फेरि सरकारमा आउँछ : उपाध्यक्ष नेम्वाङ

साउन ३०, २०७९

NTC
Premier Steels

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी संघ र प्रदेशको निर्वाचनबाट फेरि एमाले सरकारमा आउने दाबी गरेका छन् ।

Muktinath Bank

एमालेले जनप्रिय कामहरू गरेकाले फेरि सरकारमा आउने उनले दाबी गरे । प्रेस चौतारी नेपाल अर्घाखाँचीले सोमवार सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेम्वाङले पार्टीले आगामी निर्वाचनका लागि तयारी पूरा गरिसकेकाले निर्वाचनमा एक्लै अगाडि बढ्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आउने निर्वाचनमा आफूहरूका लागि चुनौती रहेपनि मिल्न सक्ने दलहरूसँग संवाद भइरहेको उनको भनाइ छ । नभए एमाले एक्लै निर्वाचनमा जाने तयारीमा रहेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

गत स्थानीय तह निर्वाचनमा एमालेलाई जनताले लोकप्रिय मत दिएकाले अबको निर्वाचनमा समेत एमाले पहिलो पार्टी बन्ने उनले बताए । पार्टी भित्रको आन्तरिक समस्याले स्थानीय निर्वाचनमा सोचे अनुरूप परिणाम आउन नसकेको भन्दै नेम्वाङले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा कमीकमजोरीलाई सच्चाएर अगाडि बढ्ने बताए । 

Vianet communication

फरक प्रसङ्गमा नेता नेम्वाङले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएको विषयलाई एमालेले स्वागत र विरोध केही पनि नगरेको स्पष्ट पारे । संविधानले दिएको अधिकार राष्ट्रपतिले प्रयोग गरेको भन्दै त्यसमा एमालेले कुनै टिप्पणी नगर्ने उनको भनाइ थियो ।

नेकपा एमालेले देशैभर सञ्चालन गरेको पार्टी प्रशिक्षण कार्यक्रमअन्तर्गत अर्घाखाँची आएका उपाध्यक्ष नेम्वाङले १ हजार १०० नेता कार्यकर्तालाई प्रशिक्षित गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x