×

NMB BANK
NIC ASIA

नेकपा एसमा उम्मेदवार छनोटको गृहकार्य शुरू

भदौ ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं छनोट गर्न यही भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्न निर्देशन दिएको छ ।

Muktinath Bank

प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले निर्धारित समयमा गरेको सिफारिसलाई सम्बन्धित जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिस गर्नुपर्ने छ । पार्टीका महासचिव डा.बेदुराम भुसालका अनुसार ती सिफारिस भएका नामलाई प्रदेश कमिटीले भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गर्ने र केन्द्रीय कमिटीले भदौ २० गतेभित्र उम्मेदवारको अन्तिम निर्णय गरिने छ । केन्द्रले उम्मेदवार छनोटका लागि औपचारिक तथा अनौपचारिक रूपमा प्रक्रिया शुरु गरिसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको नेता तथा कार्यकर्तालाई उम्मेदवार बनाइने छ । पार्टी संगठन निर्माणमा सक्रिय भूमिका खेलेका र योगदान गरेको, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको तथा सक्रिय र समावेशीताको सिद्धान्तअनुसार उम्मेदवार छनोट गरिने छ ।


Advertisment
Nabil box
Kumari

प्रतिनिधिसभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिक तर्फको उम्मेदवार बनाउनका लागि पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तीमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्न गृहकार्य भइरहेको छ । जिल्ला कमिटीले उक्त चार जनामध्येबाट कम्तीमा एक महिलासहित बढीमा तीनजनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने छ । 

Vianet communication
Laxmi Bank

प्रदेश कमिटीले उक्त तीन जनाप्रतिको आफ्नो धारणासहित केन्द्रमा पठाउन तथा केन्द्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भई आएका तीन जनामध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्फ उम्मेदवार बनाउन निर्णय गर्ने पार्टी केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले जानकारी दिए । 

प्रदेशसभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार बनाउनका लागि पार्टीको प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले नाम सिफारिस गर्ने छ । उनका अनुसार पार्टी संगठनमा योग्य र सक्षम नेता भए पनि पार्टी गठबन्धनमा आबद्ध रहेकाले त्यसको भावनाअनुसार फरक÷फरक भूगोलमा उम्मेदवार छनोट गर्नुपर्ने छ ।
 
एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कमिटीले नै प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको काम गर्ने छ । यदि कुनै जिल्लामा निर्वाचन क्षेत्रीय समन्वय कमिटी नबनेको भए एक हप्ताभित्र उक्त कमिटी गठन गरी सिफारिससम्बन्धी काम गर्न परिपत्र गरेको छ ।

विशेष प्रदेश र विशेष जिल्ला कमिटीले पनि समानुपातिक उम्मेदवारका लागि एक महिला र एक पुरुषको नाम सिफारिस गर्नसक्ने छन् । केन्द्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भई आएका र केन्द्रको अभिलेखमा रहेका नामबाट छनोट गरी बन्दसूची तयार गर्ने छ । उम्मेदवारसम्बन्धी निर्णय सकेसम्म कमिटीको पूर्ण बैठकबाट गर्ने, पूर्ण बैठक बस्न सम्भव नभएमा सचिवालयको बैठकबाट पनि टुङ्गो लगाउने नीति छ । कुनै निर्णय विवादित भएमा एक तह माथिल्लो कमिटीले छानबिन गरी फैसला गर्ने छ ।

पार्टीका जनवर्गीय संगठनले विभिन्न रचनात्मक कार्य गरी देशभर पार्टीका पक्षमा  जनमत सिर्जना गर्न चुनावी अभियान सुरु गरी प्रचारसमेत थालेको छ । उम्मेदवार छनोट भएपछि घरदैलोलगायत प्रचार प्रसार कार्य गरिने छ । रासस
०००
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x