×

NMB BANK
NIC ASIA

गोक्यो यात्रामा मज्जाले दुई दिनसम्म हिउँ पर्‍यो । हिउँसँग रमाउँदै र कति ठाउँमा लड्दै गोक्यो पुगियो । गोक्योको सुन्दरताको व्याख्या यसअघिको फोटो कथामा गरी सकें । गोक्यो तालसम्म यात्रामा हिउँ परेको कुरालाई फेरि पनि जोडेर केही फरक तस्वीरसहित यात्रालाई स्मरण गर्न मन लाग्यो । घुम्न जाने पर्यटकहरू आफ्नो गन्तव्यलाई नै अन्तिम लक्ष्य बनाएर निरन्तर यात्रा गरिरहन्छन् । बाटोमा देखिएका र भेटिएका कुराहरू उनीहरूलाई नौलो लाग्छ, त्यसबाट नयाँ अनुभूति संगाल्दै रमाउने पर्यटकहरूको विशेषता नै हो । वास्तवमा उनीहरूको उद्धेश्य नै नयाँ र नौलोपनको अनुभव गर्दै त्यसैमा रमाउनकै लागी पैसा र समय खर्चेर त्यस्ता फरक–फरक गन्तव्यमा पुग्ने गर्दछन् । 

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रकृतिक सौन्दर्यताको मनोरम दृष्यमा रमाउँदै गोक्याे ताल पुग्ने क्रममा बाटोमा देखेको र भेटेका दृष्यले मलाई निकै छोयो । हिउँमा जीवन जिउने त्यहाँका स्थानीय मानिस, रैथाने चौपाया, पक्षीले हिमालको हिउँसँग जीवन बाँच्ने कला पनि सिकेका रहेछन् । प्रकृतिले उनीहरूलाई त्यो गुण प्रदान गरेको छ । भारी हिमपातले सेताम्मे बनेको खुम्बु क्षेत्रमा सबैको दैनिकी एकनासको थियो । सधैझै मानिसहरू आफ्नो काममा व्यस्त थिए । चौरीहरू हिउँको थुप्रोमा चर्न तयार थिए, हिमाली पक्षीहरू हिउँ बीच–बीचबाट निस्किएका बुट्यानहरूमा चरेर भोक मेटाइरहेका थिए । हिउँको चट्टान तैरिने गोक्यो तालमा जलहाँसहरू रमाइरहेका थिए । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

नेपाल भौगोलिक विविधताको अनुपम उहारले सुसज्जित भूमि हो । त्यसैले हामी हिमाल हेर्न, हिउँ खेल्न, हिमताल देख्न फरक भूगोलबाट खुम्बु क्षेत्रको पदयात्रामा निस्किएका थियौँ । केही घण्टाको यात्रामा नै हामी फरक भूगोल र फरक हावा–पानी पाउनसक्ने विशेषतायुक्त देशका नागरिक । यसमा हामीलाई गर्व छ ।  त्यसैले कहिले नदेखका यस्ता दृष्य र कुराहरूले आम मानिसलाई नौलो अनुभूति दिलाउँछ नै र मलाई पनि । भौगोलिक विविधताको फरकपनसँगै जोडिएर आउने अर्को विशेषता भनेको सुगमता र विकटता हो । हिमाली क्षेत्रहरू भनेको भौगोलिक विकटताको पर्याय हो, भन्न धक लाग्दैन । 

खुम्बु क्षेत्रको यात्रा गर्दा परेको हिउँले सबैलाई सोचेभन्दा धेरै रमाइलो अनुभव गराइरहेको थियो । मौसमले साथ दिएकैले होला, बेमौसममा हिउँ परेर हिउँसँग धित मरुन्जेल खेल्ने मौका पाइयो । हिउँसँग हामी रमाइरहँदा त्यस क्षेत्रको दैनिकीलाई भने असहज बनाएको थियो । हिउँले ढाकेर सेताम्मे बनेको विकट हिमाली बाटोमा ज्यानले थामेसम्मको भारीबोकेर हिँड्ने भरीयाको जीवनलाई पक्कै असहज बनाएको थियो । चरनमा चरेर बाँच्नु पर्ने चौरीहरू भोकै थिए त्यसैले तस्वीरमा देखिएजस्तै हिउँमा चर्न निस्किएका छन चौरीहरू । पक्षीहरू हिउँको थुप्रोमा आहार खोज्दै छन् । 

घर वरपर मात्र होइन घरको छानाले नै थाम्न नसक्ने गरी हिउँ परेको छ । डोकोले उघाएर आँगनमा परेको हिउँ पन्छाउँदै छन् स्थानीय महिला । माटो र चट्टान पूरै ढाकिने गरी परेको हिउँमा नांगो आँखाले हेर्न मिल्दैन । यात्रामा जतिसुकै कठिनाइ भए पनि सबैले हिमाली क्षेत्रमा जाँदा लगाइने एक विशेष प्रकारको चस्मा लगाउनै पर्ने । राति नसुत्दासम्म र बिहान उठ्नेवित्तिकै ओछ्यानबाटै चस्मा लगाएर मात्र बाहिर हेर्न मिल्ने । हामी कहिले हिउँ नदेखेका र हिउँ नखेलेकाहरू जाडोमा काठमाडौं वरपरका क्षेत्रमा हिउँ पर्दा भिडाम–भीड र ठेलम–ठेल गरेर हिउँ खेल्न जान्छौँ, तर यहाँ हिउँसँग खेलेर होइन संघर्ष गरेर जीवन बाँच्नु पर्दोरहेछ । यसरी नै बाँचेका छन् यहाँका सम्पूर्ण जीव–जीवात्मा ।

यातायातको सञ्जालले यस क्षेत्रलाई जोडेको छैन । सामान ओसार–पसार गर्ने प्रमुख साधन चौरी र स्वयं मानिसहरू नै हुन् । चौरीलाई भारी बोकाएर हिँडेका लस्करहरू देखिन्छन् । यही भारी बोकेर चौरीहरू आफू बाचेको छ र मानिसलाई पनि बचाएको छ । त्यसैले यस क्षेत्रमा हिउँ पर्दा सामान ओसर–पसारमा पनि असर पर्छ । 

हिमाली क्षेत्रको भीरमा नाउर चर्दैछ , त्यसैगरी साँझमा बास बस्ने तयारी गर्दै गरेको राष्ट्रिय पक्षी डाँफेले आफ्नो बहुरंगी शरीर देखाउँदै जो कोहीलाई मोहित बनाउँछ । गोक्यो तालको डिलमा बसेको एक जोडी कोङ्मा हिउँकुखुरा (टिबटेन स्नोकक)को प्रेमिल जोडी । हिउँमा चर्दै गरेको यी हिउँ कुखुरा । सेताम्मे हिउँसँग जीवन बाँचिरहेको छ । त्यहीको झार र घाँस खाएर बाँच्न सक्ने शाक्ति छ यिनीहरूमा । 

उच्च हिमाली क्षेत्रमा हिउँ र हिमालसँग त्यहाँका सबै प्राणी जगतले आफूलाई पूरै समायोजन गरेको छ । त्यस्तै वातावरणमा बाँच्न सक्ने शारीरिक स्वरुपको विकास गरेको छ । भौगोलिक उचाइसँगै यस क्षेत्रको वायुमण्डलमा अक्सिजनको मात्रा पनि कम हुन्छ । कम अक्सिजनमा पनि जीवन चलेकै छ, उनीहरूको । 

हामी केही दिनको पाहुना भएर घुम्न जाँदा जति रमाइलो अनुभूति प्राप्त हुन्छ, तर त्यही बसेर वास्तविक जीवन जिउनेहरूलाई मात्र थाहा होला भौगोलिक विकटताको पीडा र हिउँ पर्दा दैनिकीमा आइपर्ने कठिनाइ । 

हिउँ र हिमालसँग जोडिएको मात्रै पनि छैन हिमाली जीवनको दैनिकी । त्यस क्षेत्रका मानिसहरूको संस्कार, संस्कृति, भेषभुषा, भाषा र खानपान छुट्टै खालको छ । यस क्षेत्रको यात्रामा भेटिने मानिसहरू मिलनसार र आतिथ्य सत्कारमा मन, वचन र कर्मले समर्पित भएर लागेको देख्दा अतिथि देवो भवः भन्ने भनाइलाई व्यवहारमा उतारेको भान हुन्छ । यस क्षेत्रका पुरुषहरू घर बाहिरको काममा बढी व्यस्त हुन्छन् भने महिलाहरू घरधन्दा सँगै होटल व्यावसाय गर्ने गर्दछन् ।

आफ्नो मौलिक परम्परालाई जगेर्ना गर्ने कार्यमा महिलाहरू सक्रिय ढंगले लागेका छन् । उनीहरूले आमा समूह बनाएर विभिन्न सामाजिक सांस्कृतिक कार्यमा आफूहरूलाई सहभागी गराएका छन् । यस क्षेत्रमा आएका पर्यटकहरूलाई मौलिक भेषभुषामा स्थानीय खानाको परिकार बनाएर खुवाउन महिलाहरू सक्रिय छन् । आलुको विभिन्न परिकारहरू यस ठाउँको विशेषता  हो । आलुको रोटी यस क्षेत्रमा आउने पर्यटकलाई खुवाउन छुटाउँदैनन् यहाँका स्थानीहरूले । 

नेपालको सबैभन्दा धेरै हिमाल भएको जिल्ला सोलुखम्बु हो । यसलाई हिमाली हब भनेर पनि चिन्ने गरिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुराहरूले यस क्षेत्रको गौरव र पर्यटक आकर्षणलाई अझ बढाएका छन् । यहाँ स्थानीय बासिन्दा र पर्वतारोहीहरूले प्रयोग गर्दै आएका गोक्यो, खुम्बु, छुकुम र नाङ्गपा मुख्य चारवटा उपत्यकाहरू रहेका छन् ।

खुम्बु क्षेत्रको हिमाल र तालसँग मात्र जोडिएको छैन सांस्कृतिक महत्वको क्षेत्र पनि हो । यहाँका तेङ्बोचे, पाङ्बोचे तथा थामे गुम्बाहरूमा बौद्ध धर्मको शिक्षा–दीक्षा प्रदान गरिन्छ । मुख्यतः हिमालहरू र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलोकन गर्न बर्सेनि हजारौँ पर्यटकहरू यहाँ आउने गर्दछन् । पर्यटनको विकासबाट यहाँका बासिन्दाहरूको आर्थिक विकासमा ठूलो टेवा पुगेको छ । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x