माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
भदौ ६, २०७९
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणको काम ९८ प्रतिशत सकिएकाले आगामी १७ पुसबाट व्यावसायिक उडान गर्ने घोषणा समेत गरेको छ ।
विमानस्थल निर्माण सकिएपनि, ल्यान्डफिल साइट व्यवस्थापन, एयर स्पेस स्टक्चर (हवाइ रुट) टुंग्याउने र ४० मिटरको रिट्ठेपानी डाँडा काट्ने मुख्य चुनौती बाँकी नै छ ।
यस्ता चुनौतिपूर्ण काम विमानस्थल सञ्चालन गर्ने मिति नजिकिँदै गर्दा समेत नहुँदा तोकिएको समयमा उडान गर्न चुनौती देखिएको छ ।
प्राधिकरणले विमानस्थलको भौतिक निर्माण सकिसक्दासमेत यसका प्राविधिक पक्षको टुंगो लगाइनसकेका कारण उडान व्यवस्थापन थप चुनौतिपूर्ण बनेको हो ।
चिनियाँ ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले विमानस्थल निर्माण करीब अन्तिम समयमा पुर्याएको छ ।
यो विमानस्थल निर्माणमा राज्यले चीनसँग करीब साढे २१ अर्ब रुपैयाँ लिएको छ । विमानस्थल बनाउन प्राधिकरणले ठेकेदारलाई २१ करोड ५९ लाख ६० हजार अमेरिकी डलर दिने गरी सम्झौता गरेको थियो ।
सम्झौता अनुसार गत असारमै विमानस्थल निर्माण सकिनुपर्ने भएपनि कोरोना महामारीको बहाना बनाएर ६ महिना समय थप भएको हो ।
निर्माणको समय थप र डलरको भाउ बढ्दा यो आयोजनाको लागत निकै बढेको छ । धेरै लागतको यो आयोजनाले जहाज उडाएर व्यावसायिक लाभ कमाउन सक्ने देखिँदैन ।
एकातर्फ व्यावसायिक लाभको सम्भावना नदेखिएको र अर्कातर्फ प्राविधिक रूपमा सक्नु पर्ने काम समेत नगरी विमान उडाउने हतारो भएको देखिन्छ ।
‘यो विमानस्थलका लागि सबैभन्दा मूल चुनौति ४० मिटरको डाँडा काटेर ४ लाख घनमिटर माटो फाल्नुपर्ने छ । यसका लागि कम्तिमा ६ महिना लाग्ने अनुमान गरिएको छ’, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले भने ।
उनले भने, ‘यसका लागि जग्गाधनीले आफैं आ–आफ्नो क्षेत्रको भागको माटो निकालेर बेचिरहेका छन् । स्थानीयले माटो बेच्नकै लागि गरेको उक्त कामले छिटो डाँडा काट्न सहयोग पुग्नेछ ।’
विमानस्थल निर्माणको काम ९८ प्रतिशत सकिएको भएपनि डाँडा कटानकै काम बाँकी भएकाले तोकिएको समयमा उडान शुरू गर्न चुनौती छ ।
विमानस्थल तयार भएर यान्त्रिक परिक्षण (क्यालिब्रेसन) उडान गर्नका लागि भने कम्तिमा १४ मिटर डाँडा काटे पुग्छ । उक्ता डाँडा काटेर आगामी २ महिनामा परीक्षण उडान गर्ने गरी तयारी भइरहेको मुनाकर्मीले बताए ।
यो विमानस्थल सञ्चालन गर्न करीब २ हेक्टर क्षेत्रफलबाट ४ लाख घनमिटर माटो फाल्नुपर्ने हुन्छ । डाँडा कटान गर्नकै लागि ६ सय वटा रुख काटिएको छ ।
डाँडा कटानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुर्याएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार डाँडा कटानका लागि ठेक्का लगाउन केही कम्पनीले आवेदन दिइसकेका छन् ।
छिट्टै काम शुरू गर्ने गरी तयारी भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
नयाँ विमानस्थल आगामी १ जनवरी (१७ पुस)बाट सञ्चालन हुन्छ र सोहीअनुसार नै अहिलेदेखि नै गृहकार्य शुरू भएको सूचना अधिकारी भुलले बताए ।
प्राधिकरणले २२ साउनमै यो विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी सक्ने र औपचारिक रूपमा सञ्चालमा ल्याउने मिति तय गरेको हो ।
विमानस्थल सञ्चालनका निम्ति विमान कम्पनीलाई स्थलगत अवलोकन गराइएको र एरोनटिकल इन्फरमेसन पब्लिकेसन (एआईपी)मा सूचना निकाल्ने आवश्यक तयारी भएको प्राधिकरणले जनाएको छ ।
ग्राउन्ड ह्यान्डलिङमा प्रतिस्पर्धा हुने
प्राधिकरणले यसअघि भैरहवा र पोखरा विमानस्थलमा जहाजको उडान तथा अवतरणका क्रममा यात्रुलाई दिइने सेवा ग्राउन्ड ह्यान्डलिङ (भूमिस्थ प्रबन्ध)को जिम्मा नेपाल वायुसेवा निगमलाई दिएको थियो ।
निगमले हाल भैरहवामा उक्त सेवा दिइरहेको भएपनि अब सञ्चालनको तयारी भइरहेको पोखरामा भने प्रतिस्पर्धाबाट छनोट हुने भएको छ ।
प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार ग्राउन्ड ह्यान्डलिङ सेवालाई प्रतिस्पर्धाबाट दिने व्यवस्था गरेको छ ।
नियमावलीमा प्राधिकरणले अन्तर्राष्ट्रिय उडानहरूका लागि दिने यस्तो भूमिस्थ प्रबन्ध सेवा सञ्चालन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाबीच प्रतिस्पर्धा गराउने व्यवस्था गरेको छ ।
सोही व्यवस्थाअनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रतिस्पर्धाबाटै ग्राउन्ड ह्यान्डलिङ कम्पनी छनोट हुने छ । यस्तो प्रतिस्पर्धा नेपालमै पहिलोपटक हुने पनि प्राधिकरणले दाबी गरेको छ ।
पोखरमा प्रतिस्पर्धाबाट कम्पनी छानिएसँगै भैरहवामा पनि सोही व्यवस्था हुनेछ । हाल वायुसेवा निगमले दिइरहेको यस्तो सुविधामा छिट्टै प्रतिस्पर्धाबाट उपयुक्त कम्पनी छनोट गर्ने प्राधिकरणको भनाइ छ ।
पोखराको सुन्दरता मानिएको प्याराग्लाइडिङ विस्थापन हुने
नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराबाट प्याराग्लाइडिङ कम्पनीहरू भने विस्थापित हुन सक्ने भएका छन् । हाल पोखरामा सेवा दिइरहेका ६० भन्दा बढी कम्पनी एकैपटक विस्थापित हुने भएका छन् ।
विमानस्थलको एयर रुटमा प्याराग्लाइडिङ भइरहेकाले विमानस्थल सञ्चालनमा आएपछि अनिवार्यरूपमा विस्थापन गर्नुपर्ने प्राधिकरणले दाबी गरेको छ । हवाई विज्ञहरूले एयर स्पेसको अध्ययन गरिरहेको हुँदा कसरी विस्थापित हुने र कहिलेबाट हुने भन्ने निष्कर्ष निकालिने छ ।
अन्तर्राष्ट्रिय उडानको एयर स्पेस भएकाले हवाई सुरक्षामा कुनै सम्झौता नगरिने प्राधिकरणले जनाएको छ । हवाइ उडानलाई असर पर्ने गरी प्याराग्लाइडिङ गर्न नसकिने भएकाले अहिलेसम्मको अध्ययन अनुसार प्याराग्लाइडिङ हटाउनुको विकल्प नभएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन् ।
प्याराग्लाइडिङलाई पोखरामा चल्न दिने हो भने विमानस्थलले धेरै विषयमा सम्झौता गर्नुपर्ने उनले बताए ।
यता नेपाल हवाई खेलकुद संघका अध्यक्ष सुनिल भट्टराई भने पोखराको सौन्दर्य नै प्याराग्लाइडिङ भएकाले यसलाई मास्न नहुने तर्क गर्छन् ।
संघले प्याराग्लाइडिङ उडानको क्षेत्र हवाई रुटमा नपर्ने भन्दै निरन्तरको माग भने गरेको छ ।
पोखरामा हाल ६० भन्दा बढी कम्पनीमा आबद्ध ३७५ जना व्यावसायिक पाइलटले दिने प्याराग्लाडिङ सेवामा दैनिक ५ सय उडानसम्म हुने गरेका छन् ।
सामान्य समयमा पनि दैनिक २५० देखि ३ सय उडान हुने गरेको संघले जनाएको छ ।
नयाँ विमानस्थलको धावनमार्ग पूर्व पश्चिमतर्फबाट उडान तथा अवतरण गर्ने गरी बनेको छ ।
यो विमानस्थलमा उडान गर्दा अन्तर्राष्ट्रिय जहाजले केही गरी ओभरसुट (अवतरण गर्न लाग्दा आकस्मिक रूपमा फेरि आकाशमै उड्ने) अवस्थामा हालको प्याराग्लाइडिङ क्षेत्रले असर पुर्याउने खतरा छ ।
जहाज ओभरसुट गर्दा राइट टर्न नगर्ने र लेफ्ट टर्न गर्न लगाउने हो भने प्याराग्लाइडिङ जोगिने व्यवसायीको तर्क छ ।
यो विकल्प अपनाउन नसके निश्चित स्लट छुट्टाउने र दैनिक समय तोकेर प्याराग्लाइडिङ सेवा निरन्तर गराउनुपर्ने विकल्प पनि संघले अगाडि सारेको छ ।
यता पोखराका पर्यटन व्यवसायी पोमनारायण श्रेष्ठले हालको विमानस्थलमा नै अल्ट्रालाइट चलाउन दिनुपर्ने माग गरेका छन् ।
उनले भने, ‘अल्ट्रालाइट जहाज जस्तै एयर रूटमै उड्ने र टावरसँगको निरन्तर सम्पर्क हुने भएकाले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका नाममा विस्थापन गर्न हुँदैन ।’
पोखराको विमानस्थलबाटै उड्ने र अवतरण गर्ने अल्ट्रालाइटको अर्को विकल्प नभएको र असर पनि कतै नपर्ने श्रेष्ठको दाबी छ । यसलाई सरकारले व्यवस्थित भने गर्न सक्ने श्रेष्ठले बताए ।
हालको विमास्थलमा व्यपारिक भवन बनाइने
प्राधिकरणले हाल आन्तरिक उडानका लागि प्रयोग भइरहेको पोखरा विमानस्थलमा भने व्यापारिक भवन बनाउने भएको छ ।
प्राधिकरणले यो विमानस्थलको जग्गा संरक्षण र प्राधिकरणका लागि आवश्यक संरचना निर्माण गरेर उचित सदुपयोग गर्न पनि व्यापारिक भवन बनाउने निर्णय गरेको भुलले बताए ।
प्राधिकरणका सूचना अधिकारी भुलले भने, ‘प्राधिकरणलाई आवश्यक कर्मचारी बस्नका लागि स्टाफ क्वार्टर बनाउने भन्ने निर्णय भइसकेको छ ।’
यो विमानस्थलमा व्यपारिक भवन र कर्मचारी क्वार्टर बनाएर प्राधिकरणले जग्गा संरक्षण गर्ने उनको भनाइ छ ।
यसका लागि उपयुक्त योजनाअनुसार जाने गरी प्राधिकरणले यो वर्षको बजेटबाटै व्यवस्था गर्ने पनि उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...