×

NMB BANK
NIC ASIA

‘म सुन्छु भारतलाई मन परेको छैन, मन पर्नुपर्छ, नेपालको जमिन फिर्ता गर्नुपर्छ’

भदौ ६, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले नयाँ नक्सा जारी गरेकोमा भारतलाई मन नपरे पनि अतिक्रमित भूमी फिर्ता गर्नुपर्ने बताएका छन् । सत्ता गठबन्धनका नेताहरूले दिल्लीमा जाँदा भूमि फिर्ताबारे चुइक्क नबोलेकोमा ओलीले आपत्ति जनाए । 

Muktinath Bank

विभिन्न राजनीतिक दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन सोमवार बालकोटमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेपालको नक्सा भारतले मन पराएर जमिन फिर्ता गर्नुपर्ने बताएका हुन् । ‘अतिक्रमित भूमि समेटेर नक्सा जारी गरेर हामीले पत्राचार ग¥यौँ, यो हाम्रो भूभाग फिर्ता गर भनेर । म सुन्छु भारतलाई मन परेको छैन, भारतलाई मन पर्नुपर्छ । अरुकोमा दाबी गरेका छैनौँ, हामीले मागेका छौँ । मन पराउनु पर्छ फिर्ता गर्नुपर्छ’, ओलीले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

६० वर्ष अगाडिदेखिको नेपाली भूमि फिर्ता ल्याउन आफूले पहल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड भारतमा जाँदा चुइक्क नबोलेको ओलीले आरोप लगाए । 


Advertisment
Nabil box
Kumari

ओलीले सत्ता गठबन्धनका नेताहरु विदेशीले थप्पड हान्दा पनि चुइक्क नबोल्ने टिप्पणी गरे । ‘नेताहरू सत्ताको लोभले गर्दा, थप्पड लगाए पनि हेरेर बस्ने गरेका छन् । चीन त्यहाँ थियो, किन बाटो नखोलेको, किन पारवहन सम्झौता नगरेको ? किन नाकाबन्दीबाट सधैंलाई मुक्त नगरेको ?’, ओलीले प्रश्न गरे ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x