×

Prabhu Bank
NIC ASIA

पाहुनाको आरोप लागेपछि सुन्दरहरैचामा घर बनाउँदै भानुभक्त ढकाल, मतदाता नामावली पनि सारे

भदौ ७, २०७९

NTC
Premier Steels

२०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसभन्दा बाम गठबन्धन झन्डै दोब्बर मतले अगाडि थियो । दोब्बर मत बढी भए पनि वाम गठबन्धन तर्फका उम्मेदवार भानुभक्त ढकालले भने जितका लागि निकै मेहनत गर्नु परेको थियो । 

Muktinath Bank

भानुभक्त ढकालले ४२ हजार ४१३ मत ल्याएर विजयी बनेका थिए भने उनलाई कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्माले ४० हजार ५०६ मतका साथ टक्कर दिएका थिए । यो क्षेत्रमा ढकाल नयाँ उम्मेदवार थिए । उनी प्रत्यक्षतर्फ पहिलोपटक चुनाव लडेका थिए । त्यसभन्दा अगाडि उनी समानुपातिक सांसद बनेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ढकालको गृह जिल्ला तेह्रथुम हो । २०७० मा एमाले तेह्रथुम जिल्ला कमिटीले समानुपातिकतर्फ दुई जनाको नाम सिफारिस गरेको थियो । जिल्लाबाट पूर्वसांसद तेजमान कन्दङ्वा र पूर्व जिल्ला विकास समिति सभापति किशोरचन्द्र दुलालको नाम सिफारिस गरेको थियो । तर, केन्द्रीय कमिटीमा आफै भएका ढकालले अध्यक्ष ओलीसँग राम्रो सम्बन्ध भएको फाइदा उठाउँदै उनी नाम थप्न सफल भए । र संविधानसभा सदस्यसमेत बने । 


Advertisment
Nabil box
Kumari

२०७४ को निर्वाचनमा भने प्रत्यक्षतर्फ चुनाव लड्न ढकाल मोरङ आएका थिए । मोरङमा आएका उनलाई पाहुना उम्मेदवार भनेर प्रचार गरिएको थियो । प्रतिस्पर्धी कांग्रेसले मात्रै होइन आफ्नै पार्टी एमालेका नेता कार्यकर्ताले पनि ढकाललाई पाहुना उम्मेदवार भन्ने गरेका थिए ।

Vianet communication

अघिल्लो पटकको चुनावजस्तै पाहुनाको आरोप नलागोस् भनेर ढकालले सुन्दरहरैचा घर बनाउन थालेका छन् । सुन्दरहरैचा १२ स्थित सुकुना क्याम्पस नजिकै उनले घर बनाइरहेका छन् । अघिल्लो पटक आउँदा उनले दाजुको घरमा बसेर चुनाव प्रचार–प्रसार गरेका थिए । 

२०७४ को मतदानमा आफूले आफैँलाई मतदान नगरी निर्वाचित हुने सांसदसमेत हुन् ढकाल । त्यसबेला उनको मतदाता नामावली तेह्रथुमको थियो । यसपटक भने उनले तेह्रथुमबाट सुन्दरहरैचा १२ मा मतदाता नामावलीसमेत सारेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x