मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा एमालेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी सदस्यमा ४ जनालाई मनोनित गरेको छ ।
अन्य पार्टीबाट प्रवेश गरेका जीवन गौतम, वृजेश गुप्ता, धर्म देवकोटा र अमृत राजवंशीलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
मंगलवार स्थायी कमिटी बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका लागि ढोका खुला राखेको बताए ।
एमालेले गठबन्धन गर्नु हुँदैन भनेर ढोका बन्द नगरेको उनले स्पष्ट पारे । उनले एमालेसँग गठबन्धन गर्न चाहनेहरूका लागि ढोका खुला रहेको बताए । उनले देशमा सुशासन, समृद्धि र स्वाधिनताको पक्षमा एजेण्डा मिल्नेहरूसँग गठबन्धन गर्न तयार रहेको बताए । कसैलाई गठबन्धनमा आउन भनेर दबाब भने नदिने उनले बताए ।
उनले भने, ‘गठबन्धन गर्नै हुँदैन भनेर ढोका बन्द गरेर बसेको पार्टी एमाले होइन । एमालेसँग जो–जो गठबन्धन गर्न चाहन्छ, त्यो पार्टीहरूलाई ढोका खुला छ तर हामी के भन्दैनौं भने गठबन्धन भएन भने एमाले चुनावमा जाँदैन, एमाले चुनावमा हार्छ भन्ने मानसिकता चाहँदैनौं । हामी एक्लैले चुनाव जित्नसक्छौं, चुनाव लड्नुपर्छ । चुनौतीको सामना गर्नुपर्छ । हाम्रो यो अभियानमा सुशासन, समृद्धि, राष्ट्रिय स्वाधिनताको यो अभियानमा, देशलाई बचाउने, लोकतन्त्रलाई सुदृढ गर्ने यो अभियानमा, गणतन्त्रलाई कार्यान्वयन गर्ने अभियानमा जो जो हामीसँग एजेण्डा मिल्छ नि उसँग आउने । बलजफ्ती हामीसँग मिल्न आउ भन्ने परिस्थिति हुँदैन ।’
स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको तेस्रो बैठकपछि भएका निर्णयहरूको अनुमोदन गरेको बताए । पछिल्लो समय अन्य पार्टीहरूबाट नेकपा एमाले प्रवेश गरेका नेता तथा कार्यकर्तालाई मातहतका कमिटीमा व्यवस्थापन गर्ने निर्णय गरिएको गुरुङले जानकारी दिए । बैठकले कूलभक्त शाक्य, डीबी नेपाली र नवराज पौडेललाई केन्द्रीय सल्लाहकार परिषद्मा मनोनयन गर्ने निर्णय गरेको छ ।
बैठकले ५२ हजार ५५० जनाको पार्टी सदस्यता दोहोरिएकाले सो सदस्यताको व्यवस्थापनका लागि संगठन विभागलाई जिम्मेवारी तोकेको छ ।
६ वटा प्रदेशका इन्चार्जहरूले आफ्नो प्रदेशको शक्ति सन्तुलन र प्रदेशको संगठनात्मक गतिविधिको सम्बन्धमा रिपोर्टिङ गरेका छन् । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी भदौ १० र ११ गते हुन लागेको केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनको सम्बन्धमा ब्रिफिङ गरेका गुरुङले जानकारी दिए । अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा ल्याउने प्रतिवेदनको सम्बन्धमा नेताहरू सुवासचन्द्र नेम्वाङ, घनश्याम भुसाल, कर्ण थापा, प्रभू शाह, शेरधन राई, रघुजी पन्त, मणि थापा, खगराज अधिकारी लगायतका नेताले सुझाव दिएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...