×

NMB BANK
NIC ASIA

सेवाग्राहीलाई छुट दिने भनेर अग्रिम पैसा असुल्ने एक भारतीय नागरिक पक्राउ

भदौ ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सेवाग्राहीलाई छुट दिने भनेर अग्रिम पैसा असुल्ने एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । ५० प्रतिशत छुटमा सामान उपलब्ध गराउने भन्दै सर्वसाधारणलाई ठगी गरेको आशंकामा भारत तमिलनाडुका ५५ वर्षीय साराभाम वामानन्दलाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो । 

Muktinath Bank

उनीसँगै पसल सञ्चालन गर्ने अन्य चार जना भने फरार रहेका छन् । फरार रहेकाको खोजी भइरहेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुबि इन्टरप्राइजेज नामक पसल दर्ता गर्दै वडा कार्यालय र आन्तरिक राजस्व कार्यालयबाट इलेक्ट्रोनिक्स सामान बिक्री गर्ने अनुमति लिएर ठगी गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वामानन्दको नाममा गत जेठ ११ गते दर्ता गरी विराटनगर–५ को भृकुटीमार्गमै पसल सञ्चालन गरिएको एसपी कोइरालाले बताए । 


Advertisment
Nabil box
Kumari

इलेक्ट्रोनिक्स सामानको मात्रै अनुमति लिएर अरू सामानसमेत विभिन्न ‘स्किम’ देखाएर शंकास्पद कारोबार गरेको भन्ने सूचनाका आधारमा नियन्त्रणमा लिएको एसपी कोइरालाले बताए । पसलले तिरेको १८ दिनपछि मात्रै ग्राहकलाई सामान उपलब्ध गराउने गरेको थियो । 

Vianet communication
Laxmi Bank

सामानमा ५० प्रतिशत छुटको अफर दिएपछि  छुटको प्रलोभनमा परेर सर्वसाधारणले समेत विभिन्न सामग्री खरिद गर्ने गरेका थिए । बजार मूल्यभन्दा आधा रकममा सामान बिक्री गर्ने भनी छुटको स्किम देखाएर ३५ लाख जति पैसा असुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीले जनाएको छ । 
इलेक्ट्रोनिक्स मात्रै अनुमति लिएर पसल सञ्चालन गरिरहेका उनले फ्रिज, मोटरसाइकल, ग्यास चुल्हो, फर्निचरका सामान, साइकल, मोबाइलदेखि सबै प्रकारका घरायसी सामान बेच्ने गरेको भेटिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनले भने, ‘बजार मूल्यभन्दा सस्तोमा बिक्री गरेपछि शंकास्पद देखिएको छ ।’ 

प्रजिअ दाहालकै निर्देशनमा प्रहरीले पसलमा छापा मारेर वामानन्दलाई नियन्त्रणमा लिएको हो । पसलमा वडा कार्यालयले ताला पनि लगाएको छ । ग्राहकलाई उपलब्ध गराउने भनिएको सामानहरू पसलभित्र नभेटिएको वडाध्यक्ष सन्तोष न्यौपानेले बताए ।
 
पक्राउ परेका विरुद्ध सामूहिक किटानी जाहेरी पनि परेको थियो । जाहेरीका आधारमा प्रहरीले वामानन्दविरुद्ध ठगी मुद्दामा अनुसन्धान अघि बढाउने भएको छ । पक्राउ परेका वामानन्दले भने ५० प्रतिशत छुटको ‘स्किम’ तीन महिना अवधिका लागि मात्रै रहेको प्रहरीलाई बताएका छन् ।

तर, प्रहरीले भने छुटको अफर देखाएर मुलुकभर सञ्जाल विस्तार गरी पैसा उठाउँदै फरार बन्ने योजना रहेको हुनसक्ने अनुमान गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x