मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाक्रीले अवैध संरचना हटाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को कदमलाई समर्थन गरेकी छन् । काठमाडौं महानगरपालिकाभित्र निर्माण गरिएका अवैध र प्रयोजनविपरीत प्रयोग गरिएका संरचना हटाउने बालेनको अभियानलाई उनले समर्थन जनाएकी हुन् ।
शुक्रवार सामाजिक सञ्जालमा सन्देश लेख्दै आफूले बालेनलाई समर्थन गर्नुको कारण पनि पेश गरेकी छन् । उनले अब उपत्यकाका नदी किनारमा गरिएको अतिक्रमण हटाउन पनि बालेनलाई सुझाव दिएकी छन् । आफूले नदी किनारमा गरिएको अतिक्रमण हटाउन प्रयास गरे पनि पार्टीको दबाबमा स्थगन गरेको स्मरण गर्दै उनले बालेनलाई पछाडि नहट्न सुझाव दिएकी छन् ।
यस्तो छ झाक्रीको सन्देश
मेरो समर्थन मेयर बालेन जीलाई !
१) यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने ।
२) मैले बागमति कोरिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको थिएँ ।
३) निर्वाचन आएको छ यसले नगरौँ भन्ने दबाब आयो र स्थगन गर्न पर्यो ।
४) स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरि हटाउन शुरू भएको थियो ।
५) मेरो कार्यकाल लामो रहेन । मेयर बालेनजी र मैले केही योजना बनाएका थियौँ ।
६) सुकुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ ।
७) मलाईजस्तो दलीय दबाब मेयर बालेन जीलाई हुँदैन ।
८) I am always with you, behind you. keep it up.
९) इमान्दार प्रयासहरू सफल हुन्छन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...