×

NMB BANK
NIC ASIA

दलहरूले महिलालाई प्रत्यक्षतर्फ पनि उम्मेदवार बनाउनुपर्छः पूर्वसभामुख घर्ती

भदौ ११, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवं पूर्वसभामुख ओनसर्री घर्तीले राजनीतिक दलहरूले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ बढीभन्दा बढी महिलालाई उम्मेदवार बनाउनुपर्ने बताएकी छन् । 

Muktinath Bank

हरेक पार्टीमा प्रत्यक्ष निर्वाचन लड्ने क्षमताका महिला नेताहरू रहेको भन्दै उनले टिकट वितरणमा ध्यान दिन राजनीतिक नेतृत्वलाई आग्रह गरिन् । नेताहरूमा महिलाहरू समानुपातिकका लागि मात्र हुन् भन्ने मनोविज्ञानले घर गरेको र स्वयं महिलाहरूसमेत समानुपातिक पद खान लालायित हुने प्रवृत्ति देखिएको उनको भनाइ थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी जनयुद्धका कारण नेपाली महिलाहरूमा जागरण आएको तथा सिंगो समाज महिलामैत्री बन्दै गएको उल्लेख गर्दै घर्तीले पुरुषहरूलाई पितृसत्तावादी भनेर गाली गर्ने  महिलाहरू आफैँ त्यो मनोदशाबाट ग्रस्त भएको टिप्पणी गरिन् । उनले आफूभित्रको पितृसत्तावाद जबरजस्त निकालेर फाल्न सक्नुपर्नेमा जोड दिइन् । महिलालाई अगाडि बढाउने विषयमा विगतको तुलनामा धेरै परिवर्तन आएको र पुरुष नेतृत्वले समन्वय गर्ने गरेको उनले बताइन् । 


Advertisment
Nabil box
Kumari

‘राजनीतिक पार्टीहरूमा महिलाले आफ्नो पकड निर्वाचन क्षेत्र बनाउन सक्दैनन् भन्ने पनि छ’, पार्टी संवद्ध महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीले काठमाडौंमा गरेको कार्यक्रममा घर्तीले भनिन्, ‘महिलाहरू समानुपातिकमा मात्र लालायित हुँदा र प्रत्यक्ष निर्वाचन लड्न तयार नहुँदा पुरुष नेताहरूमा महिला भनेका समानुपातिकका लागि मात्र हुन् भन्ने मनोविज्ञान निर्माण भएको छ ।’ 

Vianet communication

महिलाले अवसर पाए जस्तोसुकै जिम्मेवारी पुरा गर्न सक्छन् भन्ने प्रमाणित भएको भन्दै उनले त्यसको उदाहरण आफैँ भएको चर्चा गरिन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि ठूलो विश्वास र भरोसा गरेर सभामुखको जिम्मेवारी दिएको स्मरण घर्तीले गरिन् । सभामुखको जिम्मेवारी पाउँदा धेरैले आफूले सम्हाल्न नसक्ने भन्दै खिसीट्युरी गरेको उनले सुनाइन् । 

‘६ महिना त म दिनमा २ घण्टा मात्र सुतेँ । कहिलेकाहीँ त त्यो पनि भएन’, उनले भनिन्, ‘भोलिपल्ट बस्ने संसदमा जुन विषयमा छलफल छ त्यसबारे धेरै अध्ययन गरे जान्थेँ । मैले संविधानका प्रत्येक हरफ हातले डायरीमा कोरेर पढेको छु । संसद सचिवालयमा धुलोले पुरिएका किताब टक्टक्याएर पढेर बैठकमा जाने गरेको थिएँ ।’ 

आफू असफल हुँदा महिलाहरू शासन प्रशासन चलाउन सक्दैनन् भन्ने सन्देश प्रवाह हुने र आफूलाई नजिरका रूपमा देखाएर भविष्यमा अरु महिलालाई अवसरबाट रोक्न सक्नेतर्फ सधैं सचेत भएर काम गरेको अनुभव उनले सुनाइन् । आफूलाई सफल बनाउन सञ्चार माध्यमले खेलेको सकारात्मक भूमिका कहिल्यै बिर्सन नसक्ने पनि उल्लेख गरिन् । 

घर्तीले  महिलालाई अवसर र सम्मान दिने कुरामा माओवादी नेतृत्व अरु दलको तुलनामा धेरै प्रगतिशील रहेको दाबी गरिन् । ‘महिलालाई अवसर दिने र सम्मान गर्ने संस्कार अरु पार्टीको तुलनामा माओवादीमा धेरै राम्रो छ’, उनले भनिन् । 

आफूहरूको आन्दोलनले नै आजका छोरीहरूलाई अधिकारप्रति सचेत गराएको र आफ्नै खुट्टामा उभिन सक्ने बनाएको दाबी घर्तीले गरिन् । महिलाले राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश चलाइसकेकाले अब प्रधानमन्त्री बन्ने पालो महिलाको आएको बताइन् । महिलाले आफूलाई राजनीतिमा स्थापित गराउन मनोबल उच्च राख्नुपर्ने उनको भनाइ थियो । 
फरक प्रसंगमा घर्तीले सांसदले नीति निर्माणको काम गर्नुपर्नेमा विकास निर्माणको काम गरिरहेको टिप्पणी गरिन् । नीति निर्माण छाडेर सांसदहरू विकास निर्माणको पर्यायवाची बनेको उनको भनाइ थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x