×

NIC ASIA

सीजीको ‘मेघौली सराई’ एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्डका लागि मनोनित

भदौ १४, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

चौधरी ग्रुपअन्तर्गत सीजी हस्पिटालिटीले सञ्चालन गरेको चितवनको मेघौलीस्थित लक्जरी जंगल सफारी रिसोर्ट ‘मेघौली सराई’ एकैपटक दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डका लागि मनोनयनमा परेको छ । मेघौली सेराई आतिथ्य सत्कार उद्योगमा अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित मानिने ‘डेस्टिनेसन डिलक्स अवार्ड’ र ‘साउथ एसियन ट्राभल अवार्ड’मा मनोनित भएको हो ।

डेस्टिनेसन डिलक्स अवार्डअन्तर्गत मेघौली सराई ‘वेस्ट इको होटल अफ दि एयर २०२२’का लागि छनोटमा परेको छ । यस अवार्ड जित्नका लागि मेघौली सराईले ओमानको अलिला जबल अख्दार, माल्दिभ्सको अमिल्ला माल्दिभ्स रिसोर्ट एन्ड रेसिडेन्सेस, इन्डोनेसियाको बुअहन्–अ बनियान ट्री एस्केप एट बालि, मेक्सिकोको चब्ले युकतान, क्यालिफोर्नियाको निउ ट्री रन्चलगायतसँग प्रतिस्पर्धा गर्नेछ । मेघौली सराईसहित यि सबै विश्वका उच्च गुणस्तरीय पर्यटकको रोजाइमा रहेका रिसोर्ट हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डेस्टिनेसन डिलक्स अवार्डले लक्जरी रिसोर्टहरू जसले स्पा, स्किन केयर, एवं नेचुरल ट्रिटमेन्टमा उल्लेखनीय योगदान पु¥याउनेहरूलाई यस्तो अवार्डवाट सम्मान गर्दै आएको छ ।


Advertisment
Rupse Holidays
Nabil box

त्यसैगरी साउथ एसिया ट्राभल अवार्डअन्तर्गत मेघौली सराई ‘लिडिङ वाईल्डलाइफ लज’ र ‘रिभर फ्रन्ट होटल–रिसोर्ट अवार्ड’मा मेघौली सराई मनोनयनमा परेको हो । विश्वभरका लक्जरी पर्यटकीय गन्तव्यका रुपमा यस रिसोर्टले अन्तर्राष्टियस्तरमा नेपाललाई चिनाउँदै आएको छ । 

Vianet communication

चितवन राष्ट्रिय निकुञ्जको सामिप्यमा राप्ती नदीको वहावको अनुभव गर्न सकिने यो रिसोर्ट विश्वभरका जंगल सफारीमा रमाउने पर्यटकबीच निकै लोकप्रिय रहेको छ । यी दुवै श्रेणीहरूमा पनि मेघौली सराईले विश्वका उत्कृष्ट लक्जरी रिसोर्टहरूसँग प्रतिस्पर्धा गर्नेछ । 

कोभिडले थला परेको विश्व पर्यटन बजार सामान्यीकरणतर्फ उन्मुख बनिरहँदा नेपालस्थित आफ्नो वल्र्डक्लास रिसोर्ट प्रतिष्ठित अवार्डहरूमा मनोनयनको खबरले सीजी हस्पिटालिटीका मुख्य कार्यकारी अधिकृत राहुल चौधरी उत्साहित छन् । ‘कोभिडपछि खुल्न थालेको बिश्व पर्यटन बजारमा यी प्रतिष्ठित अवार्डका लागि मनोनयन हुनु मेघौली सराई ग्रीन लक्जरी रिसोर्ट्स विधामा मार्केट लिडर रहेको प्रमाण हो, चौधरीले भने ।

सीजी हस्पिटालिटीको एउटा महत्वपूर्ण प्रोपर्टीका रूपमा रहेको मेघौली सराई राप्ती नदीको किनारमा अवस्थित एक लक्जरीयस जंगल सफारी लज हो । यस रिसोर्टबाट चितवन राष्ट्रिय निकुञ्जका दृष्यहरू निर्वाध अवलोकन गर्न सकिन्छ । निजी स्विमिङ पुल रहेका यस रिसोर्टका सबै भिल्लाहरूबाट गैंडा, हात्ती, गोही र बाघलगायतका वन्यजन्तुहरू दृष्यावलोकन गर्न पाइन्छ । 

सीजी हस्पिटालिटीले १२ देशका ९१ वटा स्थानमा १४१ भन्दाबढी होटल र रिसोर्टहरू सञ्चालन गरिरहेको छ । जसमा ८ हजार ३९९ भन्दा बढी कोठाहरू रहेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ५, २०८१

नेपालमा सबैभन्दा बढी खोजिएको स्मार्टफोन ब्राण्ड सामसङले ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविध...

जेठ ४, २०८१

गोर्खा ब्रुअरी प्रालि काठमाडौंले महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछी बस्तीका आगलागीपीडितलाई राहत सामग्री वितरण गरेको छ । कुल १०५ आगलागीपीडित परिवारलाई राहतस्वरुप प्रतिपरिवार एक&nda...

जेठ २, २०८१

लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले सञ्चारकर्मीहरूलाई नेपालमै निर्मित ह्युण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ गराएको छ । गत वैशाख २९ गते रामग्राम, परासीस्थित  ह्युण्डाई मोटर एसेम्बलिङ प्लान्टमा गर...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x