×

NIC ASIA

नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएका विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्छः वर्षमान पुन

भदौ १६, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएको विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने बताएका छन् । राष्ट्रपतिसँग बुधवार शीतलनिवासमा भएको भेटमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित आफूहरूले नागरिकता विधेयकबारे पार्टीको धारणा स्पष्ट गरेको पुनले बताए । 

Muktinath Bank

उनले वैवाहिक अंगीकृत नागरिकतामा महिला र पुरुषलाई बराबरी गर्न संविधान संशोधन गर्नुपर्ने औँल्याए । संविधानमै नभएको विषय नागरिकता विधेयकमा आउनुपथ्र्यो भन्नु जायज नभएको तर्क पुनको छ । नेपाली पुरुषले विवाह गरेर ल्याएका विदेशी महिलाले अंगीकृत नागरिकता पाउने व्यवस्था भए पनि महिलाले विदेशी पुरुष विवाह गरेर ल्याउँदा के गर्ने भन्नेमा संविधान मौन रहेको उनले उल्लेख गरे । अहिले बाहिर सार्वजनिक बहस भएको र राष्ट्रपतिले उठाएको सवाल सही भए पनि त्यो सम्बोधन गर्न संविधान संशोधन गर्नैपर्ने पुनले स्पष्ट गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपाली पुरुषले विदेशी महिला विवाह गरेमा अंगीकृत नागरिकता पाउने व्यवस्था संविधानमा छ’, त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभाग, कीर्तिपुरका विद्यार्थीलाई भिजिटिङ फ्रोफेसरका रूपमा बिहीवार कक्षा लिएका पुनले भने, ‘नेपाली महिलाले विदेशी पुरुष विवाह गरेर ल्यायो भने के गर्ने भन्ने व्यवस्था छैन । अहिले बाहिर सार्वजनिक बहस भएको छ । संविधानमा नभएको कुरा कानूनमा ल्याउन सकिँदैनथ्यो ।’ 


Advertisment
Nabil box
Kumari

आफूहरूले त्यस विषयमा संविधान लेखनका क्रममा कुरा उठाए पनि अन्य दलले नसुनेको स्मरण पुनले गरे । ‘राष्ट्रपतिले भन्नुभएको कमसेकम महिला र पुरुषको बराबर हुनुपर्छ भन्नेमा हामी सहमत छौँ । हिजो हामीले संविधानसभामा पनि उठाएको विषय हो’, पुनले भने, ‘तर, सहमति बनेन ।  त्यो गर्न संविधान नै संशोधन गर्नुपर्छ  ।’ 

Vianet communication

पुनले वैवाहिक अंगीकृतको विषयमा अनावश्यक विवाद खडा गरिएको बताए । २००९ सालदेखि हालसम्म वैवाहिक अंगीकृत नागरिकताबारे एउटै व्यवस्था रहेको उनले स्पष्ट गरे । सरकारले नागरिकता विधेयक संघीय संसदमा प्रस्तुत गर्ने क्रममै राष्ट्रिय सहमति कायम गरेर अर्को विधेयक ल्याउने प्रतिबद्धता गरेकाले त्यसमा शंका गरिरहनुपर्ने अवस्था नरहेको तर्क पुनले गरे । 

भारतमा वैवाहिक अंगीकृतका लागि सात वर्षको समयसीमा रहेकाले नेपालमा पनि त्यही व्यवस्था राख्नुपर्ने आफ्नो दलको धारणा रहेको पुनले बताए । ‘वैवाहिक अंगीकृतको हकमा भारतमा सात वर्षको समयसीमा छ, अरु–अरु देशमा विभिन्न छ । कमसेकम भारतसँग नजिक छिमेकी भएकाले हाम्रोमा पनि सात वर्ष राखौँ भन्ने कुरा लजिकल छ’, उनले भने । 

फरक प्रसंगमा पुनले २००९ सालयता हालसम्म सवा चार लाखले मात्र वैवाहिक अंगीकृत नागरिकता लिएको गृह मन्त्रालयको तथ्यांक रहेको भन्दै ७० वर्षको इतिहास हेर्दा त्यसबाट राष्ट्रिय सुरक्षामै प्रश्न उठ्छ कि भन्ने चिन्ता गर्नु नपर्ने तर्क गरे । 

नेपाली नागरिक शिक्षित भइसकेको र राष्ट्रिय स्वाधिनताको प्रश्नमा सचेत रहेकाले शासकहरूले विदेशी शक्तिको दबाब, प्रभाव र स्वार्थमा निर्णय गरे जनताले अस्वीकार गरिदिने उनको भनाइ थियो । ‘शिक्षित जनशक्ति यति बढेर गएको छ । जसले शासकलाई वा नीति निर्माण तहमा रहेकालाई मनपरी गर्न दिँदैन’, उनले भने, ‘हामी स्वतन्त्र हौँ, सार्वभौम हौँ ।’ 

नेता पुनले जनताको सचेतनताकै कारण भारतीय नाकाबन्दी असफल भएको स्मरण गरे । चीनलगायत अन्य मुलुकसँग पनि नेपालको व्यापार विविधकरण भएको तथा विगतमा नेपालको श्रम बजार भारत मात्रै भएकामा अहिले विकल्पका रूपमा तेस्रो मुलुक रहेको स्पष्ट गरे । ‘हिजो ८० लाख नेपाली भारतमा रोगजारी गर्थे ।  भारतबाहेक हामीसँग विकल्पै थिएन । यसलाई राम्रो नभनौँ तर आज ५०÷६० लाख मानिस बाहिरभन्दा बाहिर अन्तर्राष्ट्रिय श्रम बजारमा गएका छन्’, पुनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x