×

NMB BANK
NIC ASIA

बाँकेबाट पनि आरजु राणाको नाम सिफारिस

भदौ १६, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाको नाम बाँकेको क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस भएको छ ।

Muktinath Bank

उनीसँगै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौंरको नाम पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवारको लागि सिफारिस भएको क्षेत्रीय सभापति मोहम्मद नक्की खाँले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी राणाको नाम कैलाली–५ बाट समेत सिफारिस भएको छ । २०७४ को चुनावमा उनी कैलाली–५ मा करिब ५ हजार मतान्तरले पराजित भएकी थिइन् । 


Advertisment
Nabil box
Kumari

त्यसबाहेक, राणाले चुनाव लड्नका लागि कञ्चनपुर–३ र बर्दियाका निर्वाचन क्षेत्रका बारेमा पनि चासो राखिरहेकी छन् । प्रधानमन्त्री देउवा यसपटक जसरी पनि आरजु रणालाई प्रतिनिधि सभा सदस्य बनाउने रणनीतिमा रहेको कांग्रेसका नेताहरू बताउँछन् । 

Vianet communication

उनीहरू ३ जनासहित बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागि ११ जनाको नाम बिहीवार सिफारिस भएको खाँले बताए । 

बाँके क्षेत्र नम्बर–३ बाट कांग्रेसका नेताहरू बादशाह कुर्मी, आशा विक, मेघराज ओली, लक्ष्मणनारायण शाह, मोहम्मद नक्की खाँ, देवबहादुर खत्री, उत्तमराज घिमिरे र तेजेन्द्र कँडेलको नाम पनि प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागि सिफारिस भएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x