कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भदौ १७, २०७९
भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले शुक्रवार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो ।
मुगु जिल्लाको सोरु गाउँपालिका ४ स्थित दैरीखोला रावलबाडा तटबन्धन आयोजनाका लागि आएको तारजाली बिक्री गरी रकम हिनामिना गरेको भन्दै अख्तियारले उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो । अख्तियारले श्रेष्ठसहित सबइन्जिनियर दानबहादुर बुढ्थापा, उपभोक्ता समिति अध्यक्ष अध्यक्ष हस्तवीर दमाई, सचिव लोकजंग दमाई र कोषाध्यक्ष भीमलाल दमाई तथा सोरु ४ का तत्कालीन वडाध्यक्ष डव शाहीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार तत्कालीन कार्यालय प्रमुख श्रेष्ठ र सबइन्जिनियर बुढ्थापाले उक्त तटबन्धन आयोजनाको झुटा बिल भरपाईको आधारमा यथार्थ नापजाँच नगरी गलत नापी किताव तयार एवं कार्यसम्पन्न प्रतिवेदनलाई स्वीकृत गरी मूल्यांकन भन्दा बढी भुक्तानी दिएका थिए ।
त्यस्तै, उक्त आयोजनाका उपभोक्ता समिति अध्यक्ष हस्तवीर दमाई, सचिव लोकजंग दमाई र कोषाध्यक्ष भीमलाल दमाईले लागतअनुसारको काम नगराई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । उनीहरू प्रहरीको रहोबरमा गर्नुपर्ने आयोजना नापजाँचको मुलुल्का नक्कली बनाएको अख्तियारको दाबी छ ।
अख्तियारले तत्कालीन सोरु गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष डव शाहीले आयोजनाको कामको अनुगमन नगरी हचुवाको भरमा योजना सम्पन्न गरेको भनी सिफारिस दिएको दाबी गरेको छ । वडाध्यक्षले झुठा सर्जमिन मुचुल्कामा हस्ताक्षर गरेको देखिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।
उनीहरूसँग आयोजनाको १८ लाख १० हजार ८४ रुपैयाँ ९६ पैसा बराबरको रकम हानी नोक्सानी पुर्याएकाले सोही बराबरको बिगो माग दाबी लिई मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...