×

NMB BANK
NIC ASIA

मकवानपुर २ बाट कांग्रेस सहमहामन्त्री डिना र जयराम लामिछानेको नाम सिफारिस

भदौ १७, २०७९

NTC
Premier Steels

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस मकवानपुरले उम्मेदवारको नाम सिफारिस गरेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र जयराम लामिछानेको नाम सिफारिस गरिएको छ । 

Muktinath Bank

कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ (ख) ले प्रतिनिधि सभाका लागि डीनाको नाम सिफारिस गरेको हो भने मकवानपुर २ (क)ले लामिछानेको नाम सिफारिस गरेको हो । प्रदेशसभा प्रत्यक्षतर्फ भने २ (ख) बाट ४ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश सभातर्फ बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, जिल्ला सभापति बुद्ध लामा, शंकर न्यौपाने र ईश्वर पाठकको सिफारिस गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै, क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभातर्फ ९ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश सभाका लागि भीम लामा, यतिराज सापकोटा, ईश्वरनाथ पौडेल, महेन्द्र राउत, योगेन्द्रमान श्रेष्ठ, गोपीराम बल, राज मैनाली, ओमबहादुर बस्नेत र रन्जन कठायतको नाम सिफारिस गरिएको हो । 


Advertisment
Nabil box
Kumari

उक्त क्षेत्रबाट गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीले पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाको नाम सिफारिस गरिसकेको छ । नेकपा माओवादी केन्द्रले भने प्रतिनिधिसभा प्रत्यक्षतर्फ रामनरायण विडारीलाई उम्मेदारी बनाउने चर्चा छ । नेकपा एमाले र राप्रपालगायत दलहरूले भने हालसम्म उम्मेदवार चयन गरेका छैनन् । 

Vianet communication

उक्त क्षेत्रबाट ०४६ सालपछि भएका सबै निर्वाचनमा एमाले विजयी हुँदै आएको छ । २०४८, २०५१, २०५६ र २०७४ को निर्वाचनमा खतिवडा विजयी भएका थिए । गत निर्वाचनमा एमालेबाट खतिवडाले ४६ हजार ४८१ मत प्राप्त गर्दा कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय (डिना) ले ३४ हजार ९० मत प्राप्त गरेकी थिइन् । खतिवडा हाल नेकपा एमाले विभाजनसँगै नेकपा एसमा रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x