×

NIC ASIA

ऊर्जामन्त्री भुसालले गरिन् सार्वजनिक जग्गा संरक्षण गर्ने अगुवाहरूलाई सम्मान

भदौ १८, २०७९

Prabhu Bank
NTC
Premier Steels

ललितपुर महानगरपालिका वडा नं २५ खोकना दोबाटोस्थित सार्वजनिक जग्गा संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्नुहुने स्थानीय एवं समाजसेवीलाई शनिवार  सम्मान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले १०४ जनाभन्दा बढी सार्वजनिक जग्गा संरक्षण अभियन्तालाई सम्मान गरेकी हुन् । 

Muktinath Bank

खोकना दोबाटोस्थित करिब दुई रोपनी सार्वजनिक जग्गा भूमाफियाले व्यक्तिका नाममा लैजाने प्रयास गरेपछि मन्त्री भुसालको अगुवाइमा १०४ जनाको संरक्षण समिति बनाएर ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । संरक्षण समितिका सदस्यको सक्रिय पहलमा जिल्ला अदालत र पुनरावेदन अदालतले समुदायको नाममा समर्पित जग्गा व्यक्तिको हुन नसक्ने फैसला गरेपछि सो जग्गा छ्यासिकोट सामुदायिक स्वास्थ्य भवन संरक्षण समितिको नाममा अर्थात सार्वजनिक रुपमा कायम भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा समितिका तर्फबाट मुद्दाको नेतृत्व गर्ने वरिष्ठ अभिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, अन्य वकिल तथा संरक्षण समितिका अध्यक्ष कृष्णहरि खड्कासहित सदस्यहरू एवं अन्य समाजसेवीलाई मन्त्री भुसालले खादा लगाएर सम्मान गरिन् । उक्त जग्गामा बनेको भवनमा स्थानीयले स्वास्थ्य शिविर एवं ध्यानयोग सञ्चालन गर्दै आएका छन् । समितिका सचिव रघुनाथ खड्काका अनुसार २०५१ सालदेखि निरन्तर समुदायको पक्षमा संघर्ष गर्दै आएर गत साउन १६ गते भएको उच्च अदालतको फैसलाले सार्वजनिक जग्गा व्यक्तिको हुनबाट जोगिएको छ ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा वरिष्ठ अधिवक्ता श्रेष्ठले एक पटक समुदायमा हस्तान्तरण गरिएको जग्गा पुनः व्यक्तिको हुन नसक्ने बताए । उनले जग्गाधनी धनमाया महर्जनले विगत ३० वर्षअगाडि नै समुदायलाई हस्तान्तर गरेको जग्गा विभिन्न हकवालाको नाममा पार्ने प्रपञ्च भएको भन्दै त्यस्ता गतिविधिविरुद्ध एक भएर लाग्न  सुझाव दिए । 

Vianet communication

कार्यक्रममा मन्त्री भुसालले भुमाफियाविरुद्ध एकताबद्ध भएर स्थानीय जनताले मुद्दा दायर गरेको र सबैको पहलले जनताको सम्पत्ति जनताकै नाममा रहने स्थिति सिर्जना भएको बताइन् । उनले भनिन्, ‘सार्वजनिक हितमा समर्पित भएर सार्वजनिक सम्पत्तिको संरक्षणमा लाग्नुहुने सबैलाई बधाई, आगामी दिनमा पनि सार्वजनिक हितका लागि एकताबद्ध हुन अपिल गर्दछु ।’

सामाजिक न्यायको पक्षमा आफू निरन्तर समर्पित हुने विश्वास दिलाउँदै मन्त्री भुसालले भनिन्, ‘सामाजिक लडाइँको प्रतिकका रुपमा प्राप्त भएको यो जग्गामा समुदायका लागि वतावरणमैत्री बहुउपयोगी भवन निर्माण गरेर प्रयोगमा ल्याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । सार्वजनिक सम्पत्ति र सम्पदाको संरक्षणमा सबै लागौँ ।’

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय राजकाजी महर्जन र जीवनराम श्रेष्ठले सार्वजनिक सम्पत्तिको संरक्षणका लागि समुदाय नै लाग्नुपर्नेमा जोड दिँदै समुदाय एक हुँदा आफ्नो सम्पदाको संरक्षण गर्न सकिने विश्वास व्यक्त गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x