×

NMB BANK
NIC ASIA

हिन्दु राष्ट्रको आवाज बुलन्द पार्न राप्रपा नेपाल संसदमा पुग्नुपर्छ : कमल थापा

भदौ १८, २०७९

NTC
Premier Steels

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश सङ्कटमा रहेको वर्तमान अवस्थामा जनता राजावादी र गणतन्त्रवादीमा विभाजित हुने बेला नभएको बताएका छन् । अहिलेको समयमा सबै मिलेर देशलाई जोगाउनु पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै थापाले देश जोगाउने कार्यको नेतृत्व राप्रपा नेपालले लिनेमा आफू विश्वस्त रहेको बताए । 

Muktinath Bank

राप्रपा नेपाल काठमाडौँद्वारा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले निष्ठापूर्वक हिन्दु राष्ट्रको मुद्दा उठाउने एक मात्र दल राप्रपा नेपाल भएको ठोकुवा गर्दै हिन्दु राष्ट्रको बीउ जोगाउन पनि आगामी निर्वाचनमा राप्रपा नेपाललाई संसदमा पु-याउन आवश्यक रहेको जिकिर गरे । यदि यसो हुन नसकेमा नेपालमा हिन्दु राष्ट्र पुनर्स्थापनाको मुद्दा पनि सदाको लागि मर्ने भएकोले राष्ट्र र राष्ट्रियताप्रति सजग आम जनता समयमै सचेत हुनुपर्ने अध्यक्ष थापाले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नागरिकता विधेयक पारित गरी गठबन्धन सरकारले गरेको राष्ट्र घातलाई  चुनावी अभियानका क्रममा राप्रपा नेपालले गठबन्धन सरकारको ‘भण्डाफोर अभियान’ पनि सँगसँगै चलाउने भन्दै थापाले द्रुतगतिमा सङ्गठन विस्तारमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए । राप्रपा नेपालले न्यायालयबाट ‘गाई चिन्ह’ पाउने आशा गरेको बताउँदै थापाले अधिकारबाट राप्रपा नेपाललाई वञ्चित गराइयो भने सङ्घर्षमा जाने उद्घोष समेत गरे ।


Advertisment
Nabil box
Kumari

सो पार्टी प्रवेश कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य एवं मधेस प्रदेशका नेता महामाया प्रसाद सिंह राजपूत, राप्रपा काठमाडौँका पूर्व अध्यक्ष श्याम प्रसाद घिमिरे, दिनेश नापित, रुक्मिणी खन्गाह, प्रदिप कार्कीलगायत ४६० जनाले राप्रपा नेपाल प्रवेश गरेको थिए । नव प्रवेशीहरुलाई पार्टी अध्यक्ष कमल थापा, उपाध्यक्ष जयकुमार खड्कालगायतका नेताहरूले खादा र टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x